केन्द्रीकृत राज्य निर्माणमा पृथ्वीनारायणको योगदानः प्रधानमन्त्री

प्रधानमन्त्री दाहाल
प्रधानमन्त्री दाहाल
सिन्ह्वा
प्रधानमन्त्री पुष्पकमल दाहालले सामन्ती र केन्द्रीकृत राज्य बिस्तारमा पृथ्वीनारायण शाहको योगदान रहेको बताएका छन्। चितवनको भरतपुर आयोजित कार्यक्रममा उनले केन्द्रीकृत राज्य निर्माणमा उनको योगदान रहेको बताए।

भने, 'उनले बनाएको राज्य एकात्मक र सामन्ती राज्य नै हो। पृथ्वीनारायणले भुरेटाकुरे राज्यहरुलाई केन्द्रीकृत गरेर बलियो राज्य बनाए, उसको अधिमूल्यन र अवमूल्यन दुवै गलत हुन्छ।' पृथ्वीनारायण शाहले राज्य बिस्तार मात्रै गरे वा राष्ट्रिय एकताको पनि नेतृत्व गरे? यो नेपाली राजनीतिमा अहिले पनि बहसकै विषय रहेको उनले बताए।

यो बहसको निरुपणले मात्रै पृथ्वीनारायणबारे सही निष्कर्षमा पुग्न सकिने उनले बताए। उनले अब कार्यान्वयनको प्रक्रियातिर अघि बढिसकेको बताए। 

प्रकाशित 2017-01-10 19:15:52