नेपाल–चीन रेलवे सुरु भएपछि व्यापारमा ठूलो वृद्धि हुनेछः महावाणिज्यदूत कार्की



तिब्बत रेलवे
तिब्बत रेलवे

ल्हासास्थित नेपालका महावाणिज्यदूत गोबिन्दबहादुर कार्कीले चीनले अगाडि सारेको वान बेल्ट वान रोड अवधारणाबाट फाइदा लिन नेपालले धेरै तयारी गर्नु पर्ने बताएका छन्। तिब्बतको राजधानी ल्हासामा चिनियाँ जनराजनीतिक परामर्शदात्री सम्मेलन (सीपीपीसीसी) तिब्बत स्वायत्त प्रदेश क्षेत्रीय समितिको अघिल्लो साता भएको पाँचौ सम्मेलनमा आमन्त्रित कार्कीले भने, ‘चीनको वान बेल्ट वान रोड अवधारणा अनुसार नेपाल–चीन रेलवे सुरु भएपछि दुई देशबीचको व्यापारमा ठूलो वृद्धि हुने आशा छ।’

गतवर्ष मार्चमा ल्हासास्थित नेपाली महावाणिज्यदूतमा नियुक्त भएका कार्कीले पहिलो पटक सीपीपीसीसीको सम्मेलनमा भाग लिएका हुन्। उनले सम्मेलनमा आफूलाई निम्त्याइएकोमा आभार व्यक्त गर्दै भने, ‘जनप्रतिनिधिहरुबीच गत वर्षका काम कार्वाहीको समीक्षा गर्दै विचार विमर्श गरी आगामी वर्षको योजना बनाइने भएकाले सम्मेलन निकै अर्थपूर्ण छ।’

गत मार्चमा नेपाल र चीनबीच औपचारिक रुपमा द्विपक्षीय स्वतन्त्र व्यापार सम्झौताका लागि व्यवहारिक अध्ययन, आपसी आर्थिक तथा व्यापारिक सहयोग विकासको सुरुवात भएको बताउँदै महवाणिज्दूत कार्कीले भने, ‘यस वर्ष नेपाल र चीनबीच द्विपक्षीय स्वतन्त्र व्यापार सम्झौता वार्ता गरी सम्झौतालाई एउटा निस्कर्षमा पुर्याइनेछ जसबाट नेपालको अर्थव्यवस्थामा ठूलो सुधार आउने विश्वास गर्न सकिन्छ।’

चीन अहिले नेपालका लागि दोस्रो ठूलो पर्यटन स्रोत बनेको छ। गत वर्षको जनवरीदेखि नै नेपालमा चिनियाँ पर्यटकलाई निःशुल्क भिसा उपलब्ध गराइएको स्मरण गराउँदै कार्कीले भने, ‘चिनियाँ पर्यटकलाई प्रोत्साहन गर्न आगामी दिनमा पर्यटन प्रवर्द्धनको क्षेत्रमा थप कदम चालिने छ। यसबाट चीन र नेपालबीच पर्यटनका माध्यमबाट पनि आपसी समझदारी अझै विस्तार हुनेछ।’

गतवर्ष नेपालमा गएको विनाशकारी भूकम्पपछि चीनले गरेको सहयोगको प्रशंसा गर्दै कार्कीले पुनर्निर्माण र आर्थिक स्थितिमा सुधार ल्याउन चिनियाँ पर्यटक र आपसी व्यापारले ठूलो मद्दत पुग्ने बताए।

नेपाल र चीनको तिब्बतबीच समान सांस्कृतिक पृष्ठभूमि र आर्थिक निर्भरता रहेकाले सम्बन्ध अझै गहिरो हुने बताएका छन्। नेपाली राजकुमारी भृकुटी र ल्हासाको सम्बन्ध जोड्दै कार्कीले प्रत्येक वर्ष दुई देशबीच सांस्कृतिक आदानप्रदानका गतिविधि तथा अन्तरसरकारी र अन्तर गैरसरकारी तवरबाट पनि सांस्कृतिक अभिवृद्धिका गतिविधि भैरहेको बताए।

प्रकाशित २६ पुस २०७३, मंगलबार | 2017-01-10 15:34:00
author photo

लक्ष्मी लम्साल चिनियाँ अन्तर्राष्ट्रिय रेडियोको नेपाली सेवा, बेइजिङमा विदेशी विशेषज्ञका रूपमा कार्यरत छन्


प्रतिकृया दिनुहोस

विचार

सुखद शुक्रबार

ब्लग

प्रविधि

रोचक

NepalKhabar Tweets

विशेष

  • एउटा नेताको इखले जन्माएको चिनियाँ हाइस्पीड रेलको किस्सा

    रेलको सबैभन्दा विलासी डिब्बाको सिट भाडा १७४८ पर्छ जुन विमानको भन्दा करीब ५०० आरएमबीले बढी हो। साडे ५ सय आरएमबीमा सोही स्पीड रेलको साधारण टिकट किन्न...

  • पूर्वसभासद फुदुङ कुटपिटः यस्तो रहेछ खास कारण

    सुनसरीको इटहरी उपमहानगरपालिकाको ४ नम्बर वडामा पूर्वजर्नेल तथा माओवादी केन्द्रका पूर्वसांसद् कुमार फुदुङ कुटिएका छन्। आफ्नै रिसोर्टमा महिला मृत...

  • प्रदेश नम्बर ५ को राजधानी दाङ कि बुटवल? मतदाता झुक्याए नेताले

    एमाले नेता विष्णु पौडेलले त पटक पटक ‘एमालेले बुटवललाई राजधानी बनाउने निर्णय गरिसक्यो, ढुक्क हुनुहोस्’ भनिरहेका छन्। तर सोही पार्टीका अर्का नेता...

  •  गोरखाको प्रोकभ्यालीमा गरिएको गहुँ खेती। यहाँ बर्षदिनमा एक खेतीमात्रै उत्पादन हुन्छ।

    उत्तरी गोरखाका यी भोकमरी-स्थान जहाँ राज्यको लगानी शून्य छ

    उत्पादन भएको अन्नले दुई-तीन महिना मात्रै खान पुग्ने, थप उत्पादन बृद्धि गर्न खेतीयोग्य जमिन पनि नभएको र सदरमुकामलगायत क्षेत्रबाट खाद्यान्न ढुवानी...