सर्वोच्चलाई ‘प्रहरीको अटेर’



घरजग्गामा हक कसको हुने विषयमा मुद्दा विचाराधीन रहेको अवस्थामा सर्वोच्च अदालतको अन्तरिम आदेशविपरीत प्रहरीले घरनिकाला गरेको दाबीसहित ललितपुका एक घरधनीले सर्वोच्च अदालत गुहारेका छन्।

घरमा ताल्चा लगाएर पटकपटक धरपकड गरेको आरोपसहित ललितपुर जिल्ल प्रशासन र सुरक्षाकर्मीविरुद्ध अवहेलना मुद्दा दायर भएको हो।ललितपुर उपमहानगरपालिका–१५ बस्ने मणिकुमारी तामाङले दिएको अदालतको अवहेलना मुद्दामा ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्य, महानगरीय प्रहरी परिसर जाउलाखेलका प्रहरी वरिष्ठ उपरीक्षक पीताम्बर अधिकारी, महानगरीय प्रहरी वृत्त सातदोबाटोका प्रहरी निरीक्षक श्याम सुब्बा, ललितपुर उपमहानगरपालिकाका कार्यकारी प्रमुख भरतमणि पाण्डे, ललितपुर नगर प्रहरी बल प्रमुख पदमलाल महर्जनसहित ११ जनालाई सजायको माग गरिएको छ।

उपमहानगरपलिका–५मा रहेको कित्ता नम्बर ५६६ र ५६८ मा रहेको घरजग्गा धितो विवादलाई लिएर ललितपुर अदालतमा मुद्दा चलिरहेको अवस्थामा प्रहरीले ‘माथिको आदेश’ भन्दै बलजफ्ती घरखाली गराएको दाबी अवहेलना निवेदनमा छ। आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर प्रकाशित छ।

प्रकाशित २८ पुस २०७३, बिहिबार | 2017-01-12 06:45:18

प्रतिकृया दिनुहोस

विचार

सुखद शुक्रबार

ब्लग

प्रविधि

रोचक

NepalKhabar Tweets

विशेष

  • कांग्रेसलाई रोक्न जोसँग पनि तालमेल गर्ने एमाले रणनीति

    एमाले नेताहरुले t उपेन्द्र यादव र विजय गच्छदारसँग तालमेलका लागि विमर्श सुरु गरेका छन्। ‘मधेसमा जोसँग मिल्दा हामीलाई फाइदा हुन्छ त्योसँग मिल्ने नीति...

  • माला पहिरन ठिक्क परेका महा-मेयर

    यसअघि नै दुई–दुई पटकसम्म वडा अध्यक्ष भएर काम गरेका शाक्य काठमाडौंका लागि पार्टीका कुशल संगठक पनि हुन्। उम्मेदवार मात्र नभएर पार्टीको एउटा संगठकले...

  • नवनिर्वाचित मेयर मानबहादुर जिसी

    महानगर हाँक्ने मानबहादुर

    क्याम्पस पढ्न एक ठिटो झोला भिरेर सहर आइपुग्यो। उच्च शिक्षा लिन गाउँबाट सहर आइपुगेको तन्नेरीले मनको चर्खा पढाइमा भन्दा अन्तै घुमाइरहेको थियो। उसलाई...

  • ‘देउवालाई नचिनेर पनि चुनाव जितिँदोरहेछ’

    कुराकानी पछि छुट्टिने बेला चिरिबाबु भन्दै थिए, ‘ चिरिबाबुले ललितपुरका सांस्कृतिक सम्पदाहरु जोगाएरै विकास गर्ने छ, विकासका नाउँमा जथाभावी गर्ने छैन,...