शोभराजसँग गोलघरमा चार महिनाः शोभराज शौचालय जाँदैन थियो



हामी डिल्लीबजार कारागारमा थुनिएका थियौं। ०६२ देखि राजनीतिक आस्थाको बन्दी थियौं। हामीमाथि ०६६ मा जेलकै गुन्डा लगाएर आक्रमण गरियो। हामी नराम्ररी घाइते भयौं। मेरो हात भाँचियो। वीर अस्पताल लगेर प्लास्टर गरिदिएर घाइते अवस्थामा नै हतकडी लगाएर हामी तीनजना आस्थाका बन्दीलाई सेन्ट्रल जेल लगे। रातको १० बजेको थियो। मलाई सीधै गोलघरमा हाले।

गोलघर जेलभित्रको जेल हो। गोलघरमा सातवटा कोठा छन्। एउटा कोठामा एकजना मात्र केदी राखिन्छ। एउटा कोठामा राखेर मलाई बाहिरबाट ताला लगाइदिए। रातभर भोकै भएँ। ओढ्ने–ओछ्याउने थिएन। चिसो छिँडिमा बस्नुपर्यो।

भोली पल्ट बिहान ९ बजे मात्र ढोका खोलिदिए। बाहिर निस्किएँ। साँघुरो ठाउँ। त्यहीँ बसेर दुईजना चेस खेलिरहेका। एउटाले रुखो स्वरमा सोध्यो, ‘कहाँबाट आइस् तँ? यसो हेरेँ। लामो कलाप पालेको। हेर्दै डरलाग्दो। उसले मलाई थर्काउने गरी सोधेको थियो। ‘डिल्लीबजार काराकारबाट, आस्थाको बन्दी हुँ,’मैले भने।

मुक्तान थेबा

‘माओवादी होस्?’ उसले सोध्यो। ‘हो’ भने। ‘देव गुरुङ’ चिन्छन्? फेरि सोध्यो। चिन्छु भने। भित्र गएर एउटा डायरी ल्यायो। ‘यहाँ देव गुरुङलाई कुटेर थिलो थिलो बनाउँदा तातोपानीले सेक्ने मै हुँ, जेल सार्दा छुटेको उसको डायरी अझै मसँग छ, पछि लगेर दिनू,’ उसले डायरी देखायो। पछि थाहा पाएँ, उ पञ्चायतदेखिकै गुन्डा विकास गुरुङ रहेछन्।कवि मुक्तान थेबाको संस्मरण आजको गज्जब साप्ताहिकमा प्रकाशित छ। 

डिल्लीबजारको घटनाबारे मेरो बयान लिन कारागार व्यवस्थापन विभागका महानिर्देशकसहितको टोली आयो। उनीहरु गएपछि गोलघरभित्रको कुवाछेउ घाम तापेर विकास गुरुङसँगै बसेको थिएँ। एउटा ‘स्मार्ट गेटअप’ को मान्छे बाहिर निस्कियो। ‘उ शोभराज आयो’ विकास गुरुङले भन्यो।

शोभराज सरासर हामीतिरै आयो।‘हलो माई न्यु फ्रेन्ड हाऊ आर यु?’ उसैले बोलायो। मैले परिचय दिएँ। ‘आई एम शोभराज’ उनले पनि निकै गर्वका साथ आफ्नो नाम लियो। अंग्रेजी निकै राम्रो रहेछ। निकैबेर कुरा भयो। म माओवादी भन्ने थाहा पाएपछि निकै खुसी भयो। 

गोलघरमा मलाई राखेको कोठाको ठीक सामुन्ने कोठामा उसलाई राखिएको थियो। भोलिपल्टदेखि उसको दिनचर्या थाहा पाउन थालेँ। अनौठो लाग्यो। उ रातको १२ बजे लामोलामो श्वास फेरको आवाज आउँथ्यो। उ राति १२ बजे जिम गथ्र्यो। उ चेस खेल्दा सधैँ कालो गोटी लिन्थ्यो।

सबैका कोठामा ९ बजे ताला लाग्ने। पिसाब गर्ने बट्टा भित्रै हुन्थ्यो। दिसा आए भाइ नाइकेलाई भनेर जान पाइन्थ्यो। तर, शोभराजले गोलघरको शौचालय कहिल्यै प्रयोग गरेन। दिउँसो पनि प्रयोग गर्दैन थियो। उ बट्टामा पिसाब फेथ्र्यो। पत्रिकामा दिसा गथ्र्यो र प्लास्टिकमा पोको पारेर फोहर फ्याँक्ने ड्रममा हालिदिन्थ्यो।

प्रकाशित २७ पुस २०७३, बुधबार | 2017-01-11 08:29:35

प्रतिकृया दिनुहोस

 

 

विचार

सुखद शुक्रबार

ब्लग

प्रविधि

रोचक

NepalKhabar Tweets

विशेष

  • सुवास नेम्वाङ

    ‘संशोधन विधेयक न पास हुन्छ, न फेल’

    मधेशलाई पहाडबाट छुट्याउनेबित्तिकै स्रोतका आधारमा कमजोर प्रदेश बन्न जान्छ। त्यसैले यो मधेश र मधेशी जनताको हित विपरीत छ भन्ने हाम्रो अडान हो। एमाले...

  • शान्ति मण्डला निर्माणको बाटो खुल्यो

    सवैभन्दा माथिल्लो भागमा ५४ फिट अग्लो बुद्धको मूर्ति स्थापना गरिनेछ। मण्डलाको प्रत्येक कुनामा हिन्दूधर्मको प्रतिनिधित्व हुने गरी ब्रह्मा, विष्णु र...

  • 'पृथ्वीनारायणको एकीकरणलाई हामी पूर्णता दिन्छौं'

    केन्द्रीय कार्यालय धुम्बाराहीमा नेकपा एमालेले स्वयम् सेवक प्रशिक्षण कार्यक्रम सोमबारदेखि शुरु गरेको छ। आगामी २१ फागुनदेखि शुरु गर्न लागेको...

  • ला ला ल्याण्डका निर्माता जोर्डन होरोविट्ज वास्तविक विजेता मुनलाइट भएको बताउँदै

    मुनलाइट र ला ला ल्यान्डमय ओस्कार

    ८९ औँ ओस्कारमा उत्कृष्ट फिल्म घोषित हुँदै मुनलाइटले इतिहास रचेको छ। गल्तीवश केही समयका लागि ला ला ल्याण्डलाई उत्कृष्ट फिल्म घोषित गरिएपछि मञ्चमा...