विश्व ध्वस्त पार्ने प्रविधि छ तर बचाउने क्षमता छैन



विश्वभर पहिलेदेखि नै फराकिलो भएको आर्थिक असमानतालाई अझ तीव्र पार्नेछ। इन्टरनेट र यस्ता प्लेटफर्मले निकै कम मानिसहरुलाई मात्र अत्याधिक नाफा कमाउने मौका दिन्छ, त्यो पनि थोरैलाई रोजगारी दिएर। यो अवश्यम्भावी छ। यो प्रगति हो तर सामाजिक रुपमा यो विध्वंसक पनि छ।

क्याम्ब्रिजसँग सम्बन्धित सैद्धान्तिक भौतिकशास्त्री भएको हुनाले म असाधारण सुविधामा बाँचेको छु। विश्वका सबैभन्दा महानमध्ये एक विश्वविद्यालय रहेको क्याम्ब्रिज एक असाधारण सहर हो। त्यस सहरमा आफ्नो उमेरको २० को दशकमा म एक भाग बनेको वैज्ञानिक समुदाय झनै असाधरण थियो।

र त्यो वैज्ञानिक समुदायभित्र अन्तर्राष्ट्रिय सैद्धान्तिक भौतिकशास्त्रीहरुको सानो समूह, जसका साथ मैले आफ्नो कामकाजी समय बिताएँ, कहिलेकाहीँ आफैँलाई शीर्षस्थ मान्ने लोभ गथ्र्यो। किताब प्रकाशित भएसँगै पाएको चर्चा र मेरो बिरामीले ल्याएको एकान्तपनका कारण मैले आफ्नो उचाई झनै अग्लिएको महसुस गरेँ।

त्यसैले अमेरिका र बेलायत दुवै देशमा साम्भ्रान्तहरुलाई गरिएको स्पष्ट तिरस्कार अरु सबैतिर जत्तिकै मतिर पनि सोझिएको थियो। बेलायती मतदाताले युरोपेली युनियनको सदस्यतालाई अस्वीकार गरे र अमेरिकी जनताले डोनाल्ड ट्रम्पलाई आफ्नो राष्ट्रपतिका रुपमा चुने। यसबारे हामीले जे सोचे पनि टिप्पणीकर्ताहरुको दिमागमा यो कदम आफूलाई नेताहरुबाट त्यक्त महसुस गरेका जनताको रिसको अभिव्यक्ति भएको कुरामा कुनै दुविधा छैन।

यो बिर्सिइएकाहरुले बोलेको क्षण भएको कुरामा सबै सहमत देखिन्छन्। तिनले जताततै विशेषज्ञ र साम्भ्रान्तहरुको सल्लाह र मार्गदर्शनलाई अस्वीकार गरेर आफ्नै आवाज भेट्टाएका छन्।

म पनि यो नियमको अपवाद होइन। ब्रेक्जिटबारे मतदान हुनुअघि नै मैले यसले बेलायतमा वैज्ञानिक अनुसन्धानलाई नोक्सान पु¥याउँछ भन्ने चेतावनी दिइसकेको थिएँ। त्यसैले युरोपेली युनियन छोड्नु पश्चगामी कदम हुने मेरो निष्कर्ष थियो। तर मतदाताहरु, कम्तीमा एउटा ठूलो हिस्साले, मेरो चेतावनीलाई राजनीतिक नेता, ट्रेड युनियनका मान्छेहरु, कलाकार, वैज्ञानिक, व्यापारी र सेलिब्रेटीका कुराभन्दा बढी वास्ता गरेनन्। ती सबैले जनतालाई नसुनिएको उस्तै सल्लाह दिएका थिए।

यसबेला यी दुई देशका मतदाताले रोजेको विकल्पभन्दा साम्भ्रान्तहरुले कसरी प्रतिक्रिया जनाउँछन् भन्ने कुराले कैयौँ गुणा बढी अर्थ राख्छ। के यो मतलाई हामीले सत्यतथ्यको वास्ता गर्न असफल अपरिष्कृत पपुलिज्मको लहर मान्नु ठीक होला? वा उनीहरुले प्रतिनिधित्व गर्ने विकल्पहरुको कटौतीको प्रयास? यो भयानक गल्ती हुनेछ भन्ने मेरो तर्क छ।

