नेपाल र श्रीलंकाबीचको खेल आज



भारतकाे सिलिगुडीमा जारी चौंथो साफ महिला च्याम्पियनसिपमा नेपालले श्रीलङ्कासग प्रतिस्पर्धा गर्दैछ। शुक्रबार नेपाली समयअनुसार दिउसो सवा दुई बजे प्रतिस्पर्धा हुन लागेको हो।

श्रीलङ्का विरुद्धमा पनि उत्कृष्ट प्रर्दशन गर्ने प्रशिक्षक कुमार थापाले बताएका छन्।

समुहमा लगातार दुई खेल जितेको नेपाल ६ अंकसहित शीर्ष स्थानमा छ। एक–एक खेल जितेका माल्दिभ्स र श्रीलंका ३÷३ अंकका साथ दोस्रो र तेस्रो स्थानमा छन्।

शुक्रबारको खेलमा अप्रत्याशित नतिजा नआएमा नेपाल सेमिफाइनलमा पुग्ने पक्का भएको छ।

यसअघि नेपालले माल्दिभ्सलाई ९–० तथा भुटानलाई ८–० ले हराएको थियो।

नेपालका फरवार्ड सावित्रा भण्डारीले भुटानविरुद्धको खेलमा ६ तथा माल्दिभ्स विरुद्धको खेलमा ५ गोल गरेकी थिइन्।

 

प्रकाशित १५ पुस २०७३, शुक्रबार | 2016-12-30 12:56:30

प्रतिकृया दिनुहोस

 

 

विचार

सुखद शुक्रबार

ब्लग

प्रविधि

रोचक

NepalKhabar Tweets

विशेष

  • बारपाकमा उद्यान बन्न लागेको बस्ती

    बारपाकको दलित बस्तीमा भूकम्प स्मृति उद्यान

    ‘गोरखा भूकम्प’को केन्द्र गोरखाको बारपाक वडा नं. ५ स्थित बस्तीलाई भूकम्प स्मृति उद्यानमा रुपान्तरण गर्ने तयारी अघि बढेको छ। ४० घरधुरी झुरुप्प परेको...

  • उद्योग दर्तामा एकद्वार नीति अपनाउँदै सरकार

    नयाँ उद्योग खोल्न उद्योग विभाग, कम्पनी रजिष्ट्रारको कार्यालयलगायतका ठाउँमा उद्योगी आफै डकुमेन्ट लिएर पुग्नुपर्ने बाध्यतालाई हटाउँदै एकद्वार नीति...

  • ओस्कार राजनीतिः सिनेकर्मीको निशानामा ट्रम्प

    ओस्कार धेरै पटक राजनीतिक कारणले विवादित बन्ने गरेको इतिहास छ। कहिले जातीय भेदभाव त कहिले लैंगिक विभेदको आरोप ओस्कारले खेप्दै आएको छ। ओस्कारको...

  • सुवास नेम्वाङ

    ‘संशोधन विधेयक न पास हुन्छ, न फेल’

    मधेशलाई पहाडबाट छुट्याउनेबित्तिकै स्रोतका आधारमा कमजोर प्रदेश बन्न जान्छ। त्यसैले यो मधेश र मधेशी जनताको हित विपरीत छ भन्ने हाम्रो अडान हो। एमाले...