घुर्मैलो तिब्बतको कायाकल्प



हङकङले तिब्बतको जलस्रोतबाट गूनिलो खानेपानीको फाइदा लिइरहँदा त्यहाँको कृषि प्रणाली नेपालका उच्च हिमाली भूभागमा प्रासंगिक हुनसक्छ।

सन्दर्भः गत अगस्टमा म चीनको स्वशासित क्षेत्र तिब्बतको आफ्नो तेस्रो भ्रमणमा थिएँ। पहिलो र दोस्रो तिब्बत भ्रमण मैले अक्टोबर २००४ र सेप्टेम्बर २००६ मा गरेको थिएँ। चीन अध्ययन केन्द्र नेपालको महासचिवका रुपमा म ती प्रतिनिधिमण्डलका मुख्य सदस्य थिएँ। तिब्बतको ‘फरेन कल्चरल एक्स्चेन्ज एसोसिएसन’, तिब्बत विश्वविद्यालय र ‘तिब्बत एकेडेमी अफ सोसल साइन्सेज’ (तास) को निमन्त्रणामा ती भ्रमण भएका थिए।

सुरुका दुई भ्रमण चिनियाँ दूतावासको समन्वयमा भएका थिए। चीन अध्ययन केन्द्र नेपाल र तासबीच २०१४ मा भएको प्रारम्भिक सम्झौताले तेस्रो भ्रमणको आधार तय गरेको थियो। तिब्बतको आर्थिक तथा सामाजिक विकासलाई ध्यानमा राख्दै चीन अध्ययन केन्द्र नेपालले यसको १० सदस्यीय प्रतिनिधिमण्डललाई विविधतायुक्त र पेसागत बनाउन कोशीश गरेको थियो। सो प्रतिनिधिमण्डलमा राजनीतिक विश्लेषक, विकास योजनाविद्, संवैधानिक कानुनका ज्ञाता, जलस्रोत इन्जिनियर, फाइनान्स विशेषज्ञ, स्वास्थ्य व्यवसायी तथा चिनियाँ भाषाविज्ञ लगायत थियौँ।

पहिलो भ्रमणः २००४ चीन र तिब्बतमा बाँदर वर्ष थियो र तिब्बत घुर्मैलो देखिन्थ्यो। ल्हासाको जनसंख्या एकदमै थोरै थियो। आफूसँग भएको सांस्कृतिक सम्पदामा पारिस्थितिक, सामाजिक र आर्थिक मूल्य जोडेर त्यसको फाइदा लिन तिब्बतले सकेको थिएन। बौद्ध–हिन्दु परम्परामा बाँदर–हनुमान उर्जा, लगन र फड्कोे प्रतीक रहँदै आएको छ। शान्तिपूर्ण आध्यात्मिक समर्पणसहितको दृष्टिकोणलाई संरक्षण गर्ने मात्र होइन, आधुनिक विकास र सुधारका सन्दर्भमा आफ्ना शान्तिपूर्ण आध्यात्मिक समर्पणको परम्परालाई संयोजन गर्न पनि तिब्बतले वास्तवमै उर्जा, समर्पण र महान फड्को मार्न सामथ्र्य प्रदर्शन गर्न थालेको थियो।

तिब्बतमा विकास र सुधारलाई तीव्र बनाउनका लागि चीनको स्टेट काउन्सिलअन्तर्गतको थिङ्कट्याङ्क ‘डेभेलपमेन्ट रिसर्च सेन्टर’ ले पश्चिमी चीन विकास रणनीति (डब्लुसिडिएस) निर्माण गरेको हो। सो रणनीति सन् १९९९ देखि नै कार्यान्वयनको चरणमा थियो। त्यसले स्पष्टतः तिब्बतलाई तीन तरिकाले सहयोग गर्यो– एक, तिब्बतका लागि सुहाउँदो नीति छनोट गर्न। वित्तीय र प्राविधिक स्रोत केन्दहरु जस्तै बेइजिङ, सांघाई महानगरपालिका– सिचुवान, सान्दोङ, जियाङसु, हेलोङजियाङ र जिलिङजस्ता प्रान्तबाट तिब्बतको तीव्र विकासका लागि साधन परिचालन गर्ने नीतिले मान्यता पाउन। दुई, विश्वको उच्च स्थानमा ११४२ किलोमिटर लामो गोलमुड (चिङहाई–ल्हासा रेल परियोजनामा केन्द्रिय सरकारको लगानी गर्न। र तीन, विश्वव्यापी रुपमा खुला गरी तिब्बतमा अवसर वृद्धि गर्न।

