रामदेवको पतञ्जली बिस्कुटमा जिउँदो किरा



योग गुरु बाबा रामदेव सदैव आफंनो संस्था पत्ञ्जलीको उत्पदानको शुद्धता र गुणस्तरको प्रशंसा गरिरहन्छन्। पतञ्जलीका सद्भावना दूत समेत रहेका रामदेवले पतञ्जलीको उत्पादनको प्रशंसा गरिरहँदा उनका उत्पादनमा गम्भीर किसिमको प्रश्न पनि खडा भइरहन्छन्।

भारतबाट सार्वजनिक भएको एक ताजा घटनामा रामदेवको पतञ्जली विस्कुटबाट जिउँदै किरो निस्किएको छ।

सामाजिक सञ्जालमा भाइरल भइरहेको एक भिडियोमा केही युवाहरु रामदेवको पतञ्जली विस्कुटबाट किरा निस्किरहेको देखाइरहेका हुन्छन्।

यो भिडियो अनुसार पतञ्जलीको दूध बिस्कुटको बन्द रहेको प्याकेट खोल्ने बित्तिकै किरा निस्केको देख्न सकिन्छ। यो भिडियो ७ डिसेम्बर २०१६ को हो।

जसमा युवकहरुले देखाए अनुसार प्याकेटको प्याकेजिङ जुन २०१६ को रहेको छ। तर यति छोटो अवधिमै यो विस्कुटमा किरा पर्न गएको देख्न सकिन्छ।

यस भिडियोमा युवकहरु पतञ्जलीका उत्पादनमा व्यङ्ग्य गर्दै‌ ुदूध बिस्कुटु को तुलना डिस्कभरी च्यानलको कार्यक्रमसँग गरेका छन् ।

डिस्कभरी च्यानलको कार्यक्रममा किरामा धेरै प्रोटिन हुने व्याख्या गरिएको हुन्छ। कारोबार दैनिकमा खबर प्रकाशित छ। त्यही कारण ती युवाले पतञ्जलीप्रति कटाक्ष गर्दै बाबा रामदेवले जनतालाई प्रोटिनयुक्त बिस्कुट बाँडिरहेको उल्लेख गरेका छन्।

प्रकाशित २६ पुस २०७३, मंगलबार | 2017-01-10 07:22:58

प्रतिकृया दिनुहोस

 

 

विचार

सुखद शुक्रबार

ब्लग

प्रविधि

रोचक

NepalKhabar Tweets

विशेष

  • श्री एयरलाइन्सको जहाज

    प्राधिकरणको अनुमति ढिलाइले श्री–एअरको जहाज क्यानडामै रोकियो

    नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले अनुमति नदिँदा श्री एअरलाइन्सले ल्याउन लागेको दुई वटा जहाज क्यानाडामा रोकिएर बसेका छन्। तीन महिनादेखि बनेको...

  • अन्नपूर्णको फेदीमा आँखा अल्झँदा...

    नेपालको दशौँ अग्लो हिमाल अन्नपूर्ण (८०९१ मि) को आधार शिविर (४१३० मि) संसारभरमा परिचित छ। छपक्क हिउँले छोपिएको अन्नपूर्ण आधार शिविर मात्र होइन...

  • चीनसँग विगतमा भएका सम्झौता लागू गर्न प्रधानमन्त्री दाहाललाई विज्ञको सुझाव

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पूर्व प्रधानमन्त्री तथा चीन विज्ञहरुले चीनले अघि सारेको वान बेल्ट वान रोड–ओबीओआरको समझदारी पत्रमा हस्ताक्षर...

  • खैरेनी बनले हर्यो पर्यटकको मन

    अठार हेक्टर क्षेत्रफलमा फैलिएको खैरेनी सामुदायिक वनमध्ये १२ हेक्टर क्षेत्रफललाई नदीले चारैतिरबाट टापु आकारमा घेरेको छ। नदीले घेरेको वनलाई सानो...