मलेठमा ५ जनाको ज्यान जाने गरी भएको घटनाको प्रतिवेदन आयोगमा



सप्तरीको मलेठ
सप्तरीको मलेठ

सप्तरीको राजविराजमा गत फागुन २३ गते भएको घटनाको उच्चस्तरीय टोलीले अनुसन्धान पूरा गरी प्रतिवेदन राष्ट्रिय मानव अधिकार आयोगमा पेस गरेको छ।

आयोगका प्रवक्ता मोहना अन्सारीले आज जारी गरेको प्रेस विज्ञप्तिमा सप्तरीको राजविराजमा नेकपा (एमाले) द्वारा आयोजित कार्यक्रममा तत्कालीन संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा र सुरक्षाकर्मीबीच भएको झडपका क्रममा सुरक्षाकर्मीको गोली लागेर पाँचजनाको ज्यान गएको घटनाको अनुसन्धान प्रतिवेदन आयोगमा बुझाएको उल्लेख छ। 

आयोगले सप्तरीको मलेठ घटनाको विस्तृत अनुसन्धान गरी प्रतिवेदन पेस गर्ने जिम्मेवारीसहित गत चैत ३१ गते सो जिल्लाका उच्च अदालतका न्यायाधीश ताहिर अलि अन्सारीको संयोजकत्वमा उच्चस्तरीय अनुसन्धान टोली गठन गरेको थियो। 

आयोगले प्रतिवेदन छिट्टै सार्वजनिक गर्ने जनाएको छ। रासस 

प्रकाशित ५ असार २०७४, सोमबार | 2017-06-19 19:13:13

प्रतिकृया दिनुहोस

विचार

सुखद शुक्रबार

ब्लग

प्रविधि

रोचक

NepalKhabar Tweets

विशेष

  • चर्चामा मोदीको ‘अंकमाल कुटनीति’

    भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दिने गरेको भाषणको जति चर्चा हुन्छ, त्यति नै चर्चा हुने गर्छ उनले गर्ने अंकमालको। विश्वका नेताहरुसँग मोदीले...

  • एउटा नेताको इखले जन्माएको चिनियाँ हाइस्पीड रेलको किस्सा

    रेलको सबैभन्दा विलासी डिब्बाको सिट भाडा १७४८ पर्छ जुन विमानको भन्दा करीब ५०० आरएमबीले बढी हो। साडे ५ सय आरएमबीमा सोही स्पीड रेलको साधारण टिकट किन्न...

  • पूर्वसभासद फुदुङ कुटपिटः यस्तो रहेछ खास कारण

    सुनसरीको इटहरी उपमहानगरपालिकाको ४ नम्बर वडामा पूर्वजर्नेल तथा माओवादी केन्द्रका पूर्वसांसद् कुमार फुदुङ कुटिएका छन्। आफ्नै रिसोर्टमा महिला मृत...

  • प्रदेश नम्बर ५ को राजधानी दाङ कि बुटवल? मतदाता झुक्याए नेताले

    एमाले नेता विष्णु पौडेलले त पटक पटक ‘एमालेले बुटवललाई राजधानी बनाउने निर्णय गरिसक्यो, ढुक्क हुनुहोस्’ भनिरहेका छन्। तर सोही पार्टीका अर्का नेता...