भूमण्डलीकरण र प्रविधिको क्षेत्रमा आएको तीव्र परिवर्तनको आर्थिक पारिणामहरु बारे यी मतमा अन्तर्निहित चिन्तालाई पूर्ण रुपमा बुझ्न सकिन्छ। कारखानाहरुलाई स्वचालित बनाउँदा परम्परागत निर्माणका क्षेत्रमा मानिसको रोजगारी पहिलेदेखि नै तहसनहस भइसकेको छ। र ‘आर्टिफिसियल इन्टलिजेन्स’को अभ्युदयले मध्यम वर्गलाई समेत जरैसम्म असर पार्नेगरी रोजगारी विध्वंसको यो क्रमलाई तन्काउने सम्भावना देखिन्छ। त्यसबेला अत्याधिक हेरचाह, सिर्जनशीलता र निरीक्षणात्मक भूमिका मात्र मानिसका लागि बाँकी रहनेछ।

यसले विश्वभर पहिलेदेखि नै फराकिलो भएको आर्थिक असमानतालाई अझ तीव्र पार्नेछ। इन्टरनेट र यस्ता प्लेटफर्मले निकै कम मानिसहरुलाई मात्र अत्याधिक नाफा कमाउने मौका दिन्छ, त्यो पनि थोरैलाई रोजगारी दिएर। यो अवश्यम्भावी छ। यो प्रगति हो तर सामाजिक रुपमा यो विध्वंसक पनि छ।

हामीले यसलाई वित्तीय संकटसाथै राखेर हेर्नुपर्छ। जसका कारण वित्तीय क्षेत्रमा काम गरिरहेका एकदमै कम मानिसले ठूलो पुरस्कार प्राप्त गर्न सक्छन् र बाँकी रहेका हामी त्यो सफलताको साक्षी बस्छौँ अनि उनीहरुको लोभका कारण हाम्रो बाटो हराइरहँदा बिल तिरिरहन्छौँ।

वित्तीय असमानता घटिरहेको होइन बढिरहेको विश्वमा हामी बाँचिरहेका छौँ, जहाँ धेरै मान्छेले आफ्नो जीवनस्तर मात्र होइन गुजारा चलाउने उनीहरुको क्षमता गायब भइरहेको देख्न सक्छन्। तसर्थ उनीहरुले नयाँ खालको सम्झौताको खोजी गर्ने कुरा अनौठो होइन। ट्रम्प र ब्रेक्जिटले त्यस्तो खालको सम्झौताको सम्भावनाको प्रतिनिधित्व गरेको देखिएको हुनसक्छ।

विश्वव्यापी रुपमा इन्टरनेट र सोसल मिडिया बिस्तारको अर्को अनायस परिणाम के हो भने त्यस्तो असमानताको धारिलो प्रकृति पहिलेभन्दा अहिले बढी स्पष्ट भएको छ। मेरालागि सञ्चारका लागि प्रविधिको उपयोग गर्ने क्षमता एक मुक्तिदायी र सकारात्मक अनुभव रहँदै आएको छ। योबिना म धेरै वर्षपहिलेदेखि नै काम गर्न सक्ने थिइनँ।

तर यसको अर्थ के पनि हो भने जतिसुकै गरीब भए पनि फोनमा पहुँच हुनेहरुले विश्वका सबैभन्दा सम्पन्न भागमा बस्ने सबैभन्दा धनी व्यक्तिहरुको जीवन पीडादायी रुपमा हेर्छन्। अफ्रिकी मुलुकहरुमा पनि मानिसहरुको शुद्ध पिउने पानीमा भन्दा मोबाइल फोनमा सहज पहुँच छ। यसको अर्थ दिनानुदिन जनसंख्या बढिरहेको यो ग्रहका लगभग कोही पनि त्यो असमानताबाट उम्किन सक्दैन।

