पुनर्निर्माण प्राधिकरणमा पुनः डा. गोविन्द पोखरेल नियुक्त

डा. गोविन्द पोखरेल
डा. गोविन्द पोखरेल
सरकारले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृतमा पुनः डा. गोविन्द पोखरेललाई नियुक्त गरेको छ। उक्त पदबाट सुशील ज्ञवालीलाई बर्खास्त गरेर सरकारले डा. पोखरेललाई नियुक्त गरेको सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री राम कार्कीले जानकारी दिए।

बुधबार बसेको मन्त्रिपरिषद बैठकले राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष पोखरेललाई प्राधिकरण सिईओमा नियुक्त गरेको हो।

काम चित्तबुझ्दो नभएको भन्दै यसअघि सरकारले सुशील ज्ञवालीसँग दुईपटक स्पष्टीकरण सोधेको थियो। स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै सरकारले ज्ञवालीलाई पदबाट हटाएको हो।

ज्ञवाली केपी ओली नेतृत्वको सरकारको पालामा पुनर्निर्माण प्राधिकरणको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका थिए भने पोखरेल सुशील कोइराला प्रधानमन्त्री छँदा सिइओ नियुक्त भएका थिए।

प्रकाशित 2017-01-11 12:39:23