ऊर्जा मन्त्री शर्मा भन्छन्ः एमालेसँग निर्वाचनमा जाने सहमति भएको छ



ऊर्जामन्त्री जनार्दन शर्माले संविधान संशोधनका लागि मतदान प्रक्रियामा जाने र निर्वाचनको मिति तोक्न नेकपा एमालेसँग सहमति भएको बताएका छन्। प्रेस सेन्टर नेपालले आज यहाँ गरेको पत्रकार सम्मेलनमा उनले गणतन्त्र, सङ्घीयता र प्राप्त उपलब्धिलाई संस्थागत गर्न प्रमुख दलहरु एक हुनुपर्ने विचार व्यक्त गरे।

मन्त्री शर्माले रोल्पा र रुकुमका जनताको मागअनुसार नै ५ नं प्रदेशबाट पहाडी जिल्ला अलग्याएको बताउँदै अर्घाखाँचीका जनतालाई पोखरा जान टाढा भएमा सुरुङ मार्ग निर्माण गरिदिने पनि आश्वासन दिए। 

उनले देशभिर नै विद्युतभार कटौती अन्त्य गर्र्ने गरी ऊर्जा मन्त्रालय लागिपरेको बताउँदै अहिले काठमाडौँसहितका सहरमा विद्युत्भार कटौती मुक्त भएको उल्लेख गरे। 

उनले अर्घाखाँची जिल्लाको सिमानामा रहेको नौमुरे परियोजना छिट्टै सञ्चालन हुने गरी काम भइरहेको, पश्चिमको सेती, नरसिङघाट, सल्यानमा भएको शारदा, उत्तरगङ्गा, अरुण तमोर, बूढीगण्डकीलगायतका परियोजनालाई अगाडि बढाउने गरी काम भइरहेको बताए।

प्रकाशित २८ पुस २०७३, बिहिबार | 2017-01-12 14:39:49

प्रतिकृया दिनुहोस

 

 

विचार

सुखद शुक्रबार

ब्लग

प्रविधि

रोचक

NepalKhabar Tweets

विशेष

  • बारपाकमा उद्यान बन्न लागेको बस्ती

    बारपाकको दलित बस्तीमा भूकम्प स्मृति उद्यान

    ‘गोरखा भूकम्प’को केन्द्र गोरखाको बारपाक वडा नं. ५ स्थित बस्तीलाई भूकम्प स्मृति उद्यानमा रुपान्तरण गर्ने तयारी अघि बढेको छ। ४० घरधुरी झुरुप्प परेको...

  • उद्योग दर्तामा एकद्वार नीति अपनाउँदै सरकार

    नयाँ उद्योग खोल्न उद्योग विभाग, कम्पनी रजिष्ट्रारको कार्यालयलगायतका ठाउँमा उद्योगी आफै डकुमेन्ट लिएर पुग्नुपर्ने बाध्यतालाई हटाउँदै एकद्वार नीति...

  • ओस्कार राजनीतिः सिनेकर्मीको निशानामा ट्रम्प

    ओस्कार धेरै पटक राजनीतिक कारणले विवादित बन्ने गरेको इतिहास छ। कहिले जातीय भेदभाव त कहिले लैंगिक विभेदको आरोप ओस्कारले खेप्दै आएको छ। ओस्कारको...

  • सुवास नेम्वाङ

    ‘संशोधन विधेयक न पास हुन्छ, न फेल’

    मधेशलाई पहाडबाट छुट्याउनेबित्तिकै स्रोतका आधारमा कमजोर प्रदेश बन्न जान्छ। त्यसैले यो मधेश र मधेशी जनताको हित विपरीत छ भन्ने हाम्रो अडान हो। एमाले...