भूमिगत रेल्वेको हड्तालका कारण लण्डन अस्तव्यस्त



लण्डनको भूमिगत रेलका कर्मचारीले आयोजना गरेको हड्तालका कारण सोमबार बिहान लण्डन अस्तव्यस्त बनेको छ। लाखौँ मानिसलाई काममा जान बाधा परेको छ जनाइएको छ। उनीहरुले स्टेसन बन्द गर्ने र रोजगारीमा कटौती गर्ने निर्णयका विरुद्ध हड्ताल गरेका हुन्।

‘ट्युब वर्कर’ भनिने भूमिगत रेल्वे सञ्जालका कामदारहरुको युनियनले व्यवस्थापनको तर्फबाट आइतबार साँझ गरिएको प्रस्ताव अस्वीकार गरेर हड्तालमा उत्रिएको हो।

हड्तालपछि लाखौँ मानिसहरुले कार, डुंगा, साइकल, बसजस्ता माध्यम प्रयोग गरी काममा गएको बताइएको छ। हड्तालका कारण बढीजसो भूमिगत रेल सेवा ठप्प भएको छ।

लण्डनका मेयर सादिक खानले ट्वीट गर्दै सो हड्ताल अनावश्यक भएको बताएका छन्।

लण्डनका भूमिगत रेलले दैनिक ४८ लाख यात्री ओसार्ने गर्दछ।

साउथर्न रेलका कर्मचारीहरुले मंगलबार र बुधबार र शुक्रबार पनि हड्ताल गर्ने जनाइएको छ।

तस्वीरहरु: रोयटर्स 

प्रकाशित २५ पुस २०७३, सोमबार | 2017-01-09 18:55:53

प्रतिकृया दिनुहोस

 

 

विचार

सुखद शुक्रबार

ब्लग

प्रविधि

रोचक

NepalKhabar Tweets

विशेष

  • चीनसँग विगतमा भएका सम्झौता लागू गर्न प्रधानमन्त्री दाहाललाई विज्ञको सुझाव

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पूर्व प्रधानमन्त्री तथा चीन विज्ञहरुले चीनले अघि सारेको वान बेल्ट वान रोड–ओबीओआरको समझदारी पत्रमा हस्ताक्षर...

  • खैरेनी बनले हर्यो पर्यटकको मन

    अठार हेक्टर क्षेत्रफलमा फैलिएको खैरेनी सामुदायिक वनमध्ये १२ हेक्टर क्षेत्रफललाई नदीले चारैतिरबाट टापु आकारमा घेरेको छ। नदीले घेरेको वनलाई सानो...

  • यसरी खडेरी र पानी संकटले गाँज्दैछ एसियाली भूमि

    हामी खडेरीग्रस्त ग्रहमा बसेका छौं। यहाँ किसानले सुख्खा जमिन जोत्छन् र नीति निर्माताले सुकेको नदीलाला र काकाकुल सहरको बारेमा चिन्ता व्यक्त गर्दछन्।...

  • कालिञ्चोकको आकाशमुनि हिउँको पछ्यौरा

    दोलखामा रहेको कालिञ्चोक प्रख्यात धार्मिक स्थल हो। काठमाडौँबाट चरिकोट पाँच घण्टाको बसयात्रामा पुगिन्छ, त्यहाँबाट जीपमा केही घण्टामा कुरी र कुरीबाट...