राजनीति

बुटवलमा काँग्रेस–माओवादी गठबन्धन अगाडि

बुटवल उपमहानगरपालिकामा काँग्रेस–माओवादी गठबन्धनले एमालेलाई पछाडि पारेको छ। बुटवल एमाले नेता विष्णु पौडेलको निर्वाचन क्षेत्र हो। गठबन्धनका मेयरका उम्मेदवार खेलराज पाण्डेले २०३ मत पाएका छन्। गठबन्धनकै उपमेयर जगत पोखरेलले १२९ मत पाएका छन्।

विराटनगरमा १२ बजेदेखि मत गणना

विराटनगर महानगरपालिकाको मत गणना आज बिहीबार १२ बजेदेखि सुरु गरिने भएको छ। यहाँको आदर्श विद्यालयमा गणना गरिने र गणनाको सबै गतिविधि सीसी क्यामेराको निगरानीमा गरिने तय भएको छ।

तीनवटै प्रदेशमा कांग्रेसको प्रारम्भिक अग्रता

दोस्रो चरणअन्तर्गत तीनवटा प्रदेशमा भएको निर्वाचनको हालसम्म जारी मतगणनामा नेपाली कांग्रेसले प्रारम्भिक अग्रता लिएको छ। प्रदेश नम्बर १, ५ र ७ का ४२ स्थानमध्ये कांग्रेसले १९ स्थानमा अग्रता लिएको छ।

प्रधानमन्त्री देउवाको गृहजिल्लामा माओवादीको अग्रता

प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा माओवादी केन्द्रले शुरुवाती अग्रता लिएको छ। त्यहाँको अजयमेरु गाउँपालिका अध्यक्षमा माओवादीका उमेशप्रसाद भट्टले अग्रता लिएका छन्। भट्टले ११७ र एमालेका धनबहादुर साउदले ९७ मत ल्याएका छन्।

खोटाङको जन्तेढुंगा-१ मा माओवादीका वडाध्यक्ष

खोटाङको जन्तेढुंगा गाउँपालिकाको मत परिणाम आउन थालेको छ। पछिल्लो सूचना अनुसार, जन्तेढुंगाको १ नम्बर वडामा नेकपा माओवादी केन्द्रका केदारमान राई पहिलो निर्वाचित पदाधिकारी भएका छन्। उनले वडाध्यक्ष पदमा जित हासिल गरेका हुन्।

बाजुराको बडिमालिका-२ मा एमाले प्यानल विजयी

बाजुराको बडिमालिका नगरपालिकाको वडा नम्बर २ मा एमालेको प्यानलै विजयी भएको छ। यो नगरपालिका प्रमुखमा भने कांग्रेसको अग्रता छ। कांग्रेसका प्रमुख पदका उम्मेदवारले ७ सय ७७ मत ल्याउँदा एमालेका उम्मेदवारले ५२७ मतका साथ उनलाई पछ्याइरहेका छन्।

विराटनगर महानगरमा कसले मार्ला बाजी? यस्तो छ दलीय शक्तिको लेखाजोखा

दोस्रो चरणको स्थानीय तह निर्वाचनमा ऐतिहासिक राजनीतिक थलोको रूपमा चिनिएको मोरङ चुनावी केन्द्रमा छ। त्यससमा पनि प्रदेश–१ को एक मात्र महानगर विराटनगर प्रमुख केन्द्रमा छ।

दाङमा खोल्यो माओवादीले खाताः राप्ती-९ मा पूरै प्यानल विजयी

दाङमा माओवादी केन्द्रले जितको खाता खोलेको छ । राप्ती गाउँपालिकाको वडा नम्बर ९ मा माओवादी केन्द्रका रिमबहादुर सुनारीमगर २०१ मतसहित विजयी भएका छन्।

बझाङको मस्टा गाउँपालिकामा एमालेको प्यानल बिजयी

बझाङको मस्टा गाउँपालिकाको वडा नम्बर १ र ७ मा एमाले बिजयी भएको छ। यी दुबै वडामा एमालको प्यानल नै बिजयी भएको छ। वडा नम्बर १ मा राजेन्द्र खड्काको प्यानल बिजयी भएको छ भने वडा नम्बर ७ बमबहादुर बोहोराको प्यानल बिजयी भएको छ।

