सहमति हुन्छ भने एमाले पछि हट्न तयारः योगेश भट्टराई

योगेश भट्टराई
योगेश भट्टराई
नेकपा एमालेका सचिव योगेश भट्टराईले मुलुक अप्ठ्यारो परिस्थितिमा पुगेकाले प्रमुख तीन दल मिल्नुको विकल्प नरहेको बताएका छन्। दाङ पुगेका भट्टराईले १६बुँदे सहमति गर्न एक ठाउँ जुटेका दलहरु फेरि मिल्नुपर्ने बताए।

उनले भने, 'सहमतिका लागि एमाले एक कदम पछि हट्न तयार छ।' भट्टराईले हिमाल, पहाड र तराई छुट्याउनेगरी संविधान संशोधन प्रस्ताव ल्याएर जनताको बलबाट प्राप्त उपलब्धी गुमाउनतिर सरकार लागेको बताए।

प्रकाशित 2017-01-11 17:28:39