'एमालेलाई सरकारमा ल्याएर भए पनि संशोधन'

नेता उपेन्द्र यादव भन्छन्, संसोधन भएन भने हामी चुनावमा भाग लिन्नौं



मधेशी मोर्चा
मधेशी मोर्चा

संघीय समाजवादी फोरमको अध्यक्ष उपेन्द्र यादवले संविधान संशोधनको प्रस्ताव परिमार्जनसहित पास हुनसके निर्वाचनमा भाग निलिने बताए।

‘सत्तारुढ गठबन्धन कांग्रेस र माओवादीसँग भएको तीन बुँदे सहमति अनुसार त सशोधनको प्रस्ताव संसदमा पेश भइसक्यो, मधेसी मोर्चाको अझै विमति छ र?’ भन्ने नेपालखबरको प्रश्नमा यादवले ‘समस्या समाधान हुने गरी संशोधन हुनुपर्ने’ जिकिर गरे।

‘संशोधनको प्रस्तावमा हाम्रा माग समेटिएका छैनन्। संसदमा पेश गरेर मात्र केही हुँदैन। परिमार्जनसहित संशोधन पास भएन भने हामी निर्वाचनमा भाग लिंदैनौं, उनले भने, ‘कसरी बढ्ने भन्ने बारेमा हामी संघीय गठबन्धनको बैठकमा छिट्टै छलफल गदैैै छौं।’
जनजाति र मधेसीले उठाएका माग पूरा नुहँदासम्म चुनावको कुरा गर्नु बेकारको कुरा भएको संघीय गठबन्धनको समेत संयोजक रहेका यादवले उल्लेख गरे।

राष्ट्रिय मधेस समाजवादी पार्टीका महासचिव केशव झाले पनि संविधान संशोधनको प्रस्ताव पेश गर्नुको अर्थ पास गराउने उदेश्य भएको जनाए। हामीले पेश गर्नुको अर्थ पास गर्ने भन्ने नै हो। २९ पुसमा संविधान संशोधनमा संसदमा छलफल हुँदैछ। 

‘हामीसँग गरेको सहमति अनुसार कांग्रेस–माओवादीले परिमार्जनका लागि संशोधन हाल्छन्। अनि संशोधनको कार्यतालिका र निर्वाचनको मिति एकैपटक घोषणा गर्ने सरकारको तयारी छ’ झाले भने, ‘तर हामीले एक हप्ता ढिलो निर्वाचनको मिति घोषणा हुँदा पनि केही फरक पर्दैन भनेका छौं।’

कांग्रेस–माओवादी गठबन्धनसँग भएको तीन बुँदे सहमतिको मर्म संविधान संशोधन पास गराउने भएको झाको भनाइ छ। ‘कांग्रेस सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ले राम्रो भूमिका खेल्ने बित्तिकै एमालेबाहेक पनि संशोधनको पक्षमा दुई तिहाई पुग्छ’, झा तर्क छ।

झा पनि संशोधन विधेयक फेल गराइएमा मधेसमा निर्वाचन नुहने दाबी गर्छन्।

मधेस विश्लेषक तथा पूर्वराजदूत विजयकान्त कर्ण पनि संविधान संशोधन हुन नसकेको अवस्थामा मधेसमा आन्दोलन हुने तर्क गर्छन्। भन्छन्–‘सत्तारुढ गठबन्धन र मधेसी मोर्चाले संशोधनको पक्षमा दुईतिहाई पुर्याउन प्रयत्न गर्नुको विकल्प छैन।  मोर्चाले सहमति जनाएपनि संशोधन विधेयक पास भएन भने मधेसमा आन्दोलन हुन्छ।' त्यो अवस्थामा मोर्चाले पनि निर्वाचनमा भाग लिन नसक्ने उनको अाकलन छ।

कर्णका अनुसार प्रमुख प्रतिपक्ष एमालेलाई सरकार सहभागी नगराउँदा अहिले समस्या देखिएको हो। एमालेलाई लामो समय सत्ताबाहिर राख्दा झन समस्या उत्पन्न हुने भएकोले कुनै न कुनै रुपमा एमालेलाई सरकारमा सभागी गराउने कर्णले सुझाए।

