विराटनगर महानगरमा माओवादी–फोरम तालमेल, फोरमलाई मेयर



असार १४ मा हुने दोस्रो चरणको निर्वाचनका लागि विराटनगर महानगरमा नेकपा माओवादी केन्द्र र संघीय समाजवादी फोरमबीच तालमेल हुने भएको छ । सुरुबाटै यहाँ कांग्रेस–माओवादीबीच तालमेल हुने चर्चा हुँदै आए पनि अन्तिम समयमा आएर माओवादी र फोरमबीच तालमेल भएको हो।

दुई दलको सहमतिअनुसार विराटनगर महानगरपालिकामा संघीय समाजवादी फोरमले मेयरको उम्मदेवार उठाउने भएको छ। माओवादी केन्द्रले उपमेयर पाउने छ। जसमा फोरमले उमेश यादवलाई उम्मेदवार बनाउने निर्णय गरेको छ भने माओवादीले यसअघि नै घोषणा गरिएकी नमिता न्यौपानेलाई नै उपमेयरमा अघि सारेको छ।

यहाँ सुरुबाटै कांग्रेस–माओवादीबीच तालमेल हुने चर्चा चल्दै आए पनि त्यो प्रयास विफल भएपछि अन्तिम समयमा आएर फोरमसँग तालमेल भएको माओवादी केन्द्रका जिल्ला अध्यक्ष गोपी आछामीले बताए।

फोरम उपेन्द्र यादव नेतृत्वको पार्टी हो। अहिले डा.बाबुराम भट्टराईको नयाँ शक्ति पार्टी र फोरमले एकै चुनाव चिह्नबाट चुनाव लड्दैछन्। त्यस आधारमा विराटगरमा नयाँ शक्ति र फोरमसमेतको गरेर ‘राम्रै’ जनाधार रहेको बताइन्छ । त्यसमा माओवादी पनि मिसिएपछि प्रमुख दुई ठूला दलसँग प्रतिस्पर्धा गर्न सकिने माओवादी–फोरमको बुझाइ छ।

माओवादी–फोरम तालमेलको औपचारिक घोषणा भने भइसकेको छैन । उनीहरूलै आजै मनोनयनसँगै औपचारिक घोषणा गर्ने तयारी रहेको बुझिएको छ।

माओवादी–फोरमबीच जिल्लाका अन्य स्थानीय तहमा पनि तालमेल गरेर अघि बढ्ने सहमति भएको सो पार्टीले जनाएको छ।

यता, विराटनगर महानगरमा शनिबार मात्रै नेकपा एमाले र विजयकुमार गच्छेदार नेतृत्वको फोरम लोकतान्त्रिकसँग तालमेल गर्ने सहमति भएको थियो। अर्को ठूलो दल नेपाली कांग्रेस भने एक्लै चुनावी मैदानमा उत्रिने भएको छ ।

एक महानगरसहित आठ नगरपालिका र आठ गाउँपालिका रहेको मोरङमा कूल १७ स्थानीय तह रहेका छन्।

प्रकाशित ४ असार २०७४, आइतबार | 2017-06-18 08:35:25

प्रतिकृया दिनुहोस

विचार

सुखद शुक्रबार

ब्लग

प्रविधि

रोचक

NepalKhabar Tweets

विशेष

  • चर्चामा मोदीको ‘अंकमाल कुटनीति’

    भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दिने गरेको भाषणको जति चर्चा हुन्छ, त्यति नै चर्चा हुने गर्छ उनले गर्ने अंकमालको। विश्वका नेताहरुसँग मोदीले...

  • एउटा नेताको इखले जन्माएको चिनियाँ हाइस्पीड रेलको किस्सा

    रेलको सबैभन्दा विलासी डिब्बाको सिट भाडा १७४८ पर्छ जुन विमानको भन्दा करीब ५०० आरएमबीले बढी हो। साडे ५ सय आरएमबीमा सोही स्पीड रेलको साधारण टिकट किन्न...

  • पूर्वसभासद फुदुङ कुटपिटः यस्तो रहेछ खास कारण

    सुनसरीको इटहरी उपमहानगरपालिकाको ४ नम्बर वडामा पूर्वजर्नेल तथा माओवादी केन्द्रका पूर्वसांसद् कुमार फुदुङ कुटिएका छन्। आफ्नै रिसोर्टमा महिला मृत...

  • प्रदेश नम्बर ५ को राजधानी दाङ कि बुटवल? मतदाता झुक्याए नेताले

    एमाले नेता विष्णु पौडेलले त पटक पटक ‘एमालेले बुटवललाई राजधानी बनाउने निर्णय गरिसक्यो, ढुक्क हुनुहोस्’ भनिरहेका छन्। तर सोही पार्टीका अर्का नेता...