भूकम्पपीडितको लागि आएको रकममा रेडक्रस पदाधिकारीको मस्ती



राहत, उद्धार तथा पुनस्थापनामा सक्रिय नेपाल रेडक्रस सोसाइटीले भूकम्पपीडितका नाममा संकलित रकम चरम दुरुपयोग गरेको खुलेको छ। रेडक्रसले भूकम्पपीडित कोषको रकम कार, मोटरसाइकल, स्कुटरजस्ता सामग्री खरिद र कर्मचारी तलबभत्तालगायत शीर्षकमा जथाभाबी खर्चिएको फेला परेको हो।

कागजातअनुसार विभिन्न दाताले पुनस्थापना गतिविधि सञ्चालनका लागि दिएको २४ करोड ५० लाख रुपैयाँ पदाधिकारी र कर्मचारीको तलबभत्ता, विदेश भ्रमण, सुविधाजनक कार्यालय र कार, मोटरसाइकल, स्कुटर, कम्प्युटर, ल्यापटप, पेन ड्राइभ आदि खरिदमै खर्चेर सिध्याएको छ। स्टेयरिङ कमिटीको बैठक भत्ता तथा कर्मचारीको तलबमा ६ करोड २३ लाख ४२ हजार ५ सय ८९ रूपैयाँ खर्च भइसकेको छ। स्रोतका अनुसार रेडक्रसले योभन्दा बढी रकम बैठक र अन्य सामग्री खरिदमा खर्च गरिसकेको छ।
मानवीय सहयोगका निम्ति कहलिएको यो संस्थाले इमर्जेन्सी रेस्पोन्स अपरेसन एकाइमा कार्यरत पदाधिकारी र कर्मचारीलाई कुनै निश्चित मापदण्डबेगर सेवा र सुविधा दिँदै आएको छ। सबैभन्दा बढी भूकम्पप्रभावित १४ जिल्लामा रेडक्रसको यो एकाइ सञ्चालित छ।

रेडक्रस अध्यक्ष सञ्जीव थापाले तलबका रूपमा एक लाख २५ हजार रूपैयाँ पाउँदै आएका छन् भने महासचिव देवरत्न धाख्वाले प्रतिमहिना ९८ हजार ३ सय ४९ रुपैयाँ तलब बुझ्छन्। यसका कोषाध्यक्ष देवेन्द्रबहादुर प्रधानले ६३ हजार २ सय ४९ रुपैयाँ पाउने गरेका छन्। अध्यक्ष थापाको नेतृत्वमा पुनर्निर्माण गतिविधि हेर्न बनाइएको अधिकारसम्पन्न समितिका सदस्य भक्त खवासले प्रतिमहिना ४० हजार रूपैयाँ पाउँदै आएका छन्। तर, उनी केही महिनादेखि क्यानाडामा बसिरहेका भए पनि यो सुविधा पाइरहेको रेडक्रसको एक स्रोत जानकारी दियो।

त्यसैगरी, केन्द्र र जिल्लाका विभिन्न एकाइमा कार्यरत कर्मचारीले अस्वाभाविक रूपमा पारिश्रमिक पाउँदै आएका छन्। कार्यक्रम अधिकृतले १ लाख २१ हजार ५ सय रूपैयाँसम्म र परियोजना संयोजकले १ लाख एक हजार ५ सय रूपैयाँसम्म प्रतिमहिना बुझ्ने गरेको कागजातमा देखिन्छ। संस्थाले कर्मचारीलाई दसैँ र अन्य भत्ता पनि दिँदै आएको छ। केन्द्रमा ७० र भूकम्पप्रभावित जिल्लामा पाँच जना कर्मचारी खटाइएको छ।

‘एकाइहरूमा कार्यरत कर्मचारीहरूको पारिश्रमिकका पापदण्ड तोकिएको छैन र अस्वाभाविक रूपमा यो धेरै छ। रेडक्रसमा कार्यरत अधिकारीहरूलाई जथाभाबी रूपमा बढी तलब दिइनुको कारण उनीहरू कुनै न कुनै रूपमा नातेदार हुन्,’ आफ्नो नाम उल्लेख गर्न नचाहने रेडक्रसका एक कर्मचारीले बताए, ‘एकाइहरूमा नातावादका आधारमा कर्मचारी भर्ना गरिएका छन्। अध्यक्ष थापा र अन्य पदाधिकारीले रेडक्रस र यसका एकाइमा आफ्ना नातेदारहरूलाई भर्ना गरेका छन्।’
एउटै पदमा कार्यरत भए पनि कर्मचारीले पाउने पारिश्रमिक फरक रहेको नागरिकले प्राप्त गरेका कागजातमा देखिन्छ। त्यसैगरी, अध्यक्ष थापाले जेनेभा भ्रमणका लागि २ लाख ५० हजार रूपैयाँ, थाइल्यान्ड र अन्य भ्रमणका लागि ७२ हजार ७ सय ३५ रूपैयाँसमेत भुक्तानी लिएको कागजातमा देखिन्छ।

