पहाडलाई तराईबाट अलग्याए देश कमजोरः नेता पोखरेल



नेकपा (एमाले) स्थायी समिति सदस्य शङ्कर पोखरेलले पाँच नम्बर प्रदेशका पहाडी जिल्लालाई तराईबाट अलग गरे देश कमजोर हुने बताएका छन्। पाँच नम्बर प्रदेश विभाजनविरुद्ध संयुक्त सङ्घर्ष समितिको आयोजनामा बुधबार तानसेनमा आयोजित विरोधसभामा उनले भने, ‘सरकारले पाँच नम्बर प्रदेशका पहाडी जिल्लालाई चार नम्बर प्रदेशमा गाभ्ने प्रस्ताव नै षड्यन्त्रपूर्वक ल्याएको छ।’

नेता पोखरेलले अहिलेको अवस्थामा पहाड र तराईलाई छुट्याएर अलगअलग राज्य बनाउन कुनै हालतमा पनि दिन नहुने बताए।

राष्ट्रिय जनमोर्चा नेपालका उपाध्यक्ष दुर्गा पौडेलले नेपाली जनताले छ दशकभन्दा बढी समय लडेर ल्याएको गणतन्त्र सङ्घीयताकै कारण धरापमा पर्न दिन नहुने धारणा व्यक्त गरे।

नेकपा मालेकी सांसद कमला विकले तराई र पहाडलाई अलग गर्नु उपयुक्त नभएको बताउँदै पाँच नम्बर प्रदेश विभाजनवरुद्ध संसदमा निरन्तर कुरा उठाउने जानकारी दिइन्। रासस

प्रकाशित २८ पुस २०७३, बिहिबार | 2017-01-12 09:30:50

प्रतिकृया दिनुहोस

 

 

विचार

सुखद शुक्रबार

ब्लग

प्रविधि

रोचक

NepalKhabar Tweets

विशेष

  • पाइलट अभावका कारण चिनियाँ जहाज थन्किदै

    सरकारले केही हप्ता अघि ल्याएको चिनियाँ जहाज (वाइ १२ र एमए ६०) पाइलट अभावका कारण नउडने भएको छ। चिनियाँ जहाज उडान पाइलट अभाव भएपछि निगमले मार्च १...

  • सैनिक दिवसमा यस्तो देखियो टुँडिखेल

    सैनिक दिवसको विशेष अवसर पारेर शुक्रबार काठमाडौँको टुडिखेलस्थित सैनिक मञ्चमा नेपाली सेनाले विशेष प्रदर्शनी गरेको छ। समारोहमा राष्ट्रपति विद्यादेवी...

  • होमस्टे वर्गीकरणसहित करको दायरामा

    सरकारले नेपालमा सञ्चालित ‘होमस्टे’लाई वर्गीकरण गर्दै करको दायरामा ल्याउने भएको छ। नेपालमा सञ्चालित केही होमस्टले मासिक राम्रो आम्दानी गर्न...

  • शिवरात्रीको पशुपति

    शिवरात्रीको अवसरमा पवित्र पाशुपत क्षेत्रमा भक्तजन र बाबाहरुको घुँइचो बढेको छ। तिर्थस्थल दर्शन गर्न टाढा टाढाबाट तिर्थालुहरु आएका छन्। शिवरात्रीमा...