निर्वाचनका लागि कांग्रेसले केन्द्रीय नेतालाई जिल्लामा खटायो, को कहाँ?



नेपाली कांग्रेसले असार १४ मा हुने दोस्रो चरणको स्थानीय तह निर्वाचनमा आफ्ना उम्मेदवारलाई जिताउन केन्द्रीय नेताहरुलाई जिल्ला जिल्लामा खटाएको छ। कांग्रेसले मोरङमा केन्द्रीय सदस्य विमलेन्द्र निधिलाई केन्द्रीय प्रतिनिधि बनाएर पठाएको छ भने सूनसरीमा केन्द्रीय सदस्य अर्जुनरसिंह केसीलाई खटाएको छ।

 यसैगरी केन्द्रीय सदस्यहरु प्रकाशमान सिंह र जीवन परियारलाई संखुवासभा, धनराज गुरुङ र रामकृष्ण यादवलाई कपिलवस्तु, सुरेन्द्रराज पाण्डेलाई दाङमा खटाइएको छ।

बरिष्ठ नेता रामचन्द्र पौडेल नेतृत्वको कांग्रेस केन्द्रीय निर्वाचन परिचालन समितिको सोमबार बसेको बैठकले असार १४ मा हुने स्थानीय तहको निर्वाचनमा आफ्ना उम्मेदवारहरुलाई विजयी गराउन ३५ जिल्लामा केन्द्रीय प्रतिनिधिहरु खटाउने निर्णय गरेको कांग्रेस मूख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। 

यसैगरी, केन्द्रीय सदस्यहरु चित्रलेखा यादव, उमाकान्त चौधरी र नेता रेशमबहादुर बानियाँलाई वर्दिया खटाइएको छ भने केन्द्रीय सदस्य प्रदिप पौडेललाई बझाङमा केन्द्रीय प्रतिनिधि बनाएर पठाइएको छ।

यस्तै, बैठकले प्रदेश नम्बर १, ५ र ७ को निर्वाचनको अनुगमन गर्न केन्द्रीय सदस्य डा. प्रकाशशरण महतको संयोजकत्वमा निर्वाचन अनुगमन कार्यदल गठन गरेको छ। उक्त कार्यदलमा केन्द्रीय सदस्यहरु महालक्ष्मी उपाध्याय डिना, नविन्द्रराज जोशी, अम्बिका बस्नेत, चिनकाजी श्रेष्ठ र पूर्व केन्द्रीय सदस्य दिलबहादुर घर्ती सदस्य रहेका छन्।

को कहाँका प्रतिनिधि, हेर्नुस् सूची?

प्रकाशित ५ असार २०७४, सोमबार | 2017-06-19 20:28:32

प्रतिकृया दिनुहोस

विचार

सुखद शुक्रबार

ब्लग

प्रविधि

रोचक

NepalKhabar Tweets

विशेष

  • चर्चामा मोदीको ‘अंकमाल कुटनीति’

    भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दिने गरेको भाषणको जति चर्चा हुन्छ, त्यति नै चर्चा हुने गर्छ उनले गर्ने अंकमालको। विश्वका नेताहरुसँग मोदीले...

  • एउटा नेताको इखले जन्माएको चिनियाँ हाइस्पीड रेलको किस्सा

    रेलको सबैभन्दा विलासी डिब्बाको सिट भाडा १७४८ पर्छ जुन विमानको भन्दा करीब ५०० आरएमबीले बढी हो। साडे ५ सय आरएमबीमा सोही स्पीड रेलको साधारण टिकट किन्न...

  • पूर्वसभासद फुदुङ कुटपिटः यस्तो रहेछ खास कारण

    सुनसरीको इटहरी उपमहानगरपालिकाको ४ नम्बर वडामा पूर्वजर्नेल तथा माओवादी केन्द्रका पूर्वसांसद् कुमार फुदुङ कुटिएका छन्। आफ्नै रिसोर्टमा महिला मृत...

  • प्रदेश नम्बर ५ को राजधानी दाङ कि बुटवल? मतदाता झुक्याए नेताले

    एमाले नेता विष्णु पौडेलले त पटक पटक ‘एमालेले बुटवललाई राजधानी बनाउने निर्णय गरिसक्यो, ढुक्क हुनुहोस्’ भनिरहेका छन्। तर सोही पार्टीका अर्का नेता...