रेडक्रस अधिकृतहरूका लागि सुविधाजनक गाडी, त्यसका पार्ट, बिमा र काठमाडौंबाट जिल्ला जान अन्य कार तथा भ्यान भाडा लिएबापत ४ करोड, ९० लाख ८४ हजार एक सय रूपैयाँ खर्च गरेको देखिन्छ। कागजातअनुसार रेडक्रसले १० वटा कार खरिद गरेको छ। रेडक्रसले ६ करोड ८० हजार रूपैयाँ कार खरिदमा खर्च गरेको छ।
प्राप्त कागजातअनुसार रेडक्रसले दुइटा कार ५६ लाख ७५ हजार रूपैयाँ, चारवटा कार ३३ लाख ९५ हजार रूपैयाँ, एउटा कार ३० लाख ६५ हजार रूपैयाँ तथा अन्य कार खरिदका लागि १० लाख ६५ हजार खर्च गरेको देखिएको छ।
त्यसैगरी, रेडक्रसले २ सयवटा मोटरसाइकल र स्कुटर खरिदमा ६ करोड १२ लाख ५१ हजार २ सय ८१ रूपैयाँ, साइकल खरिदमा ४ लाख २९ हजार २ सय २९ रूपैयाँ एवं ट्रक र लरी किन्न ३ करोड ६२ लाख ८५ हजार ५ सय ८९ रूपैयाँ खर्च गरेको भेटिएको छ।

यसले कर्मचारीहरूका लागि ४ लाख ८० हजार रूपैयाँका मोटरसाइकलसमेत खरिद गरेको छ। रेडक्रसले ल्यापटप कम्प्युटर खरिदका लागि २ करोड ५७ लाख ६६ हजार १ सय ३८ रूपैयाँ, डेस्कटप कम्प्युटरका लागि ४ लाख ३२ हजार १ सय २२ रूपैयाँ, कम्प्युटर प्रिन्टरका लागि ३५ लाख ८३ हजार ५ सय ५० रूपैया र फ्ल्यास ड्राइभ, पेन ड्राइभ र पावर ब्याकअपका लागि ३ लाख ७३ हजार ८ सय १६ रूपैयाँ खर्च गरेको देखिएको छ।
त्यसैगरी, रेडक्रसले ९ लाख ९८ हजार ३ सय ३९ रूपैयाँको मल्टिमिडिया अप्टिमा, ४ लाख २३ हजार २ सय १७ रूपैयाँको ओभरहेड प्रोजेक्टर र २ लाख ९ हजार ७ सय ४४ रूपैयाँका विभिन्न कम्प्युटर एसेसरिज खरिद गरेको कागजातमा देखिन्छ।

‘रेडक्रसका नाममा दिइएको ठूलो रकम पारिश्रमिक र सुविधा सामग्रीमा खरिद गरिएको छ। पुनर्निर्माण कामको अनुगमन गर्ने कर्मचारीलाई दिइएको सुविधा र पारिश्रमिक राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाभन्दा कम छैन। भूकम्पपीडितलाई पदाधिकारीको कमाउने साधन बनाउनु दुर्भाग्यपूर्ण छ,’ एक अधिकृतले भने।
ती अधिकृतका अनुसार विभिन्न दाताले रेडक्रसलाई पुनर्निर्माण र पुनस्र्थापना गतिविधिका लागि ९ अर्ब रूपैयाँ दिएका थिए। ‘स्थानीय स्तरमा कुनै काम भएको छैन, रेडक्रस भने काठमाडौंको कार्यालयका लागि महँगा सामग्री खरिद गरिरहेको छ,’ एक उच्च स्रोतले भन्यो। नागरिक दैनिकमा संगीत संग्रौलाले यो खोज खबर लेखेका छन्।

भूकम्पपीडितका नाममा दाताबाट प्राप्त ठूलो रकम मोजमस्तीका सामग्री खरिद र भत्तामा खर्च

