फाईनल सम्झेर खेले अवश्य जित्छन्ः पूर्वकप्तान अनु लामा



चौथो साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताको सेमिफाइनल खेलमा नेपालले चिरपरिचित प्रतिद्वन्द्वी भारतसँग प्रतिस्पर्धा गर्दैछ। सोमबार भारतको सिलगुढीस्थित कञ्चनजङ्घा रङ्गशालामा नेपालले नेपाली समयअनुसार दिउँसो सवा २ बजे विजय लक्ष्यका साथ भारतको सामना गर्नेछ।

नेपाल समूह एकको विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको हो भने भारत समूह बीको उपविजेताका रुपमा सेमिफाइनलमा पुगेको हो।

सुरुवातदेखि नै नेपालको खेल नियालिरहेकी साफ च्याम्पियनसिपमा २१ गोल गर्न सफल पूर्वकप्तान अनु लामा नेपालको आजको सेमीफाईनल खेल ‘डु अर डाई’ हुने बताउँछिन्। उनी भन्छिन्, ‘यो वर्ष नेपालले सेमीफाइनलमा नै भारतलाई विपक्षीको रुपमा पाएको छ। तर डराउनु पर्ने अवस्था भने छैन, नेपालको टोलीमा केहि खेलाडी नयाँ छन्, केहीको डेब्यु गेम पनि हो तर उनीहरुले यो खेलमा होपलेस नभई खेलेमा पक्का चौथो साफको उपाधि हात पार्छन्।’

उनले भनिन्, ‘हाम्रा खेलाडीले मिडफिल्ड, फरवार्ड राम्रा छ्, डिफेन्समा पनि सुधार गरेका छन्। ‘त्यसैले कुनै पनि चान्स गुमाउन भएन यति भएमा नेपालले खेल आफ्नो हातमा लिन सक्छ।’

समूह चरणमा तीन खेल खेलेको नेपालले तीनै खेलमा जित हासिल गर्दै ९ अङ्क जोडेको छ। नेपालले पहिलो भुटानविरुद्वको खेलमा ८–० को जित हासिल गरेको थियो। त्यसैगरी माल्दिभ्सलाई ९–० तथा श्रीलङ्कालाई १–० गोलअन्तरले पराजित गरेको थियो।

त्यस्तै समूह चरणको खेलमा दुई खेल खेलेको भारतले एक खेलमा जित तथा एक खेलमा गोलरहित बराबरी खेलेको थियो। दुई वर्षअघि पाकिस्तानमा भएको तेस्रो साफ महिला च्यापियनसिपमा नेपाल फाइनल खेलमा भारतसँग प्रतिस्पर्धा गरेको थियो।

त्यतिबेला नेपाल भारतसँग पराजित भएको थियो। भने अहिलेसम्म भएका साफमा नेपाल भारतसँगै फाईनलमा पराजित भएको छ। तर यो वर्ष भने नेपालले भारतलाई सेमिफाईनलमै प्रतिस्पर्धीको रुपमा पाएको हो।

प्रकाशित १८ पुस २०७३, सोमबार | 2017-01-02 12:37:42

प्रतिकृया दिनुहोस

विचार

सुखद शुक्रबार

ब्लग

प्रविधि

रोचक

NepalKhabar Tweets

विशेष

  • निर्वाचन आयोग

    मतदानको सम्पूर्ण तयारी भएको आयोगको जानकारी, सुरक्षा व्यवस्था अझै कडा

    १४ असारमा हुने स्थानीय तहको दोस्रो चरणको निर्वाचनका लागि निर्वाचन आयोगले सबै तयारी पुरा भएको जनाएको छ। स्थानीय तहको दोस्रो चरणको निर्वाचनले प्रदेश...

  • दोस्रो चरणः यी हुन् आकर्षणका आठ इकाई

    असार १४ मा हुने स्थानीय तहको दोस्रो चरणको निर्वाचनका ३ सय ३४ इकाई निर्वाचनमा सहभागी दल र उम्मेदवारका निम्ति त्यत्तिकै महत्वूर्ण छन्। तर,...

  • विराटनगरमा भीमको बाचाः भोटको बदलामा समृद्धि

    शुक्रबार एकाबिहानै विराटनगर महानगरपालिका–३ को राजवंशी चोकमा रहेको पिपलको रुखमुनि उभिएर भीम पराजुली करिब सयको संख्यामा उपस्थित स्थानीय मतदातालाई...

  • गोठाले मन्त्रदेखि तालमेल भत्काउने प्रयत्नसम्म

    ‘कांग्रेसको एक्लौटी नेतृत्व भएको ठाउँमा मेरो इन्चार्जसिपमा बुटवल नगरपालिका हामीले जित्यौ, अहिले त म आफैं छु’ उनले सुनाए ‘तालमेलले केही फरक पार्दैन,...