पृथ्वी जयन्तीमा सार्वजनिक विदा दिन एमाले नेताको माग

नेकपा एमालेका पोलिटब्यूरो सदस्य एवं संसदको अर्थ समितिका सभापति प्रकाश ज्वालाले पृथ्वी जयन्तीको अवसरमा सार्वजनिक बिदा दिन सरकारसँग माग गरेका छन्। मंगलबार संसद बैठकको शून्य समयमा बोल्दै उनले राष्ट्रिय एकता दिवसको रुपमा पृथ्वी जयन्ती मनाउनुपर्ने तर्क गरे।

उनले राष्ट्र निर्मातालाई सम्झनु राज्यको कर्तव्य भएको जनाउदै ‘पृथ्वीनारायण शाहको नेतृत्वमा नेपाली आधुनिक एकीकरण भएको जनाउँदै भने। ‘पृथ्वीनारायण राजामात्रै थिएनन् उनी राज्य निर्माता हुन।’

२०६२–६३ सालको जनआन्दोलन पछि पृथ्वी जयन्तीको अवसरमा हरेक वर्ष पुस २७ गतेका दिन सरकारले सार्वजनिक बिदा दिने प्रचलन रोकेको हो।

प्रकाशित 2017-01-10 14:13:14