अब कुन बाटो हिँड्ला राप्रपा?



‘राप्रपालाई धेरैले हेपे, अब इख झार्नेछौं’
सोमबार प्रज्ञा भवन काठमाडौंमा सम्पन्न राप्रपा नेपाल र राप्रपाबीचको एकतासभामा कमल थापाले सम्बोधनको आखिरीतिर यसरी तितो अनुभव सुनाउँदा हल तालीले गुञ्जियो, ड्यासमा रहेका वरिष्ठ नेताहरुको हात बाँधिइरहन सकेन। थापाले थपे, ‘यो एकताले राप्रपा देशको पहिलो शक्ति बन्ने आधार तय भएको छ।’ देशभरबाट आएका अगुवा कार्यकर्ताहरुले फेरि ताली बजाए।

यी परिदृष्यले पूर्वपञ्चहरु सम्मिलित पार्टीको अवस्थाबारे बुझ्न सहयोग मिल्थ्यो। थापाले कार्यकर्ता उत्साहित बनाउन चन्द्रबहादुर गुरुङ, सूर्यबहादुर थापादेखि राजेश्वर देवकोटासम्मको नाम लिए। पार्टी नीतिअनुसार काम गर्दा हत्या गरिएका नेताकार्यकर्ताको फेहरिस्त नै प्रस्तुत गरेका थापाले राष्ट्रिय राजनीतिमा पार्टी नीतिबारे भने प्रस्ट पारेनन्। जबकि, प्रतिपक्षी राप्रपा नेपाल र सत्ता साझेदार राप्रपाबीचको एकीकरणपछि यो दल कुन संसदीय मोर्चामा रहन्छ भन्ने धेरैको जिज्ञासा थियो। उनी अघिका वक्ताहरुको आशय पनि थापाको भन्दा भिन्न रहेन।

एकतापछि पार्टी अध्यक्ष र संसदीय दलको नेता बनेका थापाले राष्ट्रिय स्वाभिमान, मुलुकको समृद्धि र संविधान कार्यान्वयनलाई जोड दिए, यो उनको पुरानै लाइन थियो। विशेषगरी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा गएपछि यी विषयमा उनले जोड दिँदै आएका हुन्।

लगत्तै, थापाले एकताअघिको राप्रपाको एजेन्डा पनि छुटाएनन्। भने, ‘मधेशको माग पूरा नभएसम्म चुनाव सम्भव छैन।’ पार्टी एकता हुनु अघिसम्म थापाबाट यस्तो अभिव्यक्ति सुनिएन। निकट राजनीतिक समीकरणले यस्तो अभिव्यक्ति दिन थापालाई रोकेको प्रस्ट छ।

मधेशी मोर्चासहित संविधानप्रति असन्तुष्टि जनाउने दलहरुको माग सम्बोधन गर्न भन्दै संविधान संशोधनको एजेन्डा लिएर बनेको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारमा राप्रपा सहभागी भयो। तर, बाह्य शक्तिको चलखेलमा सरकार परिवर्तन भएको आरोप लगाएर संविधानको संशोधन होइन कार्यान्वयन महत्वपूर्ण भएको निष्कर्षसहित एमालेसँगै प्रतिपक्षमा राप्रपा नेपाल बस्यो। यसपछि गत २६ साउनको मिति नै तय भइसकेको एकता कार्यक्रम रोकिएको थियो।

तर, एकताको मुखमा पुगेर टाढिएका दुई दलबीच कसरी यति छोटो अवधिमै एकता सम्भव भयो? उक्त पार्टीका नेता दिलनाथ गिरी भन्छन्, ‘दुवै दलका नेताहरुले एकता महसुस गरेपछि एकता सम्भव भयो।’ उनले वर्तमान राजनीतिक समीकरणमा कुन बाटो रोज्ने भन्नेबारे भने कुनै निर्णय नभएको बताए।

गिरी भन्छन्, ‘एकता नै महत्वपूर्ण हो। अब सरकारमा जाने वा प्रतिपक्षमा बस्ने भन्ने निर्णय मंसिर ८ पछि बस्ने बैठकले तय गर्छ।’ संवैधानिक राजतन्त्र र हिन्दू राष्ट्रको पक्षमा वकालत गर्दै आएको राप्रपा नेपाल र पहिलो संविधानसभा निर्वाचनबाटै धर्म निरपेक्षता र गणतन्त्रको फेरो समातिसकेको राप्रपाबीचको एकीकरणपछि कसरी अघि बढ्ने भन्नेबारे छलफल नै नभएको नेताहरु स्वीर्काछन्।

