लोकमानलाई मोसो दल्ने विप्लवका कार्यकतालाई एक महिना जेल सजाय

लोकमानलाई कालोमोसो दल्ने शाही र बुढा
लोकमानलाई कालोमोसो दल्ने शाही र बुढा
निलम्बनमा परेका अख्तियार प्रमुख लोकमानसिंह कार्कीलाई अदालतमै कालो मोसो दल्ने विप्लव माओवादीका दुई जना कार्यकर्ताहरुलाई सर्वोच्च अदालतले एक महिना जेल सजाय सुनाएको छ।

अदालत पुगेका कार्कीलाई शाही र बुढाले यही पुस ८ गते कालो मोसो दलेका थिए र भ्रष्टाचारीलाई कारबाही गर भन्दै नारा लगाएका थिए। उनीहरुलाई सुरक्षाकर्मीहरुले तुरुन्तै नियन्त्रणमा लिएका थिए।

प्रकाशित 2017-01-09 19:22:13