लेखा समितिको सभापति चयन बुधबार

व्यवस्थापिका–संसद् सार्वजनिक लेखा समितिको सभापतिको चयन यही पुस २७ गते गरिने भएको छ। समितिको सोमबारको बैठकले सभापति चयनको कार्यसूची सार्वजनिक गरेको हो।

तत्कालीन सभापति जनार्दन शर्मा ऊर्जामन्त्री भएपछि खाली रहेको सभापति पद चयनका लागि प्रक्रिया अगाडि बढाइएको समितिका ज्येष्ठ सदस्य सर्वेन्द्रनाथ शुक्लले जानकारी दिए। लेखा समितिमा सभापति नहुँदा महत्वपूर्ण विषयका छलफलसमेत रोकिँदै आएको छ। रासस 

प्रकाशित 2017-01-09 19:44:30