कपिलवस्तुको मतगणना १० बजेदेखि

कपिलवस्तुका सबै स्थानीय तहमा आज १० बजेबाट मत गणना हुने भएको छ। यहाँ १० वटा स्थानीय तह छन्, जसमा ६ वटा नगरपालिका र ४ वटा गाउँपालिका छन्। सर्वदलीय सहमति जुटेपछि १० बजेदेखि मत गणना सुरु गर्न लागिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।

रोल्पाबाट कांग्रेसले खाता खोल्यो, सुकिदहको वडामा प्यानलै विजयी

नेपाली कांग्रेसले रोल्पामा आफ्नो विजयी शुरुवात गरेको छ। कांग्रेसले सुकिदह गाउँपालिका वडा नम्बर १ मा जितेर खाता खोलेको हो। सुकिदह गाउँपालिको वडा नम्बर १ मा कांग्रेसको प्यानल नै विजयी छ। वडाअध्यक्षमा अजमत डाँगी ३२२ मत ल्याएर विजयी भएका छन्।

झापाको प्रारम्भिक लक्षणः कतै माओवादी, कतै एमालेको अग्रता

पूर्वी तराईको जिल्ला झापामा मतगणना सुरु भएका गाउँ र नगरमा कतै एमाले र कतै माओवादी केन्द्रको अग्रता देखिएको छ। यो निकै सुरुवाती लक्षण मात्रै हो।

बैतडीको पञ्चेश्वर गाउँपालिका-१ मा एमाले प्यानल बिजयी

स्थानीय तह दोस्रो चरणमा भएको चुनावमा बैतडीको पञ्चेश्वर गाउँपालिका-१ को परिणाम सार्वजनिक भएको छ। यहाँ एमालेको प्यानल नै बिजयी भएको छ। एमालेका पूर्णबहादुर चन्दको अध्यक्षतामा प्यानल विजयी भएको हो। चन्दले ४९२ मत ल्याए। निकटतम प्रतिद्वन्द्वी नेपाली...

दाङको तीन गाँउपालिकामा माओवादी अग्रता

दाङमा मतगणना शुरु भएको छ। दाङका तीन गाउँपालिका भएको मतगणनामा नेकपा (माओवादी केन्द्र) ले अग्रता लिएको छ। राप्ती गाउँपालिकामा माओवादी केन्द्रले सुरुवाती अग्रता लिएको छ। माओवादी केन्द्रले ८९, काँग्रेस ७५ र एमालेले २६ मत ल्याएको छ।

बर्दियामा मतगणना सुरु भएका सबै तहमा माओवादी अगाडि

बर्दियामा तीन नगरपालिका र एक गाउँपालिकामा मतगणना सुरु भएको छ। चारवटै तहको प्रारम्भिक गणनामा नेकपा माओवादी केन्द्रको अग्रता देखिएको छ।

टीकापुरमा मतगणना शुरु, फोरम लोकतान्त्रिकले लियो अग्रता

कैलालीको टीकापुर नगरपालिकामा मतगणना शुरु भएको छ। यहाँ अहिलेसम्म करिब पाँच सय मत गणना सम्पन्न भएको छ। अहिलेसम्मको मत परिणाम अनुसार बिजय गच्छदार नेतृत्वको नेपाल लोकतान्त्रिक फोरमले अग्रता सुरुवाग गरेको छ।

दाङ र अर्घाखाँचीमा एमालेद्वारा माओवादी कार्यकर्तामाथि आक्रमण

अर्घाखाँची र दाङमा नेकपा एमाले तथा नेकपा माओवादी केन्द्रका कार्यकर्ताबीच झडप भएको छ। चुनावी विषयलाई लिएर दुई पक्षबीच विवाद भएको बताइएको छ। दुबै ठाउँमा गरी एमाले कार्यकर्ताको आक्रमणबाट माओवादीका दुईजना घाइते भएका छन्।

बर्दिया र रोल्पामा मत गणना सुरु

बर्दिया र रोल्पा जिल्लामा मतगणना सुरु भएको छ। रोल्पाका माडी, त्रिवेणी, रुन्चीगढी गाउँपालिकामा गएरातिदेखि नै मत गणना सुरु भएको हो। त्यसैगरी, बर्दियामा पनि रातिदेखि नै मतगणना सुरु भएको छ। मधुवन, बाँसगढी, गेरुवा र ठाकुरबाबामा मत गणना सुरु भई माओवादी...

