१३ सय तोला सुनले पहेँलपुर मन्त्रिमण्डल



मन्त्रिपरिषद् बैठकमा सहभागी मन्त्रीहरु।
मन्त्रिपरिषद् बैठकमा सहभागी मन्त्रीहरु।

बुधबार अपरान्ह प्रधानमन्त्री कार्यालयले मन्त्रिपरिषद सदस्यहरुको सम्पत्ति विवरण सार्वजनिक गरे। यो सार्वजनिकरणसँगै प्रधानमन्त्री पुष्पकमल दाहालको सम्पत्तिबारे धेरैले चर्चा गरे। ०६५ मा प्रधानमन्त्री भइसकेका दाहालले तीन तोला सुन र चितवनमा एक कठ्ठा जमिन मात्रै रहेको सम्पत्ति विवरण सार्वजनिक गरेपछि चर्चाको विषय बन्यो।

बैंक मौज्दात, सवारी, मोबाइल, टिभीजस्ता दैनिक जीवनमा अत्यावश्यक सम्पत्ति केही नभएका प्रधानमन्त्रीले तीन तोला सुन रहेको उल्लेख गरे। सम्पत्ति विवरणमा उनीसँगै गरिब देखिएका मन्त्रीहरुले पनि सुन भने प्रसस्त रहेको उल्लेख गरेका छन्।

वर्तमान ४१ सदस्य मन्त्रिपरिषदमा उपप्रधान एवम् अर्थमन्त्री कृष्णबहादुर महराबाहेक सबैसँग सुन छ। ऋण नै ऋणले पुरिएको सम्पत्ति विवरण सार्वजनिक गरेका खेलकुद मन्त्री दलजित श्रीपाइलीसँग समेत दुई तोला सुन उल्लेख छ।

अधिकांश मन्त्रीहरुको वयान पैत्रिक स्रोतबाट यी सुन आर्जित हुन्। ४१ मध्ये ३१ जनाको सम्पत्ति विवरण सार्वजनिक भएको छ। सार्वजनिक गरिएका विवरणमा उल्लेख भएअनुसार यी मन्त्रीहरुसँग जम्मा १३०५ तोला सुन मन्त्रीहरुसँग छ।

मन्त्रीहरुको सम्पत्ति विवरणमा सुन मात्रै उल्लेख छैन। गहना शिर्षकमा हिरा, मोती, मुगा, मणि, माणिक, निलम, चाँदीलगायतको मात्रा उल्लेख गरिएको छ। उद्योगमन्त्री नविन्द्रराज जोशीको गहना विवरण हेर्न निकै समय नै खर्चनुपर्छ।

उनीसँग सुन–१०० तोला, हिरा–२ सेट, हिराको औंठी–१६ वटा, हिराको टप–६ वटा, निलम र हिरा सेट–१, माणिक–२ सेट, मणि–२ सेट, मोती–दुई सेट, मुगाको माला–४ सेट, मोतीमा सुन जडेको–५ सेट, हिराको चुरा–१, माणिकको चुरा–२, मोतीको चुरा–१ र मंगलसूत्र–१ सेट छ।

