दार्जिलिङको आन्दोलन हिंसात्मक, तीनको मृत्यु



दर्जिलिङमा गोली लागी तीन जनाको मृत्यु भएको छ। आज बिहान ११ बजेपछि सुरु भएको झडपमा दुई आन्दोलनकारी र एक प्रहरीको मृत्यु भएको हो।

‘हामीले अहिलेसम्म दुईजनाको शव प्राप्त गरिसकेका छौँ,’ गोर्खा जनमुक्ति मोर्चाका महासचिव विनय तामाङले भने, ‘अझ एकको शव निकाल्न पाइएको छैन। जम्मा तीनको मृत्यु भइसकेको छ। एकजनाको शव सिंहमारी पुलिस स्टेशनमाथिको जङ्गलमा छ भन्ने खबर आएको छ।’

गोली चलेपछि आक्रोशित आन्दोलनकारीले सिंहमारीमा एक प्रहरीलाई खुकुरी हानेका छन्। मृतक प्रहरीको नाम किरण तामाङ भएको बताइएको छ।

प्रहरीले आफूले गोली नचलाएको बताइरहेको छ भने मृतकको शरीरबाट सेनाले प्रयोग गर्ने गोली पाइएको बताइएको छ।

महासचिव विनय तामाङका अनुसार घाइते हुनेहरूको सङ्ख्या कैयौँ छ। 

मोर्चा सहसचिव विनय तामाङले यो घटनाको निन्दा गर्दै पुलिसले मोर्चाको आन्दोलन दबाउन आन्दोलनकारीहरूलाई गोली हानेर हत्या गरेको आरोप लगाएका छन्। उनले कानुनी रुपमा घटनाको छानबीनको माग राखेका छन्।

ममता बनर्जीको पश्चिम बंगाल सरकारले नेपालीभाषी क्षेत्रका सरकारी विद्यालयमा बंगला भाषाको पठनपाठन अनिवार्य गरेपछि मोर्चाले गत सोमबारदेखि अनिश्चितकालिन दार्जिलिङ बन्द आह्वान गरेको छ। 

मोर्चाले अर्को देशबाट सहयोग लिइरहेको छ- ममता बनर्जी

पहाडका १५ वटा डेभेलपमेन्ट बोर्डसँगको बैठकपछि मुख्यमन्त्री ममता बनर्जीले कलकत्तामा पहाडमा शान्ति स्थापनार्थ एक समिति बनाइएको बताइन्।

‘पहाडमा शान्ति स्थापनाको निम्ति बोर्डका सदस्यहरूको एउटा कमिटी बनाइको छ। जसको जिम्मा लेप्चा बोर्डका चेयरम्याम एलएस तामसाङलाई दिइको छ,’ बनर्जीले भनिन्।

बैठकपछि मुख्यमन्त्री बनर्जीले मोर्चाले जस्तो हिंसा आतंकवादीहरुले मात्र गर्ने र उनीहरुले अर्को देशबाट सहयोग लिइरहेको दाबी गरिन्। ‘मोर्चाले अनाहकमा पहाडमा हिंसा गरिरहेको छ। यस्तो हिंसा आतङ्कवादीहरूले मात्र गर्छ। पुलिस प्रशासनसित प्रमाण छ, मोर्चाको हात नर्थ इष्टका भूमिगत सङ्गठन र अर्को देशसित छ,’ ममता व्यानर्जीले भनिन्, ‘मोर्चाले हातहतियार पहिलेदेखि नै थुपारेर राखेको थियो। दार्जीलिङ अन्तराष्ट्रीय सिमामा छ। धेरैवटा देश नजिकमा छ। हतियार त्यहीँबाट ल्याइएको हो।’

उनले मोर्चाले पानीको लाइन काटेको, अस्पताल भत्काएको र सरकारी संशाधनहरू नष्ट गरेको आरोप लगाइन्।

‘मोर्चाले देशको कानुन मान्दैन। देशको झण्डा बरबर्ताको निम्ति प्रयोग गरिरहेको छ। म दार्जीलिङका जनतालाई मोर्चासित नलाग्न र शान्ति कायम गर्ने अपिल गर्छु,’ उनले थपिन्।

प्रकाशित ३ असार २०७४, शनिबार | 2017-06-17 14:53:12

प्रतिकृया दिनुहोस

विचार

सुखद शुक्रबार

ब्लग

प्रविधि

रोचक

NepalKhabar Tweets

विशेष

  • चर्चामा मोदीको ‘अंकमाल कुटनीति’

    भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दिने गरेको भाषणको जति चर्चा हुन्छ, त्यति नै चर्चा हुने गर्छ उनले गर्ने अंकमालको। विश्वका नेताहरुसँग मोदीले...

  • एउटा नेताको इखले जन्माएको चिनियाँ हाइस्पीड रेलको किस्सा

    रेलको सबैभन्दा विलासी डिब्बाको सिट भाडा १७४८ पर्छ जुन विमानको भन्दा करीब ५०० आरएमबीले बढी हो। साडे ५ सय आरएमबीमा सोही स्पीड रेलको साधारण टिकट किन्न...

  • पूर्वसभासद फुदुङ कुटपिटः यस्तो रहेछ खास कारण

    सुनसरीको इटहरी उपमहानगरपालिकाको ४ नम्बर वडामा पूर्वजर्नेल तथा माओवादी केन्द्रका पूर्वसांसद् कुमार फुदुङ कुटिएका छन्। आफ्नै रिसोर्टमा महिला मृत...

  • प्रदेश नम्बर ५ को राजधानी दाङ कि बुटवल? मतदाता झुक्याए नेताले

    एमाले नेता विष्णु पौडेलले त पटक पटक ‘एमालेले बुटवललाई राजधानी बनाउने निर्णय गरिसक्यो, ढुक्क हुनुहोस्’ भनिरहेका छन्। तर सोही पार्टीका अर्का नेता...