रुसद्वारा सिरियामा अमेरिकी गठबन्धनसँगको सहकार्य अन्त्यको घोषणा

आफ्नो क्षेत्रमा आए अमेरिकी विमानलाई निसाना बनाउने चेतावनी



सिरियास्थित रुसको एस-४०० क्षेप्यास्त्र प्रतिरोधात्मक प्रणाली
सिरियास्थित रुसको एस-४०० क्षेप्यास्त्र प्रतिरोधात्मक प्रणाली
स्पुतनिक

अमेरिकी गठबन्धन सेनाले सिरियाली लडाकु विमान खसाएपछि रुसले गठबन्धनसँगको सहकार्य अन्त्य भएको घोषणा गरेको छ। दुर्घटनाहरु ननिम्तियोस् भनेर रुस र अमेरिका नेतृत्वको गठबन्धनका बीच एक फ्रेमवर्क बनेको थियो।

तर सिरियाली विमान खसाउँदा रुसलाई जानकारी नदिइएको बताउँदै रुसी रक्षा मन्त्रालयले अमेरिकी रक्षा मन्त्रालयसँगको सहकार्य सोमबारदेखि नै अन्त्य गरेको बताएको छ। 

रुसले घटनाको छानबीन हुनुपर्ने माग पनि गरेको छ।

त्यस्तै फिरात नदीको पश्चिमपट्टि सिरियाली आकाशमा आफ्नो ‘कम्ब्याट मिसन’को क्षेत्रमा आएका जुनसुकै विमानलाई पनि रुसी फौजले निसाना बनाउने चेतावनी पनि रुसी रक्षा मन्त्रालयले दिएको छ।

अमेरिकी सेनाको कदमलाई रुसले सिरियामाथिको ‘आक्रमण’ को संज्ञा दिएको छ। एजेन्सी

प्रकाशित ५ असार २०७४, सोमबार | 2017-06-19 17:41:26

प्रतिकृया दिनुहोस

विचार

सुखद शुक्रबार

ब्लग

प्रविधि

रोचक

NepalKhabar Tweets

विशेष

  • चर्चामा मोदीको ‘अंकमाल कुटनीति’

    भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दिने गरेको भाषणको जति चर्चा हुन्छ, त्यति नै चर्चा हुने गर्छ उनले गर्ने अंकमालको। विश्वका नेताहरुसँग मोदीले...

  • एउटा नेताको इखले जन्माएको चिनियाँ हाइस्पीड रेलको किस्सा

    रेलको सबैभन्दा विलासी डिब्बाको सिट भाडा १७४८ पर्छ जुन विमानको भन्दा करीब ५०० आरएमबीले बढी हो। साडे ५ सय आरएमबीमा सोही स्पीड रेलको साधारण टिकट किन्न...

  • पूर्वसभासद फुदुङ कुटपिटः यस्तो रहेछ खास कारण

    सुनसरीको इटहरी उपमहानगरपालिकाको ४ नम्बर वडामा पूर्वजर्नेल तथा माओवादी केन्द्रका पूर्वसांसद् कुमार फुदुङ कुटिएका छन्। आफ्नै रिसोर्टमा महिला मृत...

  • प्रदेश नम्बर ५ को राजधानी दाङ कि बुटवल? मतदाता झुक्याए नेताले

    एमाले नेता विष्णु पौडेलले त पटक पटक ‘एमालेले बुटवललाई राजधानी बनाउने निर्णय गरिसक्यो, ढुक्क हुनुहोस्’ भनिरहेका छन्। तर सोही पार्टीका अर्का नेता...