‘हिजो कांग्रेस सरकारमा नहुँदा पनि ९ माघ ०७२ मा पहिलो पटक संविधान संशोधन भएकै हो। प्रतिपक्षी एमालेको माग सरकारमा लैजाउ भन्ने मात्रै हो, कर्णले भने, देउवा र प्रचण्डजीले ओलीजीलाई कसरी डिल गर्छन, त्यसमा भर पर्छ संशोधनको कुरा।’ कर्णले एमालेको राष्ट्रवाद सरकार प्राप्तीको लागि मात्र भएको दाबी गरे। ‘हिजो कांग्रेसले दर्ता गराएको संशोधन ओली सरकारले पास गरेको थियो। त्यसैले त्यत्रो ठूलो समस्या होला जस्तो मलाई लाग्दैन, उनले भने।

सरकार गठन हुनुभन्दा अघि कांग्रेस–माओवादी गठबन्धन र मोर्चाका बीच साउन १९ गते तीन बुँदे सहमति भएको थियो।

सो सहमतिको पहिलो बुँदामा भनिएको छ–‘संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा÷संघीय गठबन्धनले नेपाल सरकार समक्ष प्रस्तुत गरेका मागहरु मध्ये संविधानसँग सम्बन्धित रहेका विषयहरुमा सहमतिका आधारमा सरकारले संविधान संशोधनको प्रस्ताव व्यवस्थापिका संसदमा प्रस्तुत गर्ने।’

सरकारले संविधान संशोधनको प्रस्ताव संसदमा पेश गरे पनि त्यो परिमाजर्नसहित पास हुनुपर्ने अडान मोर्चाको छ।

प्रकाशित २६ पुस २०७३, मंगलबार | 2017-01-10 16:29:55
author photo

चन्द्रलाल गिरी नेपालखबर विशेष संवाददाता हुन्

@chandralalgiri

चन्द्रलाल गिरीबाट थप


प्रतिकृया दिनुहोस

 

 

विचार

सुखद शुक्रबार

ब्लग

प्रविधि

रोचक

NepalKhabar Tweets

विशेष

  • साडी, स्वीटर र ब्लाउजमा बुट्टा भर्ने तथा कढाइ गर्ने सीप सिकिरहेका एकल जीवन बिताउँदै आएका रोल्पाका महिला

    सीप सिकेर जीवन बदल्ने प्रयास गर्दैछन् रोल्पाका यी एकल महिला

    उमेर नपुग्दै विवाह गर्ने चलन रोल्पामा अझै घटेको छैन। सानै उमेरमा विवाह गर्ने अनि उमेर छिपिँदै गएपछि पारिवारिक समस्या देखाएर सम्बन्ध विच्छेद...

  • परासर आश्रमतनहुँको सेती र मादी नदीको किनारमा अवस्थित परासर आश्रम

    पर्यटकीय स्थलमा बदलिँदै छ व्यास क्षेत्र

    पर्याप्त सम्भावना रहेर पनि प्रचारप्रसार एवम् पूर्वाधार विकासका दृष्टिले ओझेलमा परेको यस क्षेत्रलाई व्यास क्षेत्र विकास कोष तनहुँको सकृयतामा करिब २७...

  • चिनियाँ रक्षामन्त्री चाङ भ्रमणका पाँच सन्देश

    सुरक्षाविद् डा. दीपकप्रकाश भट्ट ‘साउथ चाइना सी’ बाहेक अन्य क्षेत्रमा त्यति चीन त्यति चिन्तित नरहेको बताउँछन्। ‘ट्रप्प र मोदीको क्यामेस्ट्रिी...

  • आहा, उहिलेको पोखरा

    पहिले पाटीरपौवा, धारा–कुवा चौतारी र कुलोकुलेसा धेरै थिए। धान रोप्दा होस् या धान भित्र्याउँदा रमाइलो हुन्थ्यो। चाड पर्व र मेलाको महत्व अलग थियो।...