फोटो फिचर

नयाँ प्रतिनिधिहरुको धमाधम सपथ र पदभार

स्थानीय तह निर्वाचनमा चुनिएका जनप्रतिनिधहरुले धमाधम सपथ र पदभार ग्रहण गरिरहेका छन्। मतपरिणाम सार्वजनिक भइसकेका गाउँपालिका र नगरपालिकाहरुमा सपथ र पदभार ग्रहण हुन थालेको हो। उपत्यकाको भक्तपुर नगरपालिकाका नवनिर्वाचित पदाधिकारीसहतिको पहिलो बैठक समेत बसे।

कीर्तिपुरमा विजयको भोलिपल्ट पनि दिनैभरि जुलुस

चोकचोकमा फूलमाला, अबिर र सगुन लिएर स्थानीयवासीहरू कुरिरहेका छन्। नवनिर्वाचित मेयर, उपमेयरसहितको टोली धिमे वाद्य समूह अघि लगाएर जब घरछेउ आइपुग्छ, दैलादैलाबाट मानिसहरू बाहिर निस्कन्छन् अनि टीका र माला थपिदिन्छन्।

मतगणना गति बढ्दैछ, स्थगलगत चासो घट्दैछ

काठमाडौं महानगरपालिकाको मतगणनामा सुरुसुरुमा चौतर्फी चासो जस्तै मतगणनास्थलमा पनि मान्छेहरुको घुइँचो धुमधाम थियो। जब मतगणनाले लामो समय लिने भयो, बिस्तारै बिस्तारै मान्छेहरु घट्न थाले। अधिकांशले मतगणनाको अपडेट मोबाइलबाटै लिन थाले। निर्वाचन आयोगले...

काठमाडौँ–२ मा एमालेको विजय र्‍याली

काठमाडौँ महानगरपालिका वडा नम्बर दुईमा नेकपा एमालेको प्यानल नै विजयी भएपछि विजय जुलुस आयोजना गरिएको छ। वडा नम्बर दुईको अध्यक्षमा राजेन्द्रकुमार श्रेष्ठ १८४० मत प्राप्त गर्दै विजयी बनेका हुन्।

ललितपुरमा एमालेको विजय उत्सव

ललितपुर महानगरपालिकाको वडा नम्बर ३ र चारमा नेकपा एमालेको प्यानल नै विजयी भएको छ। विजयपछि एमालेले त्यहाँ र्‍याली निकालेको छ। ललितपुरको वडा नम्बर ३ मा एमालेका श्रीगोपाल महर्जन र ४ नम्बर मा एमालेका नारायण केसी अध्यक्षमा विजयी भएका हुन्। हेरौं,...

भित्र मतगणना, बाहिर मनको ताडना

तीनवटा प्रदेशमा आइतबार सम्पन्न भएको स्थानीय तहको निर्वाचनको मतगणना तीनै प्रदेशमा सुरु भएको छ। त्यसमध्ये पनि चारवटा महानगरले धेरैको ध्यान खिचिरहेका छन्। काठमाडौं महानगरपालिकाको मतगणना सोमबार मध्यान्हदेखि सुरु भएको छ। भित्र मतगणना चलिरहेको छ र बाहिर...

काठमाडौं महानगरमा मत गणना

काठमाडौँ महानगरपालिकाको मतगणना मध्यान्हबाट सुरु भएको छ। सुरुमा वडा नम्बर १ र ३२ बाट मतगणना गरिएको छ। राजधानीको महानगर भएका कारण काठमाडौंलाई धेरैले ध्यानपूर्वक नतिजा पर्खिरहेका छन्। हेरौं मतगणनाका केही दृश्यहरुः

विजय अब ब्यालेटभित्र

स्थानीय तहको पहिलो चरणको चुनाव सकिएको छ। मतदाताले अब ब्यालेट बक्सभित्र कैद भएको आफ्नो विजयको प्रतीक्षा गरिरहेका छन्। करिब ७१ प्रतिशत मतदान भएको निर्वाचन आयोगले अनुमान गरेको छ। तीन प्रदेशका ३४ जिल्लामा सम्पन्न भएको मतानमा करिब ७१ प्रतिशत मतदान भएको...

मतदानमा उत्साहजनक सहभागिता

नेपालमा गणतन्त्रपछिको पहिलो स्थानीय तहको निर्वाचनको मतदान तीन प्रदेशमा जारी छ। नयाँ संघीय संरचना अनुसार तीन प्रदेशका ३४ जिल्लामा स्थानीय तह चयनका लागि आज मतदान भइरहेको हो।

पोखरामा सेनाले शंकास्पद वस्तु निस्क्रिय पार्‍यो

पोखराको सभागृह चोकमा शनिबार बिहान कालो झोलामा शंकास्पद वस्तु (होक्स) भेटिएपछि बम राखिएको हल्ला फैलियो। हल्ला फैलिनासाथ नेपाली सेनाको एयरपोर्ट स्थित कालीभञ्जन गणको टोली घटनास्थलमा पुगेर उक्त शंकास्पद वस्तु निस्क्रिय पार्यो। झोलामा प्रेसर कुकर...