दोस्रो भ्रमणः २००६ चीनको कुकुर वर्ष र चिनियाँ कम्युनिष्ट पार्टीको ८५ औँ वार्षिकोत्सव परकोे १ जुलाईका दिन बेइजिङबाट ल्हासाका लागि पहिलो नियमित रेल छुट्यो। ३७५७ किलोमिटर पार गरेर सो रेल ४१ घण्टापछि ल्हासा पुग्यो। त्यसैले सो रेल दुर्गम तिब्बतलाई चीनका बाँकी भूभागसँग ठोस रुपमा जोड्ने सबैभन्दा आधुनिक मार्ग बन्यो। कुकुरले इमान्दारिता, एकजुटता, दृढता र आत्मविश्वासलाई संकेत गर्दछ। धेरैलाई असम्भव लाग्ने पूर्वाधार निर्माण भई तिब्बतमा रेल आउनु यिनै गुणको अभिव्यक्ति थियो। ती दिनमा ल्हासामा आकासे रेलको चर्चा व्याप्त थियो, जुन तिब्बतको सामाजिक, आर्थिक र सांस्कृतिक परिदृश्यको भाग कहिल्यै थिएन। जुलाई र अगस्ट दुई महिना सञ्चालित रेलको अवलोकन गरिसकेका तासका पदाधिकारीहरुले आफ्नो प्रारम्भिक मूल्यांकनमा यी परिणामहरुको चर्चा गरेका छन्– एक, साना उद्योगहरुको स्थापनाका लागि उपकरणहरुको प्राप्ति। दुई, स्थानीय वातावरणमा मिल्दो तरकारी उत्पादनको प्रविधि प्रवद्र्धन। तीन, जुलाई–अगस्ट २००५ को तुलनामा पर्यटक आगमनमा दोब्बर वृद्धि। र चार, ल्हासासम्मको रेल सेवाले हवाई भाडामा कटौतीे।

मेरो दृष्टिमा ल्हासामा रेल आइपुगेपछि भएको सम्भवतः सबैभन्दा महत्वपूर्ण परिवर्तन चीन– तिब्बत सम्बन्धबारेका अभिव्यक्तिमा पाउन सकिन्छ। ‘चीनको मूख्यभूमि’ औपनिवेशिक थियो। अब चीनको यस सीमा क्षेत्रबाट हेर्दा सम्भवतः इतिहासमै पहिलो पटक सही तरिकाले तिब्बतलाई चीनको भित्री भागसम्म जोडिएको थियो। यस सन्दर्भमा तिब्बत विश्वविद्यालयका उपाध्यक्ष प्राध्यापक दालुसाङ लाङ्जेको नेतृत्वमा गरिएको छलफल साँच्चै उल्लेखनीय थियो।

तेस्रो भ्रमणः १० वर्षपछि म एक पटक फेरि ल्हासा पुगेको थिएँ। ल्हासा लगभग चारैतिर बढेको थियो। हाल ल्हासा उपप्रदेशको क्षेत्रफल ३० हजार वर्ग किलोमिटर र जनसंख्या ११ लाख थियो। यस पटक हामीले घुमेको तिब्बतका स्थानहरु यश, क्षमता र आत्मविश्वास प्रदर्शन गरिरहेका थिए। खासगरी नयाँ संस्कृति निर्माण, ऐतिहासिक ज्ञान व्यवस्थापन, सहरीकरण योजना र पर्यटन विकास, स्वास्थ्य र शिक्षा सेवा, जल तथा उर्जा उद्योग र प्राविधिक– औद्योगिक–कृषि आविष्कारजस्ता क्षेत्रहरुमा।

