सरकारसँगको सहमतिमा राजपाको उम्मेदवारीः गृहमन्त्री शर्मा



गृहमन्त्री जनार्दन शर्माले राष्ट्रिय जनता पार्टी दोस्रो चरणको चुनावमा स्वतन्त्र रुपमा उम्मेदवारी दिनका लागि सरकारसँग सहमति भएको बताएका छन्। सोमबार नेपालगञ्जमा भएको सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै गृहमन्त्रीले उक्त कुरा बताएका हुन्।

असार १४ गते हुने दोस्रो चरणको स्थानीय तहको निर्वाचनको लागि आइतबार प्रदेश नम्बर १, ५ र ७ मा उम्मेदवारी मनोनयन दर्ता भएको थियो। सोही क्रममा रुपन्देहीको तीन स्थानीय तहमा राजपाका नेताहरुले स्वतन्त्र रुपमा उम्मेदवारी दिएका छन्।

चुनाव बहिष्कार गरी आन्दोलनमा उत्रिएको राष्ट्रिय जनता पार्टीको नेतृत्व तहबाट त्यसमा सकरात्मक प्रतिक्रिया नआएको भएपनि गृहमन्त्री शर्माले भने उक्त खुलासा गरेका हुन्।

गृहमन्त्री शर्माले चुनाव बहिष्कार गर्न खोजेको राजपा सरकारले गरेको निरन्तरको प्रयासपछि स्थानीय तहको दोस्रो चरणको चुनावमा सहभागी हुने अवस्था आएको दावी गरे। उनले मधेस केन्द्रीत दलहरुका असन्तुष्टी क्रमशः समाधान हुने चरणमा रहेको समेत उक्त सुरक्षा गोष्ठीमा जानकारी दिए।

उनले दुई नम्बर प्रदेशमा चुनाव हुनु पहिले नै मधेशका असन्तुष्टी समाधान भइसक्ने दावी गरे।

गृह मन्त्रालयका सचिव लोकदर्शन रेग्मी, निर्वाचन आयुक्त सुधिरकुमार शाह, नेपाल प्रहरीका महानिरीक्षक प्रकाशराज अर्याल, सशस्त्र प्रहरी महानिरीक्षक सिंहबहादुर श्रेष्ठ, नेपाली सेनाका बलाधिकृत रथी बलदेवराज महत, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक दिलिप रेग्मी लगायतका सुरक्षा अधिकारीको सहभागिता रहेको गोष्ठीमा दोस्रोचरणको निर्वाचनको सुरक्षा चुनौतीका बिषयमा छलफल गरी नयाँ रणनीति बनाइने बताइएको छ। 

प्रकाशित ५ असार २०७४, सोमबार | 2017-06-19 18:23:53

प्रतिकृया दिनुहोस

विचार

सुखद शुक्रबार

ब्लग

प्रविधि

रोचक

NepalKhabar Tweets

विशेष

  • चर्चामा मोदीको ‘अंकमाल कुटनीति’

    भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दिने गरेको भाषणको जति चर्चा हुन्छ, त्यति नै चर्चा हुने गर्छ उनले गर्ने अंकमालको। विश्वका नेताहरुसँग मोदीले...

  • एउटा नेताको इखले जन्माएको चिनियाँ हाइस्पीड रेलको किस्सा

    रेलको सबैभन्दा विलासी डिब्बाको सिट भाडा १७४८ पर्छ जुन विमानको भन्दा करीब ५०० आरएमबीले बढी हो। साडे ५ सय आरएमबीमा सोही स्पीड रेलको साधारण टिकट किन्न...

  • पूर्वसभासद फुदुङ कुटपिटः यस्तो रहेछ खास कारण

    सुनसरीको इटहरी उपमहानगरपालिकाको ४ नम्बर वडामा पूर्वजर्नेल तथा माओवादी केन्द्रका पूर्वसांसद् कुमार फुदुङ कुटिएका छन्। आफ्नै रिसोर्टमा महिला मृत...

  • प्रदेश नम्बर ५ को राजधानी दाङ कि बुटवल? मतदाता झुक्याए नेताले

    एमाले नेता विष्णु पौडेलले त पटक पटक ‘एमालेले बुटवललाई राजधानी बनाउने निर्णय गरिसक्यो, ढुक्क हुनुहोस्’ भनिरहेका छन्। तर सोही पार्टीका अर्का नेता...