यसका परिणामहरुलाई सहजै देख्न सकिन्छः ग्रामीण क्षेत्रका गरीब आशाबाट डोरिएर झुप्रे सहरमा बगाल लाग्छन्। त्यसपछि प्रायःजसो सहरमा ‘इन्स्टाग्राम निर्वाण’ उपलब्ध छैन भन्ने थाहा पाएर उनीहरु विदेशिन्छन् र राम्रो जीवनको खोजीमा हालसम्मकै ठूलो संख्याको आर्थिक आप्रवासीहरुको भीडमा सामेल हुन्छन्। आफू आइपुगेको देशमा यी आप्रवासीहरुले अर्थतन्त्र र पूर्वाधारमा नयाँ माग तेस्र्याउँछन्, सहिष्णुतालाई कम गर्छन् र राजनीतिक पपुलिज्मलाई अझ बढाउँछन्।

मेरालागि अहिले साँच्चै नै यस विषयमा ख्याल गर्नुपर्ने पक्ष के हो भने इतिहासको कुनै पनि समयमा भन्दा बढी हाम्रो प्रजातिले साथमा काम गर्नुपर्ने आवश्यकता छ। हामी भयंकर वातावरणीय चुनौतीहरुको सामना गरिरहेका छौँः जलवायु परिवर्तन, खाद्य उत्पादन, जनसंख्या वृद्धि, अन्य प्रजाति लोप हुने समस्या, महामारी फैलाउने रोग, समुद्रको अम्लीयकरण।

मानवताको विकासमा हामी सबैभन्दा खतरनाक क्षणमा छौँ भन्ने कुराको स्मारक हुन् यी सबै कुरा। अहिले हामी बाँचिरहेको ग्रहलाई नै ध्वस्त बनाउने प्रविधि हामीसँग छ तर त्यसबाट बच्ने क्षमताको विकास हामीले अहिलेसम्म गरिसकेका छैनौँ। सायद केही सय वर्षमा ताराहरुमा हामीले मानव उपनिवेश निर्माण गर्नेछौँ तर हामीसँग तत्कालका लागि एउटा मात्रै ग्रह छ। र यसलाई संरक्षण गर्नका लागि हामीले साथमा काम गर्न जरुरी छ।

त्यसो गर्नका लागि हामीले राष्ट्रहरु बीचको पर्खाल र अवरोध ठड्याउन होइन, भत्काउन आवश्यक छ। त्यसो गर्ने कुनै एक मौका सिर्जना गर्ने हो भने विश्वका नेताहरुले स्वीकार्न जरुरी छ, उनीहरु असफल भएका छन् र अरु थुप्रैलाई असफल बनाइरहेका छन्।

भएजति स्रोत बढ्दो रुपमा केही मान्छेको हातमा केन्द्रित हुँदै जाँदा हामीले भविष्यमा अहिलेभन्दा बढी साझेदारी गर्न सिक्नुपर्ने हुन्छ।

रोजगारी मात्र होइन पूरै उद्योगहरु गायब भइरहँदा हामीले जनतालाई नयाँ विश्वका लागि फेरि तालिम दिनुपर्छ र सो तालिम लिइरहँदा उनीहरुलाई आर्थिक सहयोग गर्नुपर्छ। समुदाय र अर्थतन्त्रले अहिलेको स्तरको बसाईंसराईंलाई धान्न सक्दैन भने हामीले विश्वव्यापी विकासलाई उत्प्रेरित गर्न अझ बढी योगदान दिनुपर्दछ। बसाईं सरिरहेका दशौँ लाख मानिसहरुलाई आफ्नै घरमा भविष्य खोज्न राजी गराउने एक मात्र उपाय यही हो।

हामी यो गर्न सक्छौँ। आफ्नो प्रजातिका लागि म अत्याधिक आशावादी व्यक्ति हुँ। तर यसका लागि लण्डनदेखि हावार्ड र क्याम्ब्रिजदेखि हलिउडसम्मका साम्भ्रान्तहरुले गत वर्षबाट पाठ सिक्न जरुरी छ। सिक्नु विनम्रताकै एक मापक हो।

( १ डिसेम्बर २०१६ मा ‘द गार्जियन’मा प्रकाशित हकिङको ‘दिस इज द मोस्ट डेन्जरस टाइम फर आवर प्लानेट’ आलेखको भावानुवाद) 

प्रकाशित १८ पुस २०७३, सोमबार | 2017-01-02 18:43:32

प्रतिकृया दिनुहोस

  • चीनले प्रस्ताव गरेको ‘वान बेल्ट वान रोड’ को चित्र

    आर्थिक समृद्धिको घाम ताप्नै नपाई मर्ने?

