तिब्बतको ब्रम्हपुत्रमा भएको र्‍याफ्टिङमा नेपाली र चिनियाँ टिम विजयी



तिब्बतको ब्रह्मपुत्रमा भएको र्‍याफ्टिङ
तिब्बतको ब्रह्मपुत्रमा भएको र्‍याफ्टिङ

नेपाल-तिब्बत प्रथम अन्तर्राष्ट्रिय मैत्री र्‍याफ्टिङ प्रतियोगिता शुक्रबार तिब्बतको नी मू काउन्टीमा सम्पन्न भएको छ। तिब्बतले पहिलो पटक चीन भारत रणनैतिक महत्वको यालुचाङपु च्याङ् अर्थात् ब्रम्हपुत्र नदीमा गरेको यस मैत्रीपूर्ण स्पर्धाले नेपाल र चीनका गरी २७ जना साहसिक प्रतियोगीलाई आकर्षित गरेको थियो।

अन्तिम स्पर्धामा क्रमशः नेपाली टिम र चिनियाँ फुचियान प्रान्तीय चाङचौ समूहले ह्वाइट वाटर र्याफ्टिङ र एरेटेड ड्रिफ्ट बोट च्याम्पियनसिपमा बाजी मारे। 

तिब्बत स्वायत्त प्रदेश, खेलकुद ब्यूरोको संयोजनमा यो इभेन्ट आयोजना गरिएको हो। तिब्बतन्यूज अनलाईनले जनाएअनुसार प्रतियोगितापछि प्रतिक्रिया दिँदै तिब्बत स्वशासित क्षेत्र, खेलकुद ब्यूरोका उपनिर्देशक निमा छिरिङले तिब्बतले प्रचूर जलश्रोतको फाइदा उठाएर यो प्रतियोगिता सम्पन्न गरेको सुनाए। उनले भने, 'यस गतिविधिबाट खेलकुद उद्योगको विकास गर्दै विश्वस्तरीय जल खेलकुदको ब्राण्ड सिर्जना गर्नेछ भने यो स्पर्धा गरेबाट नेपाल र चीनबीचको सम्बन्धलाई थप उचाईमा ल्याउन सहयोग पुग्नेछ।'

सिंगल ह्वाइट वाटर बोट रेसमा नेपाली खेलाडी दिनेशले बाजी मारे। चीनको फुचियानका ली सिन र लु लोङलोङले क्रमशः दोश्रो र तेश्रो स्थान हात पारे। 

एयरेटेट ड्रिफ्ट बोट रेसको उपाधि चीनको फूचियान चाङ्चौले जित्यो भने नेपाल दोश्रो र चीनको निङ तले तेश्रो स्थान हात पारेको छ।

नेपाली टिमका तर्फबाट सहभागी २२ वर्षीय दिनेशले पहिलोपटक चीनले गरेको प्रतियोगितामा भाग लिन पाउँदा निकै सम्मानित महसुस भएको बताए। उनले भने, 'भविष्यमा यस प्रकारका मैत्रीपूर्ण प्रतियोगिता संचालन भएर अझ धेरै अवसरहरू सिर्जना हुनेमा म आशावादी छु।'

तिब्बती पठारभूमि भएर बग्ने चीनकै सबैभन्दा लामो र पठारभूमिको सबैभन्दा ठूलो नदी ब्रम्हपुत्रमा र्‍याफ्टिङ स्पर्धा हुनले तिब्बतको खुलापनको संकेत गरेको छ। ब्रम्हपुत्र नदी चिनियाँ भूमिबाट सुरू भई भारत हुँदै बंगलादेशतर्फ बग्ने सामरिक महत्वको नदी हो।

प्रकाशित ३ असार २०७४, शनिबार | 2017-06-17 14:57:56
author photo

लक्ष्मी लम्साल चिनियाँ अन्तर्राष्ट्रिय रेडियोको नेपाली सेवा, बेइजिङमा विदेशी विशेषज्ञका रूपमा कार्यरत छन्


प्रतिकृया दिनुहोस

विचार

सुखद शुक्रबार

ब्लग

प्रविधि

रोचक

NepalKhabar Tweets

विशेष

  • चर्चामा मोदीको ‘अंकमाल कुटनीति’

    भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दिने गरेको भाषणको जति चर्चा हुन्छ, त्यति नै चर्चा हुने गर्छ उनले गर्ने अंकमालको। विश्वका नेताहरुसँग मोदीले...

  • एउटा नेताको इखले जन्माएको चिनियाँ हाइस्पीड रेलको किस्सा

    रेलको सबैभन्दा विलासी डिब्बाको सिट भाडा १७४८ पर्छ जुन विमानको भन्दा करीब ५०० आरएमबीले बढी हो। साडे ५ सय आरएमबीमा सोही स्पीड रेलको साधारण टिकट किन्न...

  • पूर्वसभासद फुदुङ कुटपिटः यस्तो रहेछ खास कारण

    सुनसरीको इटहरी उपमहानगरपालिकाको ४ नम्बर वडामा पूर्वजर्नेल तथा माओवादी केन्द्रका पूर्वसांसद् कुमार फुदुङ कुटिएका छन्। आफ्नै रिसोर्टमा महिला मृत...

  • प्रदेश नम्बर ५ को राजधानी दाङ कि बुटवल? मतदाता झुक्याए नेताले

    एमाले नेता विष्णु पौडेलले त पटक पटक ‘एमालेले बुटवललाई राजधानी बनाउने निर्णय गरिसक्यो, ढुक्क हुनुहोस्’ भनिरहेका छन्। तर सोही पार्टीका अर्का नेता...