मन्त्रीहरुले पेश गरेको गहनाको विवरणः

प्रधानमन्त्री पुष्पकमल दाहालः सुन–३ तोला।

विमलेन्द्र निधिः सुन–६० तोला, चाँदी–१५० तोला।

कृष्णबहादु मोहराः सुन–०, चाँदी–०।

अर्जुननरसिंह केसीः सुन–५० तोला, चाँदी–५२५ तोला।

रमेश लेखकः सुन–३० तोला, चाँदी–५० तोला।

जनार्दन शर्माः सुन–२ तोला, चाँदी–२० तोला।

प्रकाशशरण महतः सुन–३० तोला, चाँदी–१२०० तोला।

बालकृष्ण खाँणः सुन–४० तोला, चाँदी–६० तोला।

दीपक बोहराः सुन–१२० तोला, हिरा–तीन सेट, चाँदी–५०० तोला।

सुर्यमान गुरुङः सुन–७५ तोला, हिरा–२ सेट, चाँदी–२०० तोला।

गौरीशंकर चौधरीः सुन–५ तोला, चाँदी–१० तोला।

दलजित श्रीपाइलीः सुन–२ तोला, चाँदी–०।

विक्रम पाण्डेः सुनद–१०० तोला, चाँदी–दुई केजी।

जयदेव जोशीः सुन–२०० ग्राम, चाँदी–५०० ग्राम।

हितराज पाण्डेः सुन–साढे ५ तोला, चाँदी–०।

सुरेन्द्र कार्कीः सुन–१० तोला, चाँदी–०।

धनिराम पौडेलः सुन–५ तोला, चाँदी–५ तोला।

अजय शंकर नायकः सुन–१० तोला, चाँदी–४० तोला।

केशबकुमार बुढाथोकीः सुन–५० तोला, चाँदी–५०० तोला।

रोमी गौचन थकालीः सुन–७० तोला, मुगा–दुई थान, हिरा–१० सेट।

सितादेवी यादवः सुन–५३ तोला, चाँदी–१९२ तोला।

जीवनबहादुर शाहीः सुन–५७ तोला, चाँदी–एक किलो।

दीपक गिरीः सुन–५० तोला, चाँदी–डेढ किला।

नबिन्द्रराज जोशीः सुन–१०० तोला, हिरा–२ सेट, हिराको औंठी–१६ वटा, हिराको टप–६ वटा, निलम र हिरा सेट–१, माणिक–२ सेट, मणि–२ सेट, मोती–दुई सेट, मुगाको माला–४ सेट, मोतीमा सुन जडेको–५ सेट, हिराको चुरा–१, माणिकको चुरा–२, मोतीको चुरा–१ र मंगलसूत्र–१ सेट।

शंकर भण्डारीः सुन–४५ तोला, चाँदी–६० तोला।

गगन थापाः सनु–१६ तोला, चाँदी–२०० तोला।

हृदयराम थानीः सुन–६६ तोला, चाँदी–तीन किलो।

श्रीप्रसाद जबेगुः सुन–१५ तोला।

सत्यनारायण भगवतः सुन–२१ तोला, चाँदी–एक किलो।

राधिका तामाङः सुन–५ तोला।

धनमाया विकः सुन–१० तोला, चाँदी–८०० ग्राम।

थप शिर्षकहरु

प्रधानमन्त्रीको सम्पत्तिः तीन तोला सुन र चितवनमा १ कट्ठा जमिन

ऋण नै ऋणमा खेलकुदमन्त्री

चार महिनापछि पनि अपुरो सम्पत्ति विवरण सार्वजनिक



प्रकाशित २९ मंसिर २०७३, बुधबार | 2016-12-14 19:54:16

प्रतिकृया दिनुहोस

विचार

सुखद शुक्रबार

ब्लग

प्रविधि

रोचक

NepalKhabar Tweets

विशेष

  • दर्जन देशबाट चामल आयात, वर्षेनि सकिन्छ २३ अर्ब

    वर्षेनि दर्जन देशबाट चामल आयात गरी २३ अर्ब सिध्याइने नेपालमा तीन वर्षभित्र आत्मनिर्भर हुने सरकारी योजना अघि सारिएको छ। नेपालमा खासै उत्पादन नहुने...

  • नेपालखबर हङकङका सम्पादक जेवी पुन मगर

    हङकङ सम्पादक पुनमाथि आक्रमण प्रयास, ज्यान लिने धम्की

    हङकङमा बसोबास गर्ने स्याङजाका कोमल गुरुङले नेपालखबर हङकङ संस्करणका सम्पादक जेवी पुन मगरमाथि हङकङ अन्तर्राष्ट्रिय विमानस्थलमा बुधबार आक्रमण प्रयास...

  • कुन दल होला पहिलो? यस्तो छ कांग्रेस, एमाले र माओवादी लेखाजोखा

    दोश्रो चरणको निर्वाचनमा पनि तीन प्रमुख राजनीतिक दलहरु नेपाली कांग्रेस, एमाले र माओवादी केन्द्रका उम्मेदवारबीच नै प्रतिष्पर्धा हुने निश्चित छ।...

  • भारतले ‘गल्ती नसच्याएसम्म’ चीनले नाथुला नाका नखोल्ने

    ‘भारतीय तीर्थयात्री नाथुला नाका हुँदै समयमै तिब्बत पुग्न नसक्नुको जिम्मा भारतले लिनुपर्छ’, प्रवक्ता लुले बेइजिङमा भने, ‘कहिले खुल्छ भन्ने कुरा...