    साझा चाहना, साझा गन्तव्य र साझा जिम्मेवारी बोकेर साझा समृद्धितिर हिँड्ने क्षेत्रीय र अन्तर्राष्ट्रिय समुदाय निर्माण गर्ने कुरा सजिलो छैन। यो यात्रा...

  • राष्ट्रवादको उल्टो गंगा

    नेपाली राष्ट्रवादीहरुको रवैया पनि भारतीय अतिहिन्दुवादी भन्दा कम छैन। हालैको पृथ्वीजयन्ती र कथित टोपी दिवसमा अभिव्यक्त विचारहरुबाट स्पष्ट हुन्छ।...

  • विदेश जाने नेपालीको मिथ्याङ्क चल्छ, भोट चल्दैन?

    साँच्चिकै ५० लाख नेपाली जनता भोट दिन योग्य छन् र नपाइरहेका हुन् भने त्यो संख्या गत संविधान सभाको चुनावमा नेपाली कांग्रेस, एमाले र माओवादीले पाएको...

  • घुर्मैलो तिब्बतको कायाकल्प

    हामीले घुमेको तिब्बतका स्थानहरु यश, क्षमता र आत्मविश्वास प्रदर्शन गरिरहेका थिए। खासगरी नयाँ संस्कृति निर्माण, ऐतिहासिक ज्ञान व्यवस्थापन, सहरीकरण...

  • नेपालखबरको हङकङ संस्करण सुरु

    छोटो अवधिमै नेपालखबर नेपालीबीच लोकप्रिय अनलाइन पत्रिकाको रुपमा स्थापित भएको छ। आफ्नो घेरा फराकिलो बनाउँदै जाने क्रममा थप संस्करण सुरु गर्ने...

  • 'अमेरिकाको कथा भनेकै प्रगतिको कथा'

    परिवर्तन कहिल्यै सहज र चाँडो हुँदैन। हामी सबै चुनौतीहरुको हल एक कार्यकाल वा एक राष्ट्रपतित्व वा भनौँ एक जीवनमा गर्न सक्दैनौँ। र हामीले हासिल गरेका...

विचार

सुखद शुक्रबार

ब्लग

प्रविधि

रोचक

NepalKhabar Tweets

विशेष

  • ‘केरुङ–काठमाडौ जोडिने चिनियाँ रेल भारतले चाहेर पनि रोकिन्न’

    चीनले अघि सारेको ओबीओआरबाट नेपालले भारतसँग रहेको ६५ प्रतिशत व्यापारमा निर्भरता आगामी १० वर्षपछि सन्तुलनमा आउनसक्ने अनुमान सुनाउँदै छिमेकीका सबल र...

  • मुसहर बस्तीका एक्ला प्लस टु विद्यार्थी मञ्जय सदा

    धुर्मुस–सुन्तलीसँग काँध मिलाउँदै यी मुसहर युवा

    पुस अन्तिम साता महोत्तरी बर्दिबास नगरपालिका वडा नं २ मा रहेको एकीकृत नमुना मुसहर बस्ती शिलान्यासमा एक जना फुर्तिला युवा जोसिँदै मुसहर बस्तीका...

  • यसै साता काठमाडौँ ओर्लंदै छ नयाँ जहाज ‘एमए ६०’

    नेपाली टोलीसँग चीन पुगेका नेपाली क्याप्टेनले उडाएर एमए ६० जहाज ल्याउने तयारी भएको निगम स्रोतले जानकारी दिएको छ। ‘पहिलो चरणमा एमए ६० मात्रै आउँछ,’...

  • दुई पटक अनमेल विवाह दुई पटक अनमेल विवाह गरेका सखी–६ टुनिबोट रोल्पाका ७५ वर्षीय भीमबहादुर खत्री परिवारका साथमा।

    'कसैले पनि अनमेल बिहे नगरोस्, दु:ख मात्र पाइन्छ'

    खत्रीको भनाइ छ “अहिले म ७५ वर्षको भएँ। अब कति बाँचुला र ? कतै म मरे भने बच्चाले त दुःख पाउलान् नै। तर श्रीमती पो के गर्लिन् ? कहाँ जालिन् ? उनको अझ...