तिब्बत कल्चरल टुरिज्म क्रियटिभ पार्क आफैँमा सांस्कृतिक कायाकल्पको अनुभव थियो। तिब्बती राजा स्रङचन गम्पोसँग विवाह गरेर गएकी चिनियाँ राजकुमारी वेनचेङको एक कल्पनाशील र बृहत् खुला थिएटरमा मञ्चित इतिहास अन्तर–साम्प्रदायिक एकताको कथा मात्र थिएन बरु लामो समयदेखि बेइजिङ र ल्हासाबीच रहेको ऐतिहासिक र समाजिक– सांस्कृतिक सम्बन्धको प्रतीक पनि थियो।

ऐतिहासिक ज्ञान व्यवस्थापनको सन्दर्भमा यामेन (पुरानो तिब्बतमा चीनको सरकारी कार्यालय) को भ्रमण फलदायी थियो। जोखाङ मन्दिरनजिकको त्यो संग्रहालयमा गजबको दृश्यात्मक र लिखित संग्रह थियो, जुन नेपाल र चीन दुवैसँग सम्बन्धित थियो। सो संग्रहालय आफैँमा जस्तोसुकै अवस्थामा पनि चीन र नेपाल तिब्बतसँग साइनोमा रहेको तथ्यको स्पष्ट प्रमाण थियो। ल्हासाको चुसुई काउन्टीमा रहेको ‘प्योर ल्यान्ड इन्डष्ट्रियल गार्डेन’, परम्परागत अस्पताल र गान्लु मेडिकल कम्पनीमा हाम्रो भ्रमणले तिब्बती औषधी उद्योगको आधुनिकतालाई दर्शाउँथ्यो। औषधी बनाउन आवश्यक जडीबुटी ‘प्योर ल्यान्ड इन्डष्ट्रियल गार्डेन’ मा उमारिएको थियो। औषधी उद्योगमा सो पार्कले हरियाली वातावरण सिर्जना गरेको थियो।

ल्हासा अर्बान प्लानिङ र कन्स्ट्रक्सन एक्जिबिसन हलमा भविष्यको गुणस्तरीय जीवन, योजनावद्ध सहरीकरण, वातावरणमैत्री सवारी साधन र तिब्बतभर दिगो र भरपर्दो यातायात सञ्जालको भिजन देख्न सकिन्थ्यो। ल्हासा ट्रामलाई वातावरणमैत्री सवारी साधनको रुपमा परिचित गराउने योजनामा छ। चारै दिशामा सहरको यस्तो विस्तार र सवारीको घुइँचो २००४ मा देखिँदैनथ्यो। यातायात केन्द्रवरिपरी बसोबासका लागि योजनावद्ध र भविष्यमुखी सहरीकरणको ढाँचा आवश्यक हुन्छ। ल्हासा अर्बान प्लानिङ र कन्स्ट्रक्सन एक्जिबिसन हलले विकासको यही निर्णायक पक्षलाई प्रदर्शन गर्दछ।

शिक्षाको कुरा गर्दा ल्हासाको सेकेन्ड करिअर ट्रेनिङ स्कुलको भ्रमणबाट तिब्बतको सांस्कृतिक र आर्थिक आवश्यकताको प्राथमिकताबारे थाहा भयो। सो स्कुलले सीपमूलक क्षमता वृद्धि गर्न जोड दिएको थियो र यसले तिब्बती विद्यार्थीहरुलाई तुरुन्तै जागिरका लागि तयार हुन सहयोग गरेको मात्र होइन, तिब्बतको अमूर्त सम्पदा र कलालाई प्रवद्र्धन गर्न पनि सहयोग गरेको थियो। अभिभावकहरु आफ्ना केटाकेटीलाई स्कुल ल्याइरहेका देख्न सकिन्थ्यो। स्कुलमा आवासीय सुविधाहरु पनि उपलब्ध थियो।