विराटनगर र इलामको मत गणना सिसी क्यामेराको निगरानीमा

विराटनगर र इलाममा मतगणना सिसी क्यामेराको निगरानीमा गरिने भएको छ। भरतपुरमा मतपत्र च्यातिएपछि सिर्जित घटनाक्रमबाट पाठ सिकेर आफूहरुले सुरक्षित निगरानी बढाउन खोजेको निर्वाचन अधिकृतहरुले जनाएका छन्। यसको लागि स्थानीय राजनीतिक दल पनि सहमत भएका छन्।

निर्वाचन सम्पन्न गर्न सहयोग पुर्‍याउनलार्इ प्रधानमन्त्रीको आभार

प्रधानमन्त्री शेरबहादुर देउवाले दोस्रो चरणअन्तर्गत आज भएको स्थानीय तहको निर्वाचनलाई शान्तिपूर्ण, विवेकपूर्ण र उत्साहजनक रुपमा सम्पन्न गर्न सहयोग पुर्‍याउने सबैमा धन्यवाद व्यक्त गरेका छन्।

कामु प्रधानसेनापतिको जिम्मेवारी महतलाई

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली सेनाका बलाधिकृत रथी बलदेवराज महतलाई कामु प्रधानसेनापति तोकेका छन्। प्रधानसेनापति राजेन्द्र क्षत्री संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा हुन लागेको ‘चिफ अफ डिफेन्स’ र त्यसपछि बेलायतको सेनाध्यक्षको औपचारिक...

यस्तो रहेछ नवलपरासीको सरावलमा जम्मा २ मत खस्नुको कारण

नवलपरासीको सरावल ६ स्थित जनता माविको मतदान केन्द्रमा कर्मचारीहरु दिनभर मतदाता कुरेर बसे पनि अन्य ठाउँको मतदान केन्द्रमा जस्तो त्यहाँ कुनै चहल पहल र भिडभाड थिएन।

काँग्रेस प्रतिनिधिमाथि खुकुरी प्रहार भएपछि एमाले नेत्री झाँक्री प्रहरी सुरक्षामा

गुल्मीको मालिका गाउँपालिकास्थित म्यालपोखरी मतदान केन्द्रमा नेपाली काँग्रेसका प्रतिनिधि हरेराम खत्रीसहित दुई जनामाथि खुकुरी प्रहार भएपछि प्रहरीले एमाले नेतृ रामकुमारी झाँक्रीलाई नियन्त्रणमा लिएको छ।

सुदूरपश्चिममा मतदाताको उत्साहजनक सहभागिता, ६० प्रतिशत मतदान

स्थानीय तह दोस्रो चरणको निर्वाचनमा सुदूरपश्चिममा मतदाताको उत्साहजनक सहभागिता रहेको पाइएको छ। बुधबार सम्पन्न निर्वाचनमा यहाँका नौवटै जिल्लामा ६० प्रतिशतभन्दा बढी मत खसेको प्रारम्भिक तथ्याङ्क जिल्ला निर्वाचन कार्यालयहरुले सार्वजनिक गरेका छन्।

मत दिइयो, अब को जितेर आउला?

