दोस्रो चरणको निर्वाचनको लागि आयोगले ४ दिनको सार्वजनिक विदा माग्ने



निर्वाचन आयोग
निर्वाचन आयोग

निर्वाचन आयोगले दोस्रो चरणको स्थानीय तहको निवार्चनका हुने प्रदेशमा निर्वाचनमा आम सहभागिताका लागि सार्वजनिक बिदाको व्यवस्था मिलाउन गृहमन्त्रालयलाइ पत्र पठाउने भएको छ।

आगामी असार १४ गते प्रदेश नम्बर १, ५ र ७ का ३५ जिल्लामा दोस्रो चरणको स्थानीय तह निर्वाचन हुँदैछ। आयोगले ती जिल्लाका सरकारी, अर्धसरकारी कार्यालयमा कार्यरत अधिकाश कर्मचारी मतदान कार्यमा परिचालित हुने र सार्वजनिक सेवा प्रवाह गर्न कठिनाई हुने भएकाले १ दिन र शैक्षीक संस्थाहरुमा ४ दिन सार्वजनिक विदा दिने व्यवस्था मिलाउन नेपाल सरकार गृहमन्त्रालयलाई लेखि पठाउने आयोगले निर्णय गरेको बताएको छ।

दोस्रो चरणमा निर्वाचन हुने प्रदेश नम्बर १, ५ र ७ का ३५ जिल्लाका ३३४ स्थानीय तहको निर्वाचनमा मतदान कार्य सञ्चालन गर्ने सन्दर्भमा अधिकाश मतदान केन्द्र सार्वजनिक एवम् संस्थागत विद्यालय वा क्याम्पसजस्ता शैक्षिक संस्थामा तोकिएको हुँदा १४ गतेसम्म ४ दिन सार्वजनिक विदा दिनुपर्ने आयोगको भनाई छ।

प्रकाशित ५ असार २०७४, सोमबार | 2017-06-19 19:26:42

प्रतिकृया दिनुहोस

विचार

सुखद शुक्रबार

ब्लग

प्रविधि

रोचक

NepalKhabar Tweets

विशेष

  • चर्चामा मोदीको ‘अंकमाल कुटनीति’

    भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दिने गरेको भाषणको जति चर्चा हुन्छ, त्यति नै चर्चा हुने गर्छ उनले गर्ने अंकमालको। विश्वका नेताहरुसँग मोदीले...

  • एउटा नेताको इखले जन्माएको चिनियाँ हाइस्पीड रेलको किस्सा

    रेलको सबैभन्दा विलासी डिब्बाको सिट भाडा १७४८ पर्छ जुन विमानको भन्दा करीब ५०० आरएमबीले बढी हो। साडे ५ सय आरएमबीमा सोही स्पीड रेलको साधारण टिकट किन्न...

  • पूर्वसभासद फुदुङ कुटपिटः यस्तो रहेछ खास कारण

    सुनसरीको इटहरी उपमहानगरपालिकाको ४ नम्बर वडामा पूर्वजर्नेल तथा माओवादी केन्द्रका पूर्वसांसद् कुमार फुदुङ कुटिएका छन्। आफ्नै रिसोर्टमा महिला मृत...

  • प्रदेश नम्बर ५ को राजधानी दाङ कि बुटवल? मतदाता झुक्याए नेताले

    एमाले नेता विष्णु पौडेलले त पटक पटक ‘एमालेले बुटवललाई राजधानी बनाउने निर्णय गरिसक्यो, ढुक्क हुनुहोस्’ भनिरहेका छन्। तर सोही पार्टीका अर्का नेता...