राष्ट्रपति भण्डारी बैङ्कक प्रस्थान

राष्ट्रपति विद्यादेवी भण्डारी श्रीलङ्का र थाइल्यान्डको गरी पाँचदिने औपचारिक भ्रमणका लागि शुक्रबार बिहान थाइल्यान्डको बैङ्ककतर्फ प्रस्थान गरेकी छिन्। श्रीलङ्काका राष्ट्रपति मैत्रीपाला सिरिसेनाको औपचारिक निमन्त्रणामा उनी श्रीलङ्का जान लागेकी हुन्।

मतदाता परिचयपत्र हात पार्दाको खुशी

यही वैशाख ३१ गते हुन गइरहेको स्थानीय तहको पहिलो चरणको निर्वाचनका लागि निर्वाचन आयोगले बिहीबारदेखि मतदाता परिचय पत्र वितरण सुरु गरेको छ। निर्वाचन आयोगले आजदेखि ३० गते सम्ममा मतदान केन्द्रमा पहिलो चरणमा निर्वाचन हुने प्रदेशका मतादाताहरुलाई परिचयपत्र...

उँभौलीको रौनक

वैशाखे पूर्णिमादेखि सुरु हुने उँभौली पर्व १५ दिनसम्म चल्छ। किराती समुदायले आ–आफ्नो घरको कुलपित्र गर्ने, आफन्तबीच शुभकामना आदान–प्रदान गर्ने तथा सामूहिक रूपमा भेला नाचगान गर्दै यो पर्व मनाउँछन्।

जन्मस्थलमा बुद्ध जयन्ती

बुद्ध जन्मस्थल लुम्बिनीमा २५६१ औं बुद्ध जयन्तीको अवसरमा बिशेष कार्यक्रम भएको छ। बुद्ध जयन्ती तथा लुम्बिनी दिवसको समारोहमा भाग लिन उपराष्टपति नन्दबहादुर थापा लुम्बिनी आइपुगेका छन्।

नरिवल खसाल्ने जात्रा

रातो मत्स्येन्द्रनाथको रथजात्राको क्रममा मनाइने नरिवल खसाल्ने जात्रा राजधानीमा मनाइएको छ। नेपालकै सबैभन्दा लामो जात्राको चिनिने यो जात्रामा रथको टुप्पोबाट नरिवल खसालेर खाइन्छ र त्यसरी खान सक्ने व्यक्तिलाई पुत्रलाभ हुने जनविश्वास रहिआएको छ।

सगरमाथा फेदीमा बिहे, पदयात्रामा हनिमुन

सबै जोडीलाई लाग्छ, आफ्नो बिहे स्मरणीय होस्। रमाइलो होस् र त्यसको मिठास जीवनका सबै क्षणमा अनुभूत गर्न पाइयोस्। यस्तै चाहनाले त होला अमेरिकी जोडी जेम्स सिसोम, ३५ र एस्ले सेमिडर, ३२ संसारकै सबैभन्दा अग्लो हिमाल सगरमाथाको फेदीमा बिहे गर्न आइपुगे।

ह्याप्पी मे सङ्क्रान्ति!

यस वर्षको १२८औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस अर्थात् मे दिवस सोमबार विविध कार्यक्रम गरी मनाइँदैछ। सन् १८८६ मा अमेरिकाको सिकागोमा ‘आठ घन्टा काम, आठ घन्टा मनोरञ्जन र आठ घन्टा आराम’ नारासहित सुरु भएको मजदुर आन्दोलनको सम्झनामा विश्वभर श्रमिक दिवस मनाइन्छ।

आहा! मत्स्येन्द्रनाथको जात्रा

काठमाडौँमा मनाइने जात्राहरु मध्ये सबैभन्दा लामो समयसम्म मनाइने रातो मत्स्येन्द्रनाथ ( बुगंद्य) को जात्रा आइतबारबाट सुरु भएको छ। गएको बिहिबार मूर्ति बुगंद्यलाई करिब ४० फिट अग्लो, चार पाङ्ग्रा भएको रथमा विराजमान गराएको थियो, जसलाई लिन अर्को रथमा...

शनिबार सबेरै बागमती सफाइ

हरेक सातान्तमा हुने बागमती सफाइ अभियान शनिबार थापाथली वरिपरि सम्पन्न भएको छ। केही वर्षदेखि निरन्तर हरेक शनिबार सबेरै बागमती किनारमा पुगेर फोहोर उठाउने र नदी सफाइ अभियानमा सचेतता फैलाउने अभियान जारी छ। अभियानमा बेलाबेलामा सामाजिक क्षेत्रका अगुवा र...

