शीर्ष नेताहरुसँगको तस्बिर ट्वीट गर्दै थापाले लेखे– राष्ट्रनिर्मातालाई कुनै संस्थासँग नजोडौं

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले प्रधानमन्त्रीसहित शीर्ष नेताहरुसँगको तस्बिर ट्वीट गर्दै पृथ्वीनारायण शाहलाई कुनै संस्थासँग गाँसेर हेर्न नहुने बताएका छन्। पृथ्वीनारायण नेपालीका साझा आस्थाका धरोहर रहेको थापाले लेखेका छन्।

उनले ट्वीट गरेका छन्, ‘राष्ट्रनिर्माता श्री ५ पृथ्वीनारायणको योगदानलाई राजनैतिक व्यवस्था र संस्थासंग गांसेर हेर्नु हुंदैन।उनी सबै नेपालीका साझा आस्थाका धरोहर हुन्।'

राप्रपाले पृथ्वी जयन्तीका अवसरमा आयोजित कार्यक्रममा पूर्वप्रधानमन्त्रीहरु।

 

प्रकाशित 2017-01-11 19:12:09