कांग्रेसको पछि लागेर आएका हुन् कम्युनिस्टहरुः डा. महत



रामशरण महत
रामशरण महत

नेपाली कांग्रेसका नेता डा. रामशरण महतले कांग्रेसले अगुवाइ गरेको राजनीतिक पद्धतिमा कम्युनिस्ट आएकाले पार्टीका नेता तथा कार्यकर्ताले गौरव गर्नुपर्ने बताएका छन्।

धनगढीमा मंगलबार आयोजित कार्यकर्ता भेलामा महतले कांग्रेसले अगुवाइ गरेको बहुलवाद सिद्धान्तको पद्धति र आर्थिक नीति तथा कार्यक्रममा कम्युनिस्ट र दक्षिणपन्थी दल आएको दाबी गरेका हुन्।

पूर्वअर्थमन्त्रीसमेत रहेका महतले भने, '२०४८ देखि कांग्रेसले अघि सारेका आर्थिक सुधारका कार्यक्रमकै कारण लामो द्वन्द्व र पटकपटकको राजनीतिक अस्थिरताका बाबजुद देशको अर्थ व्यवस्था टिकेर बसेको छ।' राज्य नियन्त्रित आर्थिक पद्धतिले देशको आर्थिक विकास हुन नसक्ने महतको दाबी थियो। रासस

प्रकाशित २६ पुस २०७३, मंगलबार | 2017-01-10 21:28:23

प्रतिकृया दिनुहोस

विचार

सुखद शुक्रबार

ब्लग

प्रविधि

रोचक

NepalKhabar Tweets

विशेष

  • निर्वाचन आयोग

    मतदानको सम्पूर्ण तयारी भएको आयोगको जानकारी, सुरक्षा व्यवस्था अझै कडा

    १४ असारमा हुने स्थानीय तहको दोस्रो चरणको निर्वाचनका लागि निर्वाचन आयोगले सबै तयारी पुरा भएको जनाएको छ। स्थानीय तहको दोस्रो चरणको निर्वाचनले प्रदेश...

  • दोस्रो चरणः यी हुन् आकर्षणका आठ इकाई

    असार १४ मा हुने स्थानीय तहको दोस्रो चरणको निर्वाचनका ३ सय ३४ इकाई निर्वाचनमा सहभागी दल र उम्मेदवारका निम्ति त्यत्तिकै महत्वूर्ण छन्। तर,...

  • विराटनगरमा भीमको बाचाः भोटको बदलामा समृद्धि

    शुक्रबार एकाबिहानै विराटनगर महानगरपालिका–३ को राजवंशी चोकमा रहेको पिपलको रुखमुनि उभिएर भीम पराजुली करिब सयको संख्यामा उपस्थित स्थानीय मतदातालाई...

  • गोठाले मन्त्रदेखि तालमेल भत्काउने प्रयत्नसम्म

    ‘कांग्रेसको एक्लौटी नेतृत्व भएको ठाउँमा मेरो इन्चार्जसिपमा बुटवल नगरपालिका हामीले जित्यौ, अहिले त म आफैं छु’ उनले सुनाए ‘तालमेलले केही फरक पार्दैन,...