पृथ्वी जयन्तीमा पूर्वजर्नेल बस्न्यातले मञ्चबाटै हाने सहभागीलाई जुत्ता

‘सेनाको मान्छे हुँ, बन्दुकले उडाइदिन सक्छु’



फाइल तस्बिर
फाइल तस्बिर

पृथ्वीनारायण शाहको २९५औं जन्म जयन्ती मनाउने क्रममा राजधानीमा जुत्ता प्रहार भएको छ। बुधबार नेपाल प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा वक्ताका रुपमा रहेका नेपाली सेनाका पूर्व जर्नेल प्रेमसिंह बस्न्यातले कार्यक्रममा सहभागीलाई जुत्ता प्रहार गरेका हुन्।

कार्यक्रममा वक्ताहरुले पृथ्वीनारायण शाहको बारेमा चर्चा गरिसकेपछि सहभागीहरुलाई २० मिनेट अन्तरक्रियाका लागि समय छुट्याइएको थियो। सो क्रममा सहभागी रवि गुरागाईंले पृथ्वीनारायण शाहको गुनगानमात्रै गाउने काम भएको र प्राज्ञिक विमर्श नभएको भनि प्रश्न उठाएपछि अतिथि दीर्घामा बसेका पूर्वजर्नेल बस्न्यात मञ्चबाटै उनीमाथि जाइलागेका थिए। सहभागी गुरागाईंले भने, ‘पृथ्वीनारायण शाहमाथि प्रश्न उठाउने तँ को होस्?’ भन्दै ममाथि जुत्ता प्रहार भएको हो।' गुरागाईंप्रति लक्षित गर्दै उनले आफूले लगाएका दुईवटै जुत्ता खोलेर प्रहार गरेका थिए। सहभागीले गुरागाईंलाई छेकेपछि जुत्ता लाग्नबाट उनी जोगिए।

बस्न्यासले ‘सेनाको मान्छे हुँ, बन्दुकले उडाइदिन सक्छु’ भन्दै गुरागाईंलाई धम्की समेत दिएका थिए। सो घटनापछि कार्यक्रम केही समयका लागि बिथोलिएको थियो। नेपाल प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको ‘पृथ्वीनारायण शाहको जन्म जयन्ती तथा राष्ट्रिय एकता दिवसको सन्दर्भमा आयोजित विशेष प्रवचन कार्यक्रम’ नामक कार्यक्रममा पूर्वप्रधानमन्त्री तथा एमाले नेता माधवकुमार नेपाल प्रमुख अतिथिका रुपमा उपस्थित थिए। उनी मन्तव्य राखेर कार्यक्रम हलबाट बाहिरिएपछि सो घटना भएको हो।

सहभागी गुरागाईंले आफूले पृथ्वीनारायण शाहको अधिमूल्याङ्कन गरी भजन गाउने प्रचलनको विरोध गर्न खोजेको बताए। उनले नेपालखबरसँग भने, ‘प्रज्ञा प्रतिष्ठान जस्तो ठाउँमा कुनै व्यक्तिको भजनमात्रै गाइनु हुन्न भन्ने मेरो मत थियो। तर त्यो कुरा मलाई भन्न दिइएन। भौतिक आक्रमणमै उत्रिएर रोक्ने काम भयो।’

उनले पृथ्वीनारायण शाहले भनेको चार वर्ण छत्तिस जात भन्ने जस्ता कुराहरुको विमर्शका रुपमा आफूले उठाउन चाहेको बताए। प्रज्ञा प्रतिष्ठान परम्परागत शैलीमा हिँडेकोप्रति असन्तुष्टि व्यक्त गर्दै गुरागाईंले अरुको कुरा सुन्न नचाहाने असहिष्णु व्यवहार आफूले भोगेको बताए।

प्रज्ञा प्रतिष्ठानका एक प्राज्ञले त्यस्तो घटना हुनु दुखद भएको बताए। उनले प्राज्ञिक थलोमा त्यस्ता घटना हुनु निन्दनीय भएको बताए।

कार्यक्रमका अन्य वक्ताहरुमा बस्न्याससहित साहित्यकार मोदनाथ प्रश्रित, शम्भु सिंखडा, वक्ताका रुपमा उपस्थित थिए। कार्यक्रममा मन्तव्य राख्दै प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले पृथ्वीनारायण शाहले गरेको योगदानको चर्चा गरेका थिए।

प्रकाशित २७ पुस २०७३, बुधबार | 2017-01-11 20:14:59

प्रतिकृया दिनुहोस

 

 

विचार

सुखद शुक्रबार

ब्लग

प्रविधि

रोचक

NepalKhabar Tweets

विशेष

  • पाइलट अभावका कारण चिनियाँ जहाज थन्किदै

    सरकारले केही हप्ता अघि ल्याएको चिनियाँ जहाज (वाइ १२ र एमए ६०) पाइलट अभावका कारण नउडने भएको छ। चिनियाँ जहाज उडान पाइलट अभाव भएपछि निगमले मार्च १...

  • सैनिक दिवसमा यस्तो देखियो टुँडिखेल

    सैनिक दिवसको विशेष अवसर पारेर शुक्रबार काठमाडौँको टुडिखेलस्थित सैनिक मञ्चमा नेपाली सेनाले विशेष प्रदर्शनी गरेको छ। समारोहमा राष्ट्रपति विद्यादेवी...

  • होमस्टे वर्गीकरणसहित करको दायरामा

    सरकारले नेपालमा सञ्चालित ‘होमस्टे’लाई वर्गीकरण गर्दै करको दायरामा ल्याउने भएको छ। नेपालमा सञ्चालित केही होमस्टले मासिक राम्रो आम्दानी गर्न...

  • शिवरात्रीको पशुपति

    शिवरात्रीको अवसरमा पवित्र पाशुपत क्षेत्रमा भक्तजन र बाबाहरुको घुँइचो बढेको छ। तिर्थस्थल दर्शन गर्न टाढा टाढाबाट तिर्थालुहरु आएका छन्। शिवरात्रीमा...