प्रधानसेनापतिको ब्रिफिङः विखण्डनकारी सक्रिय भए, हामी चूप लागेर बस्नु हुँदैन



प्रधानसेनापति राजेन्द्र क्षत्रीले वर्तमान तरल राजनीतिक अवस्थाको फाइदा उठाउँदै केही विखण्डनकारी र अस्थिरता फैलाउने तत्व सक्रिय हुँदै गइरहेको बताए। जंगी अड्डामा आइतबार सेनाका पूर्वप्रधानसेनापति तथा बहालवाला एवं अवकाश प्राप्त उच्च सैनिक अधिकारीसँगको अन्तरक्रियालाई सम्बोधन गर्दै प्रधानसेनापति क्षत्रीले त्यस्ता तत्वलाई परास्त गर्न नेपाली सेना तयारी अवस्थामा रहेको बताए।

जंगी अड्डाले निकालेको विज्ञप्तिमा विखखण्डनकारी र अस्थिरता फैलाउने तत्व को हुन् भन्नेबारे भने केही खुलाएको छैन।

तर, प्रधानसेनापति क्षत्रीले आफ्ना भनाइका क्रममा सीके राउतका गतिविधि , निर्वाचन बिथोल्न खोज्ने विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ता र आन्दोलनरत राजपाका गतिविधिलाई विखण्डनकारी र अस्थिरता फैलाउने भनी संकेत गरेका छन्।

प्रधानसेनापतिले विगतकै शैलीमा संविधानले निर्दिष्ट गरेको आफ्नो जिम्मेवारी पूरा गर्न नेपाली सेना कदापि पछि नहट्ने दोहोर्‍याए। प्रधानसेनापति क्षेत्रीले वर्तमान राजनीतिक अवस्था तरल रहेको टिप्पणी गर्दै विभिन्न माग राखी विरोधमा उत्रिएको समूहलाई राजनीतिक तहबाटै समाधान हुनुपर्ने बताए।

प्रधानसेनापति क्षत्रीले छलफलमा वर्तमान तरल राजनीतिक अवस्था र त्यसले उत्पन्न गर्ने सुरक्षा चुनौतीबारे मुख्यालयको धारणा राखेका थिए । राष्ट्रिय सुरक्षाको दृष्टिले राष्ट्रिय एकता तथा भौगोलिक अखण्डतामा आँच पुग्ने कुनै पनि प्रकारका गतिविधि नेपाली सेनाको लागि स्वीकार्य नहुने जंगीअड्डाले निकालेको विज्ञप्तिमा उल्लेख छ। अन्नपूर्ण पोष्टमा यो खबर छ।

प्रकाशित ५ असार २०७४, सोमबार | 2017-06-19 07:04:09

प्रतिकृया दिनुहोस

विचार

सुखद शुक्रबार

ब्लग

प्रविधि

रोचक

NepalKhabar Tweets

विशेष

  • चर्चामा मोदीको ‘अंकमाल कुटनीति’

    भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दिने गरेको भाषणको जति चर्चा हुन्छ, त्यति नै चर्चा हुने गर्छ उनले गर्ने अंकमालको। विश्वका नेताहरुसँग मोदीले...

  • एउटा नेताको इखले जन्माएको चिनियाँ हाइस्पीड रेलको किस्सा

    रेलको सबैभन्दा विलासी डिब्बाको सिट भाडा १७४८ पर्छ जुन विमानको भन्दा करीब ५०० आरएमबीले बढी हो। साडे ५ सय आरएमबीमा सोही स्पीड रेलको साधारण टिकट किन्न...

  • पूर्वसभासद फुदुङ कुटपिटः यस्तो रहेछ खास कारण

    सुनसरीको इटहरी उपमहानगरपालिकाको ४ नम्बर वडामा पूर्वजर्नेल तथा माओवादी केन्द्रका पूर्वसांसद् कुमार फुदुङ कुटिएका छन्। आफ्नै रिसोर्टमा महिला मृत...

  • प्रदेश नम्बर ५ को राजधानी दाङ कि बुटवल? मतदाता झुक्याए नेताले

    एमाले नेता विष्णु पौडेलले त पटक पटक ‘एमालेले बुटवललाई राजधानी बनाउने निर्णय गरिसक्यो, ढुक्क हुनुहोस्’ भनिरहेका छन्। तर सोही पार्टीका अर्का नेता...