मेरो बिहे गर्ने समय भएको छः रेखा थापा

पछिल्लो समय राजनीति गरेर देशकै नेतृत्व लिन चाहेको बताउँदै आएकी अभिनेत्री रेखा थापामा आमा बन्ने रहर पलाएको छ। यो फिल्मी रहर भने होइन। फिल्म धेरैपटक आमा बनिसकेकी रेखा अब यथार्थमै आमा बन्न चाहेकी हुन्। हालै दाङ पुगेकी रेखाले मिडियाकर्मीका माझ बच्चाको आमा बन्न चाहेको बताएकी हुन्।

‘सबैको महिलालाई जस्तै मलाई पनि बच्चाको आमा बन्ने इच्छा लागेको छ।, अब मेरो बिहे गर्ने समय पनि भएको छ,’ कार्यक्रममा यस्तो बोले पनि रेखा तुरुन्तै बिहे गर्ने पक्षमा भने देखिन्नन्। दाङको माघी महोत्सवमा सहभागी हुन आएकी उनले थपिन्, ‘मन मिल्यो भने केही वर्षभित्रै बिहे गर्छु।’ आजको गज्जब साप्ताहिकमा खबर प्रकाशित छ।

प्रकाशित 2017-01-11 09:28:29