२ सयवटा मोटरसाइकल र स्कुटर खरिदः ६ करोड १० लाख
१० वटा कार खरिदः ४ करोड ९० लाख
ट्रकः ३६ करोड २८ लाख
साइकल खरिदः ४ करोड २९ लाख
ल्यापटपः २५ करोड ७० लाख रूपैयाँ

प्रकाशित २७ पुस २०७३, बुधबार | 2017-01-11 08:29:01

प्रतिकृया दिनुहोस

  • इन्धन चोरी नियन्त्रण गर्न लकिङ प्रणाली

    इन्धन चोरी नियन्त्रण गर्न आगामी जेठदेखि ट्यांकरमै लकिङ प्रणाली लागू गरिने भएको छ । नेपाल आयल निगमले इन्धन ढुवानी गर्दा बाटोमा हुने चुहावट रोक्नका...

  • अझै चार महिना राजधानीको धुलो नघट्ने

    धुलोरहित काठमाडौं बन्न अझै चार महिना लाग्ने भएको छ । योजनाअनुसार काम अघि बढे अबको चार महिनापछि काठमाडौं धुलोरहित बन्ने काठमाडौं महानगरपालिकाले...

  • सत्ता हस्तान्तरणको विषयले बढायो दाहाल-देउवाको मतभेद

    सरकारले व्यवस्थापिका संसद्मा दर्ता गरेको संविधान संशोधन विधेयक र स्थानीय तह निर्वाचनको विषयलाई लिएर सत्तारूढ दलभित्रै मतभेद सुरु भएको छ। प्रमुख...

  • यो हो भक्तपुरको सबैभन्दा जाम हुने क्षेत्र

    अरनिको रजामार्ग अन्तर्गत भक्तपुरको जगाती क्षेत्र जाम जोन बनेको छ। जिल्ला भरमा सबैभन्दा बढी जाम हुने क्षेत्रका रूपमा यो ठाउँ परिचित हुन थालेको छ।...

  • रसुवागढी नाका फेरि बन्द

    नेपालको चीनसँग सञ्चालनमा रहेको एकमात्र रसुवागढी नाका फेरि बन्द भएको छ। चीनले बाटो मर्मतको कारण देखाउँदै नाका बन्द गरेको रसुवा प्रहरीले जनाएको छ।...

  • अटेरी एनसेल

    एनसेलका प्रमुख कार्यकारी सिमोन पार्किन्स १ वर्षमै जिम्मेवारीबाट मुक्त हुँदैछन्। सूत्रका अनुसार उनले पदबाट राजीनामा गरिसकेका छन्। पार्किन्स...

 

सुखद शुक्रबार

ब्लग

प्रविधि

रोचक

NepalKhabar Tweets

विशेष

  • महानगरमा महिला मेयर उम्मेदवारद्वय भरतपुरमा रेणु दाहाल र काठमाडौंमा रञ्जु दर्शना

    को बन्ला त महानगरमा ‘म्याडम मेयर’?

    स्थानीय तहको निर्वाचन नजिकिँदै जाँदा महिला प्रतिनिधित्व सार्वजनिक चर्चाको विषय हुन थालेको छ। गाउँ वा नगरका प्रमुख वा उपप्रमुखमध्ये एक जना महिला...

  • धनी बन्नु छ? पहिले सडक बनाऊ

    सुधार र खुलापनपछि चीनले ठूलाठूला उपलब्धि हासिल गरेको छ। धेरै नेपाली साथीहरु त्यो उपलब्धिको रहस्य के हो भनेर सोधिरहन्छन्। चीनको यत्रो उपलब्धिको दुई...

  • कास्कीका कांग्रेस कार्यकर्ता निराश हुनुका यस्ता कारण

    स्थानीय तहको निर्वाचनमा आकांक्षीहरु धेरै भएपछि नेपाली काँग्रेस कास्कीलाई उम्मेद्वार सिफारिस गर्न हम्मेहम्मे भएको छ। कांग्रेसका कार्यकर्तालाई भने...

  • संविधान संशोधन विधेयकमा संशोधनको प्रस्ताव दर्ता गराउँदै प्रमुख सचेतक श्रेष्ठ व्यवस्थापिका संसद सचिवालय सिंहदरबारमा शनिबार राति

    मध्यरातमा संविधान संसोधनको संयुक्त प्रस्ताव दर्ता

    व्यवस्थापिका–संसद्मा सरकारले गरेको संविधान संशोधन प्रस्तावमाथि सत्तारुढ दल र मधेसी मोर्चाकातर्फबाट संयुक्त संशोधन प्रस्ताव दर्ता भएको छ।