अन्य तीन क्षेत्र प्राकृतिक जलस्रोत, वैकल्पिक उर्जा, उच्च स्थानको खेतीपातीमा पनि तिब्बतले प्रगति गरेको देख्न सकिन्थ्यो। ल्हासा प्राविधिक विकास क्षेत्रको प्राकृतिक जलस्रोत प्लान्ट र तिब्बत एकेडेमी अफ एग्रिकल्चरल साइन्सेजसमा गरिएको कृषि अनुसन्धानले तिब्बतलाई गुणस्तरीय जलस्रोत र उच्च स्थानको अल्पाइन मौसममा एक ब्रान्डको रुपमा स्थापित गर्न सक्छ। हङकङले तिब्बतको जलस्रोतबाट गूनिलो खानेपानीको फाइदा लिइरहँदा त्यहाँको कृषि प्रणाली नेपालका उच्च हिमाली भूभागमा प्रासंगिक हुनसक्छ। तासले माटो र पानीमा आधारित बागबानीकोे तुलनात्मक परीक्षणले खाद्य सुरक्षासम्बन्धी चासोलाई ख्याल गर्ने मात्र होइन प्रकृतिसँग लय कायम गर्ने कृषि विज्ञानलाई प्रवद्र्धन पनि गर्दछ।

तिब्बतको पारिस्थितिक औद्योगिकीकरण र अन्वेषणले ग्रिन इनर्जीको माग गर्छ। र, यो सौर्य उर्जाको रुपमा त्यहाँ विद्यमान छ। तिब्बत किन्केड इनर्जी लिमिटेड घुम्दा तिब्बत पहिले नै सौर्य उर्जालाई प्रयोग गर्ने सम्बन्धमा ‘स्वर्ग’ बनिसकेको कुरा थाहा भयो। त्यहाँ ठूलो संख्यामा स्थानीय र राष्ट्रिय दुवै खाले सौर्य उर्जा कम्पनीहरुले सौर्य उर्जाको विकास गरेका रहेछन्। केन्द्रिय सरकारले सौर्य उर्जा वृद्धिको नीतिलाई प्राथमिकतामा राखेर त्यस्ता कम्पनीलाई तिब्बतमा आकर्षित हुनका लागि पर्याप्त प्रोत्साहन दिएको रहेछ।

तिब्बत हुँदै नेसनल पावर ग्रिड फैलिएको र स्थानीय सौर्य उर्जालाई पनि त्यसैमा समेटेको हुनाले सौर्य उर्जा वातावरणमैत्री हुनुका साथै आर्थिक हिसाबले पनि व्यवहारिक उद्योग बनेको छ। तिब्बतको विस्तार, धरातल र खुला आकाशका कारण त्यहाँको सौर्य उर्जा विकास र व्यवस्थापनको अनुभव नेपालका हिमाली जिल्लाहरुमा पनि प्रासंगिक हुनसक्छ।

पार्टी सचिव तथा तासका डेपुटी डिन चे मिङ्ह्वाइको चर्चा नगरे तिब्बत भ्रमणको यो कथा अपुरो रहनेछ। उनले हाम्रा दुई अन्तत्र्रिmयात्मक सेमिनारमा तासका तर्फबाट नेतृत्व गरे। उनको खुला र न्यानोपन (जुन तिब्बत क्षेत्रको जीवनस्तरमा वृद्धि भएसँगै भर्खरै प्राप्त गरेको आत्मविश्वासबाट उत्पन्न भएको थियो) ले नेपाललाई एकातिर चीनको वान बेल्ट वान रोडको अग्रसरतामा निम्त्याइरहेकोे थियो भने अर्कोतिर चीन र नेपालको अन्र्तहिमाली क्षेत्रमा साझा सुरक्षाको गैरपारम्परिक र अहस्तान्तरणीय जिम्मेवारी प्रदान गरेको महसुस हामीलाई गराइरहेको थियो।

१२ वर्षमा तिब्बत अझ बढी हरियो भएको छ, त्यहाँको जीवनको गुणस्तरमा सुधार हुनाले अझ बढी सत्कारशील भएको छ। त्यसैले गर्दा तिब्बतभन्दा बाहिर बसिरहेका तिब्बती, चिनियाँ र अरुहरु तिब्बतमा झन् बढी मूल्यवान समय बिताउन चाहन्छन् भने त्यो अब कुनै अचम्मको विषय रहेन।

प्रकाशित २५ पुस २०७३, सोमबार | 2017-01-09 17:12:24

प्रतिकृया दिनुहोस

  • गोर्खाल्याण्ड माग्दै दार्जिलिङका प्रदर्शनकारी

    गोर्खाल्याण्ड चाहिने चार कारण

    तीनतर्फ अन्तर्राष्ट्रिय सीमा (पूर्वमा भुटान, पश्चिममा नेपाल, दक्षिणमा बंगलादेश र उत्तरमा केही पर चीन) रहेको यो संवेदनशील भूगोललाई नाजुक अवस्थामा...

