राष्ट्रिय बिदाबारे सुझाव दिन गृह मन्त्रालयलाई एक महिनाको समय



मन्त्री परिषद बैठकः फाइल फोटो
मन्त्री परिषद बैठकः फाइल फोटो

नेपाल सरकार मन्त्रीपरिषदको बैठकले राष्ट्रिय बिदाबारे पुनरावलोकनका लागि सुझाव दिन गृह मन्त्रालयलाई निर्देशन दिएको छ। कुन दिवसमा राष्ट्रिय बिदा दिने, कुन दिवस र पर्वमा प्रादेशिक र स्थानीय स्तरमा बिदा दिने भन्नेबारे सुझाव पेश गर्न गृह मन्त्रालयलाई एक महिनाको समय दिइएको सूचना तथा सञ्चार मन्त्री एवं सरकारका प्रवक्ता सुरेन्द्र कार्कीले जानकारी दिए।

बुधबार सिंहदरबारमा सम्पन्न बैठकले राष्ट्रिय पूनर्निर्माण प्राधिकरण कार्यकारी अधिृकत सुशीलराज ज्ञवालीलाई अवकास दिने निर्णय गरेको छ।

बैठकले प्राधिकरणको कार्यकारी अधिकृतमा डा. गोविन्द पोखरेललाई नियुक्त गर्ने निर्णय गरेको छ।

बैठकले भूकम्पबाट क्षतिग्रस्त विद्यालय पूनर्निर्माणका लागि करारमा कर्मचारी नियुक्तिको अनुमति दिने निर्णय पनि गरेको छ। नियुक्त गरिएका कर्मचारीहरुको करार अवधि एक वर्षको हुने पनि प्रवक्ता कार्कीले जानकारी दिए।

प्रकाशित २७ पुस २०७३, बुधबार | 2017-01-11 13:10:14

प्रतिकृया दिनुहोस

विचार

सुखद शुक्रबार

ब्लग

प्रविधि

रोचक

NepalKhabar Tweets

विशेष

  • सिंहदरबार रेट्रोफिटिङ गर्न टेण्डर निकाल्ने तयारी

    भूकम्पले क्षतिग्रस्त बनाएको सिंहदरबार रेट्रोफिटिङ (सबलीकरण) गरिने भएसँगै पुनर्निर्माणले गति लिने भएको छ। सिंहदरबार पुनर्निर्माण सचिवालयले भवनलाई...

  • पश्चिम सेतीले जगाएको आशा

    पश्चिमसेती जलविद्युत आयोजना अघि बढाउन वैधानिक रुपमा बाटो खुलेको छ। नेपाल विद्युत प्राधिकरण सञ्चालक समितिले बुधबार स्वीकृति दिएपछि ७ सय ५० मेगावाटको...

  • लण्डनले स्वागत गर्‍यो पहिलो चिनियाँ रेललाई

    चीनबाट बेलायतका लागि छुटेको मालबाहक रेल बुधबार लण्डन पुगेको छ। १८ दिनको यात्रापछि ७ हजार ५ सय माइल दूरी पार गरेर सो रेल पूर्वी लण्डनको बार्किङमा...

  • मधेशमा पाँच लाखको शक्ति प्रदर्शन: एमाले

    मधेशमा पाइला टेक्नै नपाउने चेतावनी खेपिरहेको नेकपा एमालेले मेचीदेखि महाकालीसम्म पाँच लाखभन्दा बढी जनता सडकमा उतार्ने तयारी भइरहेको बताएको छ।...