ट्रम्पका व्यापारी ज्वाँइ ह्वाइटहाउसको प्रमुख सल्लाहकारमा नियुक्त



अमेरिकी राष्ट्रपतिनिर्वाचित डोनल्ड ट्रम्पले आफ्ना ज्वाइँ ज्यारेड कुश्नरलाई ह्वाइट हाउसको एक प्रमुख सल्लाहकारमा नियुक्ति गर्ने घोषणा गरेका छन्। उनलाई घरेलु तथा विदेश नीति सल्लाहकारमा नियुक्ति गरिएको बताइएको छ।

उनको नियुक्तिमा सिनेटको अनुमोदन आवश्यक नपर्ने हुँदा बाहिर जति नै विरोध आएपनि ट्रम्पले आफ्ना ज्वाँइलाई सल्लाहकार बनाउन कुनै रोकतोक नहुने बताइएको छ। ट्रम्पले आगामी साता अमेरिकाको ४५ औँ राष्ट्रपतिको रुपमा शपथग्रहण गर्दैछन्। आफ्नो प्रशासनलाई परिवारभित्रैबाट चलाउन खोजेको आरोप लागेपनि उनले यसको प्रष्टीकरण भने दिएका छैनन्।

कुश्नर घरजग्गा करोबारी हुन्। व्यवसायिक पृष्ठभूमिका ट्रम्पको ज्वाँइसित निकै कुरा मिल्ने गरेको बताइएको छ। चुनावको बेला कुश्नरले आफ्ना ससुरालाई दिलोज्यानले सहयोग गरेका थिए। चुनावी रणनीति, खासगरी डिजिटल रणनीति बनाउन उनको भूमिका बढी थियो। ३५ वर्षीय कुश्नर ट्रम्पकी छोरी इभान्काको श्रीमान् हुन्।

अमेरिकी संघीय कानूनहरुले सरकारी कर्मचारीलाई नाफामुखी व्यवसायमा संलग्न हुन प्रतिबन्ध लगाएको छ। कुश्नरका वकिलले व्हाइट हाउसको नियुक्ति स्वीकार गर्दा उनले परिवारको घरजग्गा व्यवसाय प्रमुखको पदबाट राजीनामा दिने र व्यवसायबाट आफूलाई अलग गर्ने जनाएका छन्।

तर विश्लेषकहरु त्यसो गर्नु सजिलो नभएको बताउँछन्। ट्रम्प परिवारले घरजग्गा व्यवसायको साम्राज्य खडा गरेका छन्, जुन आफ्नो हातबाट सहजै छोड्ने अवस्था आउन सक्दैन। व्यवसायलाई चटक्कै छाड्न नसकिने हुँदा यो नियुक्ति प्रकरणमा ट्रम्प सपथग्रहणसँगै विवादमा मुछिने देखिएको छ। नातावादविरोधी अमेरिकी कानून र व्यवसायिक स्वार्थ पृष्ठभूमिका टकरावको कारण यो नियुक्ति विवादमा तानिने देखिन्छ।

यता, ट्रम्पको टोलीका सदस्यहरुले नातेदारलाई सरकारी जागिरमा नियुक्त गर्न नपाइने कानून व्हाइट हाउसका पदमा हुने नियुक्तिका हकमा लागू नहुने जिकिर गर्छन्।

प्रकाशित २७ पुस २०७३, बुधबार | 2017-01-11 10:00:55

प्रतिकृया दिनुहोस

 

 

विचार

सुखद शुक्रबार

ब्लग

प्रविधि

रोचक

NepalKhabar Tweets

विशेष

  • पुण्यमति खोलामाथि परम्परागत झोलुङ्गे पुल र आधुनिक पुल

    पनौती फोटो यात्रा

    प्रदर्शनीमा राखिएका फोटोहरुले पनौतीको भूगोल, परिवेश, प्राकृतिक सम्पदा, वास्तुकला, मठ मन्दिर, गल्ली र मान्छेका फोटा मार्फत पनौतीको दैनिकी, वातावरण र...

  • सरकारलाई निर्देशन: पुनर्निर्माणमा अपुग ५८८ अर्ब तत्काल जुटाऊ

    ९ हजारको ज्यान लिनेगरी शक्तिशाली भूकम्प गएको दुई वर्ष पुग्न लाग्दा समेत पीडितले राज्य भएको अनुभूति गर्न नसकेकाले तत्काल प्रभावकारी कदम चाल्न...

  • आशा जगाउने सरगम

    यो घरमा विभिन्न कारणले अभिभावक गुमाएका र पारिवारिक रुपमा बिचल्लीमा परेका बालिकाहरुलाई घरेलु वातावरणमा हुर्काइएको छ। पारिवारिक वातावरणसँगै सङ्गीतमा...

  • प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट्दै अमेरिकी सेनाका एसिया प्यासिफिक कमान्डर ह्यारी, साथमा नेपालका लागि अमेरिकी राजदूत तेप्लिज

    नेपालमा अमेरिकाको बढ्दो सामरिक चासो

    संयुक्त राज्य अमेरिकाको दैनिक चासो यतिखेर अरब र युरोपतिरै छ। दक्षिण एसिया उसको पहिलो प्राथमिकतामा छैन, त्यसमा पनि नेपाल झन् चासोबाहिर भएको मानिन्छ।...