नेपाली आर्मी र सशस्त्र प्रहरी क्रिकेट उपाधिका लागि भिड्दै



सातौँं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत नेपाली सेना र सशस्त्र प्रहरी पुरुष क्रिकेटको फाइनलमा आज भिड्दै छन्। दुवै टोली केहीबेरपछि यहाँस्थित बैजनाथपुरको खेल मैदानमा फाइनल खेल्ने तयारीमा छन्।

बिहीबार बैजनाथपुर खेल मैदानमा सम्पन्न खेलमा सेनाले नेपाल प्रहरीलाई आठ विकेटले तथा सशस्त्र प्रहरीले मध्यमाञ्चललाई आठ विकटले नै पराजित गरी उपाधिका लागि आफ्नो स्थान सुरक्षित गरेका हुन्। बैजनाथपुरको खेल मैदानमा बिहीबारको खेलमा सेनाले नेपाल प्रहरीलाई आठ विकेटले पराजित गर्यो। टस जितेर ब्याटिङ गरेको प्रहरीले निर्धारित २० ओभरमा सबै विकेट गुमाई एक सय ४४ रन बनायो। सेनाले विजयी लक्ष्य १८।३ ओभरमा दुई विकेट गुमाई पूरा गरेको थियो।

सेनाका लागि सागर पुनले ४८ बलमा एक छक्का र सात चौका प्रहार गरी ५९ रन तथा अविजित रहेका अनिल मण्डलले ५४ बलमा ६ चौकाको मद्दतमा ६२ रन बनाए। बलिङतर्फ प्रहरीका मञ्जित श्रेष्ठ र दीपेन्द्र ऐरीले एक–एक विकेट लिए।

यसअघि प्रहरीका लागि ब्याटिङ गर्ने क्रममा प्रेम तामाङले ३७ बलमा ४ चौकाको मद्दतमा ३५ रन तथा दिलीप नाथले २५ बलमा एक छक्का र तीन चौका हान्दै ३२ रन बनाए। बलिङतर्फ सेनाका सोमपाल कामीले चार ओभरमा २५ रन खर्चेर तीन विकेट तथा विक्रम सोव र चन्द्र साउदले दुई–दुई विकेट लिएका थिए।

यस्तै, अर्को खेलमा सशस्त्र प्रहरीले मध्यमाञ्चललाई आठ विकेटले पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ। टस जितेर ब्याटिङ गरेको मध्यमाञ्चलले निर्धारित २० ओभरमा सबै विकेट गुमाई ६१ रन मात्र बनायो। विजयका लागि ६२ रनको लक्ष्य पछ्याएको सशस्त्रले ९।३ ओभरमा दुई विकेट गुमाई पूरा गरेको थियो। सशस्त्रका लागि प्रदीप ऐरीले अविजित रही २४ बलमा चार चौकाको मद्दतमा ३३ रन तथा पृथू बाँस्कोटाले अविजित ९ रन बनाए। बलिङतर्फ मध्यमाञ्चलका रसिद खानले दुई विकेट लिए।

यसअघि मध्यमाञ्चलका लागि ब्याटिङ गर्ने क्रममा हरिशङ्कर साहले २१ रन बनाएका थिए। बलिङतर्फ सशस्त्रका करण केसी र वसन्त रेग्मीले दुई–दुई विकेट तथा शक्ति गौचन, पारस खड्का, यज्ञमान कुमाल र भुवन कार्कीले एक–एक विकेट लिएका थिए। रासस

प्रकाशित १५ पुस २०७३, शुक्रबार | 2016-12-30 12:39:22

प्रतिकृया दिनुहोस

  • मनाङ दोस्रो जितका लागि आस्मयीसँग भिड्दै

    शेख कमल अन्तर्राष्ट्रिय क्लब कप–२०१७ को समूह चरणको दोस्रो खेलमा मनाङले बुधबार अफगानिस्तानको शाहिन आस्मयीसँग प्रतिस्पर्धा गर्दैछ। समूह चरणको पहिलो...

  • एसीसी इमर्जिङ कप नेपालले खेल्न नपाउने

    नेपालले एसीसी इमर्जिङ कप क्रिकेट खेल्न नपाउने भएको छ। आगामी मार्चमा हुने भनिएको उक्त खेल मंगलबार बसेको एसीसीको बोर्ड बैठकले एकदिवसीय मान्यता...

  • आमन्त्रण कराते बैशाखमा

    नेपाल कराते महासंघको तत्वावधान तथा सातदोबाटो डोजोको आयोजनामा आमन्त्रण राष्ट्रिय कराते प्रतियोगिता राजधानीमा बैशाख २१ गतेदेखि हुने भएको छ। मंगलबार...

  • बेसबल टोली पाकिस्तान प्रस्थान

    तेह्रौं बीएफए वेस्ट एसिया बेसबल कपमा सहभागी हुन १६ खेलाडीसहित २२ सदस्यीय नेपाली टोली मंगलबार पाकिस्तानको इस्लामाबाद प्रस्थान गरेको छ।

  • ग्रान्ड मास्टर गुरुङ सम्मानित

    वल्र्ड मार्सल आर्ट हल अफ फेमले भारतीय तेक्वान्दोका संस्थापक ग्रान्ड मास्टर आठौं डान पुरन एन्ड्रियु गुरुङलाई मंगलबार नगदसहित सम्मान गरेको छ। नेपाल...

  • खप्तड गोल्ड कप विजेताले ११ लाख पाउने

    सुदूरपश्चिम–११ स्पोर्टस् क्लबले दोस्रो संस्करणको ‘खप्तड गोल्ड कप फुटबल प्रतियोगिता’को पुरस्कारको राशि दोब्बर पारेको छ।

 

 

विचार

सुखद शुक्रबार

ब्लग

प्रविधि

रोचक

NepalKhabar Tweets

विशेष

  • राप्रपा महाधिवेशनमा सहभागी अभिनेत्री रेखा थापा

    राप्रपाको केन्द्रीय सदस्यमा कसको कति मत?

    राष्ट्रिय प्रजातन्त्र पार्टीको महाधिवेशनमा केन्द्रीय सदस्यका लागि भएको मतगणना बुधबार राति सकिएको छ। महाधिवेशनले ९८ जना केन्द्रीय सदस्य निर्वाचित...

  • तीन दलका शीर्ष नेताहरु बालुवाटार बैठकमा सहभागी हुँदै । तस्बिरः रासस

    चुनाव घोषणाको ‘साइड इफेक्ट’

    स्थानीय तहको चुनावका लागि सरकारले ३१ बैशाखको मिति घोषणा गरेपछि फेरि एक पटक राजनीतिक सरगर्मी बढ्ने र त्यसको आलोकमा विभिन्न मत–मतान्तर सतहमा देखिने...

  • चिनियाँ दृष्टिकोणमा नेपाल दक्षिण एसियाको प्रवेशद्वार

    सडक विभागको उत्तर–दक्षिण तथा व्यापारिक मार्ग आयोजना निर्देशनालयका निर्देशक गोपाल सिग्देलका अनुसार प्राथमिकतामा परेका सडक पाँच वर्षभित्र दुई लेनको...

  • दोस्रो विश्वयुद्धमा सहभागी ललितपुरका खड्गबहादुर कार्की

    जो बर्माको जङ्गलमा दोस्रो विश्वयुद्ध लडे

    उनी सिधै राणा प्रधानमन्त्री भएको ठाउँमा गए। विश्वयुद्ध लडेर आएको भनेपछि उनलाई प्रधानमन्त्रीले सिधै पुलिसमा भर्ना गरिदिए। ‘अहिलेको कुरा हो र यो।...