कमालको कायकिङ

कायकिङ अर्थात् नदी-खेल। स्वच्छ पानी बग्ने खोला र नदीमा कायकिङ गर्नुको मज्जा अलग छ। खासगरी गर्मी मौसममा आन्तरिक र बाह्य पर्यटकहरु यो खेलमा रमाउँछन्।

आमाको सम्मानमा मातातीर्थमा मेला

वैशाख कृष्णऔँसीका दिन अर्थात् आज आमाको मुख हेर्ने दिनका रुपमा मनाइँदैछ। जीवित आमालाई मीठो खान लाउन दिई सम्मान गरिन्छ भने दिवङ्गत आमाको सम्झनामा तर्पण, पिण्ड दान र श्राद्ध गरी सम्झना गरिन्छ। आजका दिन मातृश्राद्ध गरे अक्षय पुण्य प्राप्त भई आमाले...

सम्पदा अवलोकनमा राष्ट्रपति

विनाशकारी भूकम्प गएको ठीक दुई वर्ष पुगेको दिन मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले भक्तपुर दरबार स्क्वायरको अवलोकन गरेकी छन्। विश्व सम्पदा सूचीमा समाविष्ट सो क्षेत्र भूकम्पले नराम्ररी क्षतिग्रस्त भएको थियो। अवलोकनका क्रममा भत्किएका सम्पदाको...

भूकम्प स्मृतिः वैशाख १२ का यी १२ तस्‍विर

ठीक दुई वर्षअघि २०७२ साल वैशाख १२ गते गएको महाभूकम्पमा ८ हजार ७ सय ९० जनाले ज्यान गुमाएका थिए। भूकम्पमा परी हजारौं मान्छे घाइते भएका थिए, लाखौं घर भत्किएका थिए। यसबाहेक सांस्कृतिक सम्पदा, मठ मन्दिरमा पनि ठूलो क्षति भएको थियो। फोटो पत्रकारका...

विधान बदलिदिएकोमा विरोध

सत्तारुढ दल राष्ट्रिय प्रजातन्त्र पार्टीले निर्वाचन आयोगले आफ्नो दलको विधानबाट 'हिन्दु राष्ट्र' र 'राजतन्त्र' हटाएको विरोधमा मंगलबार प्रदर्शन गरेको छ। राप्रपाले निर्वाचन आयोगको निर्णयको प्रतिलिपि जलाएर विरोध गरेको हो। काठमाडौंमा भएको प्रदर्शनका...

राष्ट्रपति भण्डारीलाई मोदी र मुखर्जीको स्वागत

राष्ट्रपति विद्यादेवी भण्डारीलाई भारतले नयाँ दिल्लीमा ‘गार्ड अफ अनर’ सहित स्वागत गरेको छ। उक्त समारोहमा भारतीय समकक्षी प्रणव मुखर्जी र प्रधानमन्त्री नरेन्द्र मोदीसहित विशिष्ट व्यक्तिको उपस्थिति थियो। हेर्नुस् पाँच तस्बिरमा, कसरी स्वागत गरे मोदी र...

चित्रे रन-बन, हिमालसँगै हाँस्छ मेरो मन

वरिपरि देखिने मनोरम हिम–श्रृंखला। बनजंगलको हरियाली। तल खोँचमा सुसाउँदै गरेका खोलानाला। गुजुमुज्ज तर चिटिक्क परेको गामबस्ती। पर्वतको चित्रे पुग्दै गर्दा या पुगेपछि पर्यटकका रुपमा तपाईँलाई यहाँको वातावरणले मोहित बनाउँछ।

गैंडा-हत्याको विरोधमा शोकर्‍याली

तस्करले दुर्लभ एकसिङ्गे गैँडा मारेको शोकमा आइतबार चितवनको रत्ननगरस्थित सौराहामा झोपो बानेर शोक र्‍याली प्रदर्शन गरिएको छ। चितवन राष्ट्रिय निकुञ्ज आसपासका झन्डै ४० वटा सङ्घसंस्थाले संयुक्त रुपमा कार्यक्रम गरी शोक र्‍याली निकालेका हुन्।

विचार

सुखद शुक्रबार

ब्लग

प्रविधि

रोचक

NepalKhabar Tweets

विशेष

  • नयाँ मेयरलाई २० बर्ष पुरानो गाडी

    पोखरा आउने विशिष्ट पाहुना र नगरपालिकाका कार्यकारीले यो गाडी प्रयोग गर्थे। ‘निसान कम्पनीको जापानी प्याट्रो गाडी नयाँ मेयरका लागि व्यवस्था गरेका...

  • प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’

    माओवादी बैठकले प्रधानमन्त्रीलाई भन्योः राजीनामाबारे देउवासँग सल्लाह गर्नुस्

    सत्तारुढ दल नेकपा माओवादी केन्द्रले दोस्रो चरणको निर्वाचन र सरकार परिवर्तनबारे नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग कुराकानी गर्न पार्टी...

  • सरकार परिवर्तन हुँदा ओबर सम्झौता लागू हुनेमा बेइजिङमा संशय

    नेपाल र चीनबीच ओबर परियोजना सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएपनि बेइजिङका केही विज्ञहरूले काठमाडौँले त्यसलाई तत्काल कार्यान्वयन थाल्नेमा संशय...