दोस्रो चरणको स्थानीय तह निर्वाचनमा विराटनगर महानगरका मतदाताले उत्साहजनक सहभागिता जनाए। बिहान ७ बजेदेखि मत हाल्न नजिकका मतदान केन्द्रमा लाइन लाग्न पुगेका उनीहरूले तराईको रिँगटा छुटाउने गर्मीको पर्वाह नगरी घन्टौंसम्म लाइनमा बसे। र, मतदान गरे।

सीमा फेरबदल र मत च्यात्ने कार्यले लोकतन्त्रकै उपहासः ओली

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले स्थानीय चुनाव भइरहँदा सीमा परिवर्तन गर्न खोज्नु लोकतन्त्रको उपहास भएको बताएका छन्।

पाँच जिल्लामा धाँधली भएको भन्दै एमालेद्वारा पुनःमतदानको माग

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले बुधबार सम्पन्न दोस्रो तहको स्थानीय निर्वाचनमा सत्तारुढ पार्टीहरुद्वारा सत्ताको दुरुपयोग गरेको भन्दै गम्भीर आपत्ति जनाएको छ। बुधबार साँझ एमाले सचिव तथा प्रवक्ता योगेश भट्टराईद्वारा जारी विज्ञप्तिमा त्यस्ता घटनाको...

नगरप्रमुखका तीन उम्मेदवारको एउटै मतादान केन्द्र

दोस्रो चरणअन्तर्गत आज भएको स्थानीय तहको निर्वाचनमा तीनजना नगरप्रमुखका उम्मेदवारले एउटै केन्द्रबाट मतदान गरे।

मतदाता भन्छन्ः मतदान मात्र होइन महादान गर्‍यौँ

रुपन्देहीको सैनामैना नगरपालिकामा रहेको सैनामैना मावि केन्द्रबाट मतदान गरेर बाहिरिएपछि स्थानीय नेत्रप्रसाद पन्थी आफ्नो समूहसँग चुनावी गफ गर्दै थिए। ‘कन्यादान (विवाह) परिवारको ठूलो समारोह हो। मतदान समाज र मुलुककै ठूलो उत्सव हो। यी दुवै महत्वपूर्ण...

दोस्रो चरण झन् उत्साहजनक र शान्तिपूर्ण

स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा पहिलो चरणको भन्दा उत्साहजनक र शान्तिपूर्ण तरिकाले मतदान सम्पन्न भएको छ। प्रदेश नम्बर १,५ र ७ का ३३४ स्थानीय तहमा ७३ प्रतिशतभन्दा बढी सहभागिताका साथ मतदान सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ।

विचार

सुखद शुक्रबार

ब्लग

प्रविधि

रोचक

NepalKhabar Tweets

विशेष

  • दर्जन देशबाट चामल आयात, वर्षेनि सकिन्छ २३ अर्ब

    वर्षेनि दर्जन देशबाट चामल आयात गरी २३ अर्ब सिध्याइने नेपालमा तीन वर्षभित्र आत्मनिर्भर हुने सरकारी योजना अघि सारिएको छ। नेपालमा खासै उत्पादन नहुने...

  • नेपालखबर हङकङका सम्पादक जेवी पुन मगर

    हङकङ सम्पादक पुनमाथि आक्रमण प्रयास, ज्यान लिने धम्की

    हङकङमा बसोबास गर्ने स्याङजाका कोमल गुरुङले नेपालखबर हङकङ संस्करणका सम्पादक जेवी पुन मगरमाथि हङकङ अन्तर्राष्ट्रिय विमानस्थलमा बुधबार आक्रमण प्रयास...

  • कुन दल होला पहिलो? यस्तो छ कांग्रेस, एमाले र माओवादी लेखाजोखा

    दोश्रो चरणको निर्वाचनमा पनि तीन प्रमुख राजनीतिक दलहरु नेपाली कांग्रेस, एमाले र माओवादी केन्द्रका उम्मेदवारबीच नै प्रतिष्पर्धा हुने निश्चित छ।...

  • भारतले ‘गल्ती नसच्याएसम्म’ चीनले नाथुला नाका नखोल्ने

    ‘भारतीय तीर्थयात्री नाथुला नाका हुँदै समयमै तिब्बत पुग्न नसक्नुको जिम्मा भारतले लिनुपर्छ’, प्रवक्ता लुले बेइजिङमा भने, ‘कहिले खुल्छ भन्ने कुरा...