प्रचण्ड अब चाहिँ जंगल नजाने पक्का



प्रचण्ड
प्रचण्ड
रासस

अब जे–जस्तो परिस्थिति आए पनि प्रचण्ड नेतृत्वको माओवादीले हतियार नउठाउने र जंगल नपस्ने कुरामा ढुक्क भए हुन्छ। किनभने उसले आफ्नो सांगठनिक स्वरुप सोहीअनुरुपको बनाइसक्यो।

यद्यपि यससम्बन्धी कार्यविधि पास भइनसके पनि पुरानै पाराले जिल्ला सम्मेलन आयोजना हुन थालेका छन्। वर्षमान पुनको संयोजकत्वको समितिले गत साता हेडक्वार्टरसमक्ष पेस गरेको संगठनात्मक कार्यविधिप्रति टोपबहादुर रायमाझीले आपत्ति जनाएको प्रत्युत्तरमा प्रचण्डले भनेका थिए, ‘अब हामी ठ्याक्कै एमालेजस्तो होइन। पूरै क्रान्तिकारी पनि होइन, बीचको वामपन्थी बाटोमा हिँड्ने हो।’

प्रस्तुत कार्यविधिमा निर्वाचित प्रणाली समावेशी प्रकृतिको छ। रायमाझीको आपत्ति यसैमा हो। उनले सोधे, ‘आदिवासी, जनजाति, दलित, पिछडावर्ग, महिला, मुस्लिम, कर्णालीका नाममा बढी समावेशी चरित्र देखाउँदा कम्युनिस्ट पार्टीको मूल्य–मान्यता समाप्त हुन्छ कि? सुधारवादको झल्को दिएर वर्गीय प्रतिनिधित्वचाहिँ ओझेलमा पर्छ कि? एमालेकै ताल हुने हो कि?

अनन्तहरुको चाहिँ युद्ध नलड्ने र चुनावी प्रतिष्पर्धाबाट आफूहरु अब्बल सावित हुने कार्यविधिमा पार्टी लगेको हुँदा यस्तो प्रणालीलाई ठिकै मान्नेपर्ने तर्क थियो। आजको जनआस्था साप्ताहिकमा खबर प्रकाशित छ।

प्रकाशित २७ पुस २०७३, बुधबार | 2017-01-11 06:41:43

प्रतिकृया दिनुहोस

 

 

विचार

सुखद शुक्रबार

ब्लग

प्रविधि

रोचक

NepalKhabar Tweets

विशेष

  • श्री एयरलाइन्सको जहाज

    प्राधिकरणको अनुमति ढिलाइले श्री–एअरको जहाज क्यानडामै रोकियो

    नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले अनुमति नदिँदा श्री एअरलाइन्सले ल्याउन लागेको दुई वटा जहाज क्यानाडामा रोकिएर बसेका छन्। तीन महिनादेखि बनेको...

  • अन्नपूर्णको फेदीमा आँखा अल्झँदा...

    नेपालको दशौँ अग्लो हिमाल अन्नपूर्ण (८०९१ मि) को आधार शिविर (४१३० मि) संसारभरमा परिचित छ। छपक्क हिउँले छोपिएको अन्नपूर्ण आधार शिविर मात्र होइन...

  • चीनसँग विगतमा भएका सम्झौता लागू गर्न प्रधानमन्त्री दाहाललाई विज्ञको सुझाव

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पूर्व प्रधानमन्त्री तथा चीन विज्ञहरुले चीनले अघि सारेको वान बेल्ट वान रोड–ओबीओआरको समझदारी पत्रमा हस्ताक्षर...

  • खैरेनी बनले हर्यो पर्यटकको मन

    अठार हेक्टर क्षेत्रफलमा फैलिएको खैरेनी सामुदायिक वनमध्ये १२ हेक्टर क्षेत्रफललाई नदीले चारैतिरबाट टापु आकारमा घेरेको छ। नदीले घेरेको वनलाई सानो...