सञ्जय साहमाथि अहिलेसम्मकै ठूलो भ्रष्टाचार मुद्दा

अख्तियारद्वारा ३१ करोड ५० लाख बिगो दाबी



पूर्व राज्यमन्त्री एवम् निलम्वित सांसद सञ्जयकुमार साहलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ३१ करोठ ५० लाख बिगो माग दाबीसहित भ्रष्टाचार मुद्दा दायर गरेको छ। कुनै राजनीतिज्ञलाई लागेको आरोपमा यो अहिलेसम्मकै ठूलो भ्रष्टाचार हो।

गैरकानूनी सम्पत्ति आर्जन गरेको अभियोगमा अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेका साह धनुषा–४, बाट प्रत्यक्ष निर्वाचित सांसद हुन्। जनकपुर बम काण्डमा हिरासतमा रहेका उनीसहित अख्तियारले उनका बाबु साधु साह सुडी, आमा दुलारी देवी सुडी, भाई रामकुमार साहलाई पनि अख्तियारले प्रतिवादी बनाएको छ।

अख्तियारले गैरकानुनी रुपमा आर्जन सम्पत्ति जफतको समेत माग गरिएको छ।

को हुन् सञ्जय

सद्‌भावना पार्टीका नेता साह २०६४ को पहिलो संविधानसभामा सभासद थिए। त्यही सभासद कार्यकालमा उनी भौतिक योजना तथा निर्माण राज्यमन्त्री भए।

२०७० को दोस्रो संविधानसभा निर्वाचनमा पनि उनी धुनषा ४ बाट निर्वाचित भए। तर, जनकपुर बम काण्डमा उनी तानिए। हत्या अभियोगमा हिरासतमा छन्।

निलम्वित सांसद साहले यो अवधिमा आफू र आफ्नाहरु संलग्न कम्पनी, कारोबार र व्यक्तिको खातामा अस्वभाविक आम्दानी देखियो। यतिसम्मकी आर्जन गरेको भन्दा ३१,५०,२६,५५९.२७ (एकतीस करोड पचास लाख छब्बीस हजार पाँचसय उनान्साठी रुपैयाँ सत्ताईस पैसा) बढी देखियो। अख्तियारको अनुसन्धानमा यो आम्दानीको कुनै वैध स्रोत नखुलेको आरोपपत्रमा उल्लेख छ।

यसबाहेक जीवनस्तर र कारोबारका खर्चहरुमा समेत कुनै वैधता देखिएन। उनको व्यक्ति खर्च अस्वभाविक देखिएको अख्तियारले जनाएको छ। जनकपुरमा ०६९ को बम बिस्फोट काण्डमा उनी वैशाख २०७१ मा पक्राउ परेका थिए। यसपछि उनले अस्वभाविक रुपमा आर्जन गरेको सम्पत्तिबारे खोनबिन शुरु भएको थियो।

सामान्य किसान पृष्ठभूमीका साहले राजनीतिकै दौरानमा डेढ दशको अवधिमा अथाह सम्पत्ति जोडेका थिए। उनी ०६६ मा उद्यमी अरुण सिंघानिय हत्या काण्डका मुख्य योजनाकार समेत रहेको खुलेका थिए। 

प्रकाशित २५ पुस २०७३, सोमबार | 2017-01-09 21:46:06

प्रतिकृया दिनुहोस

विचार

सुखद शुक्रबार

ब्लग

प्रविधि

रोचक

NepalKhabar Tweets

विशेष

  • विराटनगर र वीरगन्ज अब महानगर, मधेसमा थपिए २२ स्थानीय तह

    मन्त्रिपरिषद् बैठकले स्थानीय तहको संख्या बढाउने निर्णय गरेको छ। स्थानीय तहको संख्या र सीमानामा हेरफेर गर्दै सरकारले तराईका २ उपमहानगरलाई महानगर र...

  • नयाँ मेयरलाई २० बर्ष पुरानो गाडी

    पोखरा आउने विशिष्ट पाहुना र नगरपालिकाका कार्यकारीले यो गाडी प्रयोग गर्थे। ‘निसान कम्पनीको जापानी प्याट्रो गाडी नयाँ मेयरका लागि व्यवस्था गरेका...

  • प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’

    माओवादी बैठकले प्रधानमन्त्रीलाई भन्योः राजीनामाबारे देउवासँग सल्लाह गर्नुस्

    सत्तारुढ दल नेकपा माओवादी केन्द्रले दोस्रो चरणको निर्वाचन र सरकार परिवर्तनबारे नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग कुराकानी गर्न पार्टी...