ओखल्ढुङ्गामा व्हीलचेयर बास्केटबल, क्रिकेट र टेबलटेनिस हुने



नेपाल पारा ओलम्पिक कमिटी, नेपाल स्पाइनल कोर्ड इन्जुरी खेलकुद संघ र नेपाल अपाङ्ग टेबलटेनिस संघको संयुक्त आयोजनामा व्हीलचेयर बास्केटबल, क्रिकेट तथा टेबलटेनिस प्रतियोगिता हुने भएको छ। बिहीबारदेखि ओखल्ढुङ्गाको रुम्जाटारमा यो प्रतियोगिता सुरु हुन लागेको हो।

फरक क्षमता भएका व्यक्ति (अपाङ्गता) हरुले पनि विभिन्न खेल खेल्न सक्छन् भन्ने जनचेतना जगाउने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको आयोजक मध्येको एक पारा ओलम्पिक कमिटीका महासचिव कुमार पौडेलले जनाएका छन्।

प्रतियोगिताअन्तर्गत बास्केटबलमा ४ पुरुष र २ महिला टिम, क्रिकेटमा २ पुरुष टिम तथा टेबलटेनिसमा पुरुष÷महिला ८–८ गरी १६ खेलाडीको सहभागिता रहने बताइएको छ।

पुस २३ गतेसम्म चल्ने प्रतियोगितामा राष्ट्रिय खेलकुद परिषद्, नेपाल टेलिकम, संसदीय विकास कोष समिति, हिमाल तराईं यातायात समिति, ओखल्ढुङ्गालगायतको सहयोग रहेको छ।

प्रकाशित २० पुस २०७३, बुधबार | 2017-01-04 15:28:51

प्रतिकृया दिनुहोस

विचार

सुखद शुक्रबार

ब्लग

प्रविधि

रोचक

NepalKhabar Tweets

विशेष

  • निर्वाचन आयोग

    मतदानको सम्पूर्ण तयारी भएको आयोगको जानकारी, सुरक्षा व्यवस्था अझै कडा

    १४ असारमा हुने स्थानीय तहको दोस्रो चरणको निर्वाचनका लागि निर्वाचन आयोगले सबै तयारी पुरा भएको जनाएको छ। स्थानीय तहको दोस्रो चरणको निर्वाचनले प्रदेश...

  • दोस्रो चरणः यी हुन् आकर्षणका आठ इकाई

    असार १४ मा हुने स्थानीय तहको दोस्रो चरणको निर्वाचनका ३ सय ३४ इकाई निर्वाचनमा सहभागी दल र उम्मेदवारका निम्ति त्यत्तिकै महत्वूर्ण छन्। तर,...

  • विराटनगरमा भीमको बाचाः भोटको बदलामा समृद्धि

    शुक्रबार एकाबिहानै विराटनगर महानगरपालिका–३ को राजवंशी चोकमा रहेको पिपलको रुखमुनि उभिएर भीम पराजुली करिब सयको संख्यामा उपस्थित स्थानीय मतदातालाई...

  • गोठाले मन्त्रदेखि तालमेल भत्काउने प्रयत्नसम्म

    ‘कांग्रेसको एक्लौटी नेतृत्व भएको ठाउँमा मेरो इन्चार्जसिपमा बुटवल नगरपालिका हामीले जित्यौ, अहिले त म आफैं छु’ उनले सुनाए ‘तालमेलले केही फरक पार्दैन,...