राजपासँग सहमतिमै निर्वाचन सारिएको यादवको खुलासा



नेता महेन्द्र यादवले राष्ट्रिय जनता पार्टी नेपालको सहमतिमै प्रदेश नं २ को निर्वाचनको मिति तोकिएको बताएका छन्। रिपोर्टर्स क्लबले आयोजना गरेको कार्यक्रममा उनले नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले महन्थ ठाकुरसँगको सहमति गरेपछि सो निर्वाचन सारिएको बताए।

राजपासँग पूर्ण सहमति गरेर नै सरकारले तेस्रो चरणको निर्वाचनको मिति सार्वजनिक गरेको बताउँदै उनले भने, 'अब मधेसी जनता कुनै पनि हालतमा निर्वाचनमा जान्छन्, मोर्चाका जायज मागलाई सम्बोधन गरेर सरकारले निर्वाचनको वातावरण बनाउनुपर्छ, यसमा मोर्चाले लचकता देखाउनुपर्छ।' 

राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले मधेसी तथा आदिवासी जनताले अधिकार प्राप्तिका लागि जीवन उत्सर्ग गरेकाले मधेस र थरुहटलाई टुक्राटुक्रा पारेर गरिने चुनावले कसैको हित नगर्ने विचार व्यक्त गरे। 

मधेसी तथा जनजातिले उठाएका माग पूरा गराई मेचीदेखि महाकालीसम्म, झापादेखि कञ्चनपुरसम्म र मधेसदेखि थरुहटसम्म एकैपटक निर्वाचन हुनुपर्ने आफूहरुको प्रमुख माग रहेको स्पष्ट पार्दै उनले बल प्रयोग गरेर निर्वाचन गराइए मुलुक सफल हुन नसक्ने बताए। रासस 

प्रकाशित ३ असार २०७४, शनिबार | 2017-06-17 20:40:36

प्रतिकृया दिनुहोस

विचार

सुखद शुक्रबार

ब्लग

प्रविधि

रोचक

NepalKhabar Tweets

विशेष

  • चर्चामा मोदीको ‘अंकमाल कुटनीति’

    भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दिने गरेको भाषणको जति चर्चा हुन्छ, त्यति नै चर्चा हुने गर्छ उनले गर्ने अंकमालको। विश्वका नेताहरुसँग मोदीले...

  • एउटा नेताको इखले जन्माएको चिनियाँ हाइस्पीड रेलको किस्सा

    रेलको सबैभन्दा विलासी डिब्बाको सिट भाडा १७४८ पर्छ जुन विमानको भन्दा करीब ५०० आरएमबीले बढी हो। साडे ५ सय आरएमबीमा सोही स्पीड रेलको साधारण टिकट किन्न...

  • पूर्वसभासद फुदुङ कुटपिटः यस्तो रहेछ खास कारण

    सुनसरीको इटहरी उपमहानगरपालिकाको ४ नम्बर वडामा पूर्वजर्नेल तथा माओवादी केन्द्रका पूर्वसांसद् कुमार फुदुङ कुटिएका छन्। आफ्नै रिसोर्टमा महिला मृत...

  • प्रदेश नम्बर ५ को राजधानी दाङ कि बुटवल? मतदाता झुक्याए नेताले

    एमाले नेता विष्णु पौडेलले त पटक पटक ‘एमालेले बुटवललाई राजधानी बनाउने निर्णय गरिसक्यो, ढुक्क हुनुहोस्’ भनिरहेका छन्। तर सोही पार्टीका अर्का नेता...