  • हजार वर्षदेखि लडिरहेको छ मधेस

    नान्यदेवको पालादेखि पृथ्वीनारायण शाहको उदय हुनुपूर्वसम्म तिरहुत र नेपाल उपत्यकाबीच संघर्ष चलिरह्यो। यो संघर्षको बीचमा पश्चिमको खस राज्यले नेपाल...

  • सोसल साइन्स वहाका अनुसन्धान पुस्तक सार्वजनिक गरिँदै

    नेपाल-अध्ययनमा 'अन्तर्राष्ट्रिय स्तर' भनेको के हो?

    नेपालमा बेलाबेलामा हुने बहसहरूमा अक्सफोर्डमा यस्तो–यस्तो हुन्छ, हामीले नेपालमा यस्तो गर्न सकेका छैनौं भन्ने खालका बहस सुन्न पाइन्छ। अथवा अक्सफोर्ड,...

  • खेतीमा व्यस्त मधेसी किसान

    तथ्याङ्कमा यस्तो छ तराई–मधेस

    तराईका जिल्लाबाट प्राकृतिक साधन र स्रोतबाट रोयल्टी अन्य जिल्लाभन्दा अपेक्षाकृत कम रहेको छ। जल–सम्पदा जसलाई ‘सेतो सुन’ भनिन्छ। त्यसको स्रोत हिमाली र...

  • स्थानीय निर्वाचन २०७४

    चुनावी घोषणापत्रमा प्रमुख दलका रङ्गीन सपना

    स्थानीय विकासका नाममा रेल कुदाउने सपना बाँड्नु कति उचित हुन्छ? कर्णालीको सिमिकोट गाउँपालिकाले कहाँदेखि कहाँसम्म रेल मार्ग बनाउने? काठमाण्डूमा चालु...

  • प्रदीप गिरी

    सात सालमा कांग्रेसले किन हतियार उठायो?

    चीन स्वाधीन भएको दुई चार महिनामै तिब्बतमा लालसेना आइपुग्यो। लालसेना तिब्बत पुगेको मितिको अघिल्लो दिनसम्म नेपाली कांग्रेसको गतिविधि र लालसेना त्यहाँ...

विचार

सुखद शुक्रबार

ब्लग

प्रविधि

रोचक

NepalKhabar Tweets

विशेष

  • फाइल

    दबाबमा कांग्रेसका शीर्ष नेता, को कहाँ छन् सक्रिय?

    कांग्रेसकी कोषाध्यक्ष सीतादेवी यादव भने काठमाडौंमै आराम गरिरहेकी छिन्। अस्वस्थ रहेकी यादव असार १४ मा हुन लागेको दोस्रो चरणको स्थानीय तह निर्वाचनका...

  • सुन्नुस त! विचार हाम्रा पनि छन्

    जब ग्राहक बारीमा सीधै ताजा तरकारी किन्न जान थाल्छ, बिचौलियाहरु बिच्किन थाल्छन्। र बिचौलिया नबिच्केसम्म ताजगी अलि परको कुरा हुन्छ। विचारका...

  • पवन चाम्लिङ

    गोर्खाल्याण्डप्रति दार्जिलिङबाहिर पनि समर्थन बढ्दै

    भारतको पूर्वोत्तर पहाडी सहर दार्जिलिङमा बेग्लै गोर्खाल्याण्ड राज्यको माग गर्दै सुरु भएको आन्दोलन झण्डै दुई सातादेखि जारी छ। आन्दोलनप्रति...

  • बारपाकमा नमूना एकीकृत बस्ती? गफै मात्र भो

    सहरी बिकास तथा भवन निर्माण डिभिजन कार्यालय गोरखाका प्रमुख रोशन श्रेष्ठले नगर बिकास समिति गठन नहुँदा एकीकृत बस्ती बिकास प्रक्रिया अघि बढाउन कानूनी...