एमाले सांसद् पिके राईको व्यवहारले स्थानीय रुष्ट



स्थानीय तह पुनःसरंचना आयोगले सरकार समक्ष बुझाएको प्रतिवेदनको विरोध गरेको भन्दै एमाले सांसद् पाँचकर्ण राई(पिके राई)सँग स्थानीयवासी रुष्ट बनेका छन्। खोटाङ जिल्लाको हकमा आयोग प्रतिवेदनले गरेको सिफारिस सही भएकोले त्यसको विरोध नगर्न सांसद् राईलाई स्थानीयहरुले चेतावनीसमेत दिएका छन्।

स्थानीय जनताको मर्म र भावना विपरित तानाशाही शैलीमा प्रभुत्व जमाउने उद्देश्यले आयोगको सिफारिसको विरोध गरिरहेको स्थानीयहरुको आरोप छ। उत्तेजित कार्य गरी आयोगमा तर्साउने र खोटाङको सभ्यताको रुपमा रहे्को रावाखोला सभ्यताको भूगोल र आदिमकालदेखि सभ्य रुपमा बस्दै आएका एक दर्जनभन्दा बढी जातजातिको भावना विपरित भूगोललाई चिरा पारी आफ्नो राजनीतिक अभिष्ट पुरा गर्ने स्वार्थमा सांसद राई लागेकाले आफूहरु उनको विरोधमा उभिन बाध्य भएको खार्पाका एक स्थानीयले बताए।
आयोगले स्थानीय प्राविधिक समितिको सिफारिस विपरित लामिडाँडा गाउँपालिकालाई नमानेर बुइपासहित मौरे गाउँपालिका बनाउनुपर्ने भन्दै सांसद् राईले दबाब दिइरहेका छन्। उक्त गाउँपालिका बनाउँदा रावा वेसीका आठ वटा गाविसलाई अपायक पर्ने हुन्छ। तर सांसद पिके राईले बुइपामा रहेको वर्चस्व कायम राख्न बुइपासहित मौरे गाउँपालिका बनाउनुपर्ने पक्षमा छन्। स्थानीयवासीले भने कसैको दवावमा अहिलेको निर्णय नउल्टान आयोगलाई समेत चेतावनी दिइसकेका छन्। सो क्षेत्रमा राईको बाहुल्यता भएका कारण सांसद राईले जातीय द्वेष फैलाउने प्रयासमा लागेको स्थानीयको आरोप छ।
‘सरकारले गलत काम गर्दा त खबरदारी राख्ने यस भेगका जनतालाई कम आँक्ने सांसद त के जो कोहीलाई पनि कसरी ठिक लगाउनु पर्छ यस भेगका जनतालाई राम्रै राजनीतिक ज्ञान छ’, रावावेसी गाउँपालिका बनाउने अभियानका संयोजक फटिक श्रेष्ठले खार्पा गाउपरिषद्को कार्यक्रमलाई संवोधन गर्दै भने, ‘हामी हरेक गाउँपरिषदवाट आयोगले गरेको निर्णयलाई अनुमोदन गर्ने छौँ। हामी विधि अनुरुप अगाडि बढेका छौँ।’
परिषदले सांसद् पिके राईलाई सभ्य र मर्यादित रुपमा जनताको मताधिकार प्रयोग गर्न सबै क्षेत्रबाट सुझाव दिने निर्णय गरेको छ। आयोगको निर्णयलाई जाँड खाएर गरेको निर्णय भन्ने सांसदले अमर्यादित शब्द प्रयोग गर्दा उल्टै उनले नै मदिरा सेवन त गरेका थिएनन् भन्ने प्रश्न उठेको छ। यसले आयोगप्रति लगाएको आरोपबाट आयोगको मानहानी हुने काम भएको छ।

प्रकाशित २८ पुस २०७३, बिहिबार | 2017-01-12 15:27:37

प्रतिकृया दिनुहोस

विचार

सुखद शुक्रबार

ब्लग

प्रविधि

रोचक

NepalKhabar Tweets

विशेष

  • चर्चामा मोदीको ‘अंकमाल कुटनीति’

    भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दिने गरेको भाषणको जति चर्चा हुन्छ, त्यति नै चर्चा हुने गर्छ उनले गर्ने अंकमालको। विश्वका नेताहरुसँग मोदीले...

  • एउटा नेताको इखले जन्माएको चिनियाँ हाइस्पीड रेलको किस्सा

    रेलको सबैभन्दा विलासी डिब्बाको सिट भाडा १७४८ पर्छ जुन विमानको भन्दा करीब ५०० आरएमबीले बढी हो। साडे ५ सय आरएमबीमा सोही स्पीड रेलको साधारण टिकट किन्न...

  • पूर्वसभासद फुदुङ कुटपिटः यस्तो रहेछ खास कारण

    सुनसरीको इटहरी उपमहानगरपालिकाको ४ नम्बर वडामा पूर्वजर्नेल तथा माओवादी केन्द्रका पूर्वसांसद् कुमार फुदुङ कुटिएका छन्। आफ्नै रिसोर्टमा महिला मृत...

  • प्रदेश नम्बर ५ को राजधानी दाङ कि बुटवल? मतदाता झुक्याए नेताले

    एमाले नेता विष्णु पौडेलले त पटक पटक ‘एमालेले बुटवललाई राजधानी बनाउने निर्णय गरिसक्यो, ढुक्क हुनुहोस्’ भनिरहेका छन्। तर सोही पार्टीका अर्का नेता...