उम्मेदवारलाई फोनमा धम्काउने ६ जना पक्राउ



घोराहीको तुलसीपुर चोकमा होहल्ला गर्दै सर्वसाधारणलाई त्रस्त बनाउने, चुनाव विरोधी कार्यसँगै उम्मेदवारलाई फोनमा धम्काउने गरेको अभियोगमा छजनालाई प्रहरीले पक्राउ गरेको छ।

उनीहरुलार्इ गुन्डागर्दीमा संलग्न भएको अभियोगमा दाङ प्रहरीले पक्राउ गरेको हो। 

पक्राउ पर्नेहरुमा तुलसीपुर उपमहानगरपालिका–११ का २८ वर्षीय पारस हमाल, सोही ठाउँकै २९ वर्षीय टोपबहादुर बुढाथोकी, २५ वर्षीय भानुभक्त बस्नेत, तुल्सीपुर–५ बस्ने ३० वर्षीय वरुण श्रेष्ठ, तुलसीपुर–६ बस्ने १९ वर्षीय अनोज खड्का र सोही ठाउँकै केतन गिरी रहेका छन्। 

उनीहरुविरुद्ध अनुसन्धान भइरहेको प्रहरी प्रमुख प्रहरी उपरीक्षक धीरजप्रताप सिंहले जानकारी दिए। पक्राउ परेका पारस बस्नेत र भानुभक्त बस्नेत यसअघि पनि ज्यान मार्ने तथा हातहतियार मुद्दामा ३० महिना कैद सजाय पाएर छुटेका थिए। 

त्यसैगरी टोपबहादुर बुढाथोकी ज्यान मार्ने उद्योग र वरुण श्रेष्ठ कर्तव्य ज्यान, हातहतियार र लागुऔषधको मुद्दामा सजाय पाएर छुटेको पनि प्रहरीले जनाएको छ। रासस 

प्रकाशित ५ असार २०७४, सोमबार | 2017-06-19 17:56:03

प्रतिकृया दिनुहोस

विचार

सुखद शुक्रबार

ब्लग

प्रविधि

रोचक

NepalKhabar Tweets

विशेष

  • चर्चामा मोदीको ‘अंकमाल कुटनीति’

    भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दिने गरेको भाषणको जति चर्चा हुन्छ, त्यति नै चर्चा हुने गर्छ उनले गर्ने अंकमालको। विश्वका नेताहरुसँग मोदीले...

  • एउटा नेताको इखले जन्माएको चिनियाँ हाइस्पीड रेलको किस्सा

    रेलको सबैभन्दा विलासी डिब्बाको सिट भाडा १७४८ पर्छ जुन विमानको भन्दा करीब ५०० आरएमबीले बढी हो। साडे ५ सय आरएमबीमा सोही स्पीड रेलको साधारण टिकट किन्न...

  • पूर्वसभासद फुदुङ कुटपिटः यस्तो रहेछ खास कारण

    सुनसरीको इटहरी उपमहानगरपालिकाको ४ नम्बर वडामा पूर्वजर्नेल तथा माओवादी केन्द्रका पूर्वसांसद् कुमार फुदुङ कुटिएका छन्। आफ्नै रिसोर्टमा महिला मृत...

  • प्रदेश नम्बर ५ को राजधानी दाङ कि बुटवल? मतदाता झुक्याए नेताले

    एमाले नेता विष्णु पौडेलले त पटक पटक ‘एमालेले बुटवललाई राजधानी बनाउने निर्णय गरिसक्यो, ढुक्क हुनुहोस्’ भनिरहेका छन्। तर सोही पार्टीका अर्का नेता...