जेलबाट छुट्दै लुटपाट गर्दै, १० पटक चोरी, करोड संकलन, ६ पटक जेल



फाइल तस्बिर
फाइल तस्बिर

प्रहरीले ६ लाख रुपैयाँको अनुसन्धानका लागि पक्राउ गरिएका व्यक्तिले करोडौंको लुटपाट गरेको तथ्य फेला परेको छ। भक्तपुरको कौशलटारमा रहेको एनआईसी एसिया बैंकबाट मन्दिरा अधिकारीले झिकेको ६ लाख रुपैयाँ लुटपाट गरी भागेको अभियोगमा पक्राउ परेका व्यक्तिले पटकपटक गरी करोडभन्दा माथि लुटपाट गरिसकेको प्रहरी अनुसन्धानले देखाएको छ।

अधिकारीले केही दिनअघि मात्रै बैंकबाट झिकेको रकम झोलामा राखेर स्कुटरमा जाँदै गर्दा मोटरसाइकलमा आएका दुईजनाले झोला लुटेका थिए। लुटपाटपछि उनीहरू फरार भएका थिए। त्यसलगत्तै उनले प्रहरीलाई खबर गरेपछि अनुसन्धान अघि बढेको थियो।

अनुसन्धानका क्रममा रामेछाप दोरम्बा घर भएका काठमाडौं दक्षिणढोका बस्ने २९ वर्षीय सागर भनिने टीकाबहादुर मगर पक्राउ परेका थिए। अनुसन्धानका क्रममा उनले १० पटक चोरी गरेको र त्यसबाट करिब १ करोड रुपैयाँ संकलन भइसकेको खुलेको छ । साथै, उनी ६ पटक प्रहरी हिरासतमै परेको र एकपटक २६ लाख रुपैयाँ धरौटीमा छुटेको पनि पाइएको छ । उनलाई महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले पक्राउ गरेको हो ।

मगरको बयानअनुसार उनले मन्दिराको मात्र होइन, ६ असोजमा काभ्रेको बनेपामा रहेको तरकारी बजारअगाडि कन्ट्री विकास बैंकमा पैसा जम्मा गर्न लाँदै गरेको ३७ लाख रुपैयाँ पनि त्यसरी नै लुटपाट गरेका थिए । यसैगरी, १४ असोजमा भक्तपुरको राधेराधे मन्दिरनजिकैबाट उनले मायादेवी उप्रेतीको ९३ हजार रुपैयाँ लुटेका थिए । यी सबै प्रकृतिको घटनालाई एक ठाउँमा राखेर महाशाखाले अनुसन्धान गर्दा मगर पक्राउ परेका थिए ।

‘एकै प्रकृतिका लुटपाटका घटना भएपछि खोजी गर्दै जाँदा फेला परेका मगरले पैसा भएको झोला मात्र नभएर मोटरसाइकल, मोटर र सुन पनि लुट्दै आएका रहेछन्,’ महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक ९एसएसपी० सर्वेन्द्र खनालले भने । एसएसपी खनालले भने, ‘हामीले एउटा लुटपाटको घटनालाई आधार बनाएर अनुसन्धान सुरु गरेका थियौं, उनी त शृंखलाबद्ध रूपमा लागेका व्यावसायिक लुटेरा रहेछन्, जेलबाट छुट्दै लुटपाट गर्दा रहेछन् ।’

महाशाखाका अनुसार उनले ५ मंसिरमा भक्तपुरको कटुन्जेमा रहेको इस्ट इन्टरनेसनल मनी ट्रान्सफरबाट सुस्मिता सुवेदीको ७३ हजार, १९ मंसिरमा पवित्रनगरबाट यमकला भण्डारीबाट सहकारीबाट निकालेको ३ लाख ६० हजार रुपैयाँ पनि लुटपाट गरेका थिए । मगरले गत १ जेठमा शिक्षण अस्पतालमा पार्किङ गरिराखेको बा७४प ३६३२ नम्बरको नीलो रङको मोटरसाइकल, पुरानो बानेश्वरबाट जीवन शर्माको बा६८प ९०१८ नम्बरको मोटरसाइकल, ओम अस्पताल चाबहिलबाट बा६७प ८४६८ नम्बरको मोटरसाइकल, भाटभटेनीबाट रामकाजी श्रेष्ठको मोटरसाइकल चोरी गरेका थिए ।

३२ जेठ २०७२ मा बौद्धको भाटभटेनीमा पार्क गरेर राखिएको विष्णुबहादुर गुरुङको बा६च ७६९८ नम्बरको रातो रङको बोलेरो गाडी पनि उनैले चोरी गरेका थिए। आजको राजधानी दैनिकमा खबर प्रकाशित छ। बोलेरो गाडी मकवानपुरको पदमपोखरीमा लुकाएर राखिएको अवस्थामा फेला परेको महाशाखाका डीएसपी रमेश थापाले जानकारी दिए ।‘चोरीको मोटरसाइकलको नम्बर परिवर्तन गरेर उनले रकम र सुन चोरी गर्ने गरेका रहेछन्,’ डीएसपी थापाले भने, ‘जसले गर्दा फरकफरक मोटरसाइकल भएका कारण पनि फरकफरक मान्छे भन्ने भ्रम पारिएको थियो ।’

प्रकाशित २८ पुस २०७३, बिहिबार | 2017-01-12 07:48:11

प्रतिकृया दिनुहोस

विचार

सुखद शुक्रबार

ब्लग

प्रविधि

रोचक

NepalKhabar Tweets

विशेष

  • श्रीमती अस्मितासँग यम बुद्ध अर्थात् अनिल अधिकारी

    यम बुद्धको मृत्युबारे उठेका यी मूल सात प्रश्न

    चर्चित नेपाली र्‍यापर यम बुद्धको लन्डनमा रहस्यमय निधन भएपछि विभिन्न प्रश्न सतहमा आएका छन्। उनका कतिपय प्रशंसकले घटनाबारे अझै शूक्ष्म अनुसन्धान...

  • कर्जा अभाव देखाएर चर्को ब्याज असुल्छन् बैंकहरु

    बैंकहरुले तरलता संकट भन्दै अनाबश्यक हल्ला गर्ने, सस्तोमा पैसा दिँदा नलैजाने र सर्बसाधारणलाई कर्जाको ब्याज दर महँगोमा व्यापारीलाई दिएको राष्ट्रबैंक...

  • सिंहदरबार रेट्रोफिटिङ गर्न टेण्डर निकाल्ने तयारी

    भूकम्पले क्षतिग्रस्त बनाएको सिंहदरबार रेट्रोफिटिङ (सबलीकरण) गरिने भएसँगै पुनर्निर्माणले गति लिने भएको छ। सिंहदरबार पुनर्निर्माण सचिवालयले भवनलाई...

  • पश्चिम सेतीले जगाएको आशा

    पश्चिमसेती जलविद्युत आयोजना अघि बढाउन वैधानिक रुपमा बाटो खुलेको छ। नेपाल विद्युत प्राधिकरण सञ्चालक समितिले बुधबार स्वीकृति दिएपछि ७ सय ५० मेगावाटको...