‘संघीयता, धर्म निरपेक्षता र गणतन्त्रजस्ता महत्वपूर्ण विषयमा जनताको राय लिइएनन्,’ गिरी थप्छन्, ‘यसबारे जनतासम्म पुग्ने दीर्घकालीन एजेन्डामा भने पार्टी नेताहरु एकमत छन्।’ हिन्दू राष्ट्र कायम गराउनेमा भने दुवै दलका नेताहरुको समान अभिव्यक्ति छ।

एजेन्डाबारे नै प्रस्ट नभई भएको एकताबारे सत्ता पक्ष र प्रतिपक्षी दलका नेताहरुको भने फरक विश्लेषण तर, समान अर्थ छ– राप्रपाले अब लिने बाटोले नै एकता कसरी सम्भव भयो भन्ने बुझ्न सकिन्छ। एमालेका नेता विष्णु रिमाल भन्छन्, ‘एकीकरणपछि राप्रपा कमल थापा या पशुपति शमशेर राणा कसको बाटो हिँड्छ, त्यसैबाट एकताको उद्देश्य प्रस्ट हुन्छ।’

प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्की भन्छन्, ‘राजनीतिक स्थिरताका लागि संविधान संशोधन आवश्यक छ। हेरौं, एकीकृत राप्रपा कुन बाटो हिँड्छ।’

हुन पनि, संसदमा ३७ सिटसहित चौथो दल बनेको राप्रपा जता लाग्छ, उतैको राजनीतिक समीकरण पल्लाभारी हुने संसदीय गणितले देखाउँछ। प्रतिपक्षी एमालेतिर लागे सरकारसँग संविधान संशोधन गराउन मत पुग्दैन, यसले ओली सरकार विस्थापनको औचित्य पुस्टि हुँदैन।

तर, सत्तारुढतिर लागे राष्ट्रियतालाई प्रमुख हतियार बनाएको एमाले अप्ठ्यारोमा पर्छ, उसको सहमतिबिनै संविधान संशोधन पारित हुने सम्भावना बढी हुन्छ। कांग्रेस नेता कार्की राप्रपा सरकारमा सहभागी हुने सम्भवना बढी देख्छन्। तर, एमाले नेता रिमाल भने यस्तो अवस्था आए राप्रपाको राजनीतिक भविष्य समेत सुरक्षित देख्दैनन्।

नेता गिरी भने देश र जनताका लागि जुन उचित हुन्छ त्यही बाटो अपनाउने बताउँछन्। २०७० को दोस्रो संविधानसभाको निर्वाचनमा ६ लाख ३० हजार मत ल्याएको राप्रपा नेपाल र २ लाख ६० हजार मत ल्याएको राप्रपाबीचको एकीकरणले आफूलाई तेस्रो शक्तिमा दाबी गर्दै आएको दलहरुलाई समेत झस्काएको छ।

प्रकाशित ६ मंसिर २०७३, सोमबार | 2016-11-21 22:50:54

प्रतिकृया दिनुहोस

विचार

सुखद शुक्रबार

ब्लग

प्रविधि

रोचक

NepalKhabar Tweets

विशेष

  • तिब्बतमा नयाँ सरकार प्रमुख

    नेपालसँग सिमा जोडिएको चीनको तिब्बत स्वशासित क्षेत्र सरकार प्रमुखमा छि चाला चयन भएका छन्। चिनियाँ कम्युनिष्ट पार्टी ल्हासा कमिटिका पूर्व प्रमुख चाला...

  • तस्विरमा यस्तो देखियो राष्ट्रपति भण्डारीकी छोरीको विवाह

    शीतलनिवासमा आयोजित कार्यक्रममा राष्ट्रपति भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानन्यायाधीश सुशीला कार्की, पूर्वप्रधानमन्त्रीहरु,...

  • ८ जनासँग छ, सबैभन्दा गरीब ५० प्रतिशतको जति नै सम्पत्ति

    विश्वका आठ सबैभन्दा धनी व्यक्तिसँग सबैभन्दा गरीब आधा जनसंख्या बराबरको सम्पत्ति रहेको अक्सफाम नामक सँस्थाले जनाएको छ। संसारभर आर्थिक वृद्धि भइरहँदा...

  • ...तर साथी निकै एक्लो छु अहिले

    रअ बार्जले यमजस्ता धेरैलाई र्‍यापप्रेमी समूह नजिक पुर्यायो। रअ बार्जमा देखाएको सक्रियता र प्रतिभाकै कारण उनी धेरै युवा र्‍यापरको रोल मोडल बनेका...