चीन–नेपाल सहकार्यमा भारत अझै उदार हुनुपर्छ



भारतले नेपाललाई सँधैभरी आफ्नो आँगन सम्झिनु र चीन–नेपाल सहकार्यमा दबाव दिइरहनु न त यथार्थवादी कदम हुनसक्छ न सँधै त्यसो गरिरहनु सम्भव नै छ।

हालै भारतीय सञ्चारमाध्यमले फेब्रुअरी १० मा नेपालले चीनसँग संयुक्त सैन्य अभ्यास गर्ने समाचार प्रकाशित गरे। सो संयुक्त सैन्य अभ्यास अविश्वसनीय देखिएको भारतीय सञ्चारमाध्यमले बताए। तर हालसम्म नेपाल र चीनका तर्फबाट सो समाचारको आधिकारिक पुष्टि भइसकेको छैन। 

भारतीय सञ्चारमाध्यम चीन–नेपाल संयुक्त सैन्य अभ्यासलाई आंशिक रुपमा नेपालमाथि दबाव दिनका लागि बढाइचढाइ गरिरहेका छन्। दक्षिण एसियाका देशलाई भारतले आफ्नो आँगन सम्झिन्छ। त्यसैकारण ती देशहरुले अन्य क्षेत्रका देशसँग गर्ने सहकार्यतर्फ भारतले निकै ध्यान दिन्छ, खासगरी सुरक्षाको मामिलामा।

चीन–नेपाल सहकार्यप्रति भारतको चासो मुख्यगरी नेपालमा चीनको प्रभाव बढ्छ कि भन्ने चिन्ताका कारण हुनेगर्छ। नेपाल निकै महत्वपूर्ण भौगोलिक अवस्थितिमा छ। हिमालय चीन र नेपालको सीमाना हो। यदि चीनले हिमालय पार गरेर नेपालमा उपस्थिति जनाउने हो भने यसले दक्षिण एसियाली उपमहाद्वीपमा आफ्नो प्रत्यक्ष प्रभाव बिस्तार गर्न सक्छ भन्ने कुरामा भारत विश्वस्त छ। यसले भारत र यसको दक्षिण एसियाली रणनीतिमा ठूलो खतरा उत्पन्न गर्नेछ।

तथापि, चीन र नेपालबीचको द्विपक्षीय सहकार्य आफ्ना राष्ट्रिय स्वार्थहरुको रक्षाका लागि हो र यो कुनै तेस्रो पक्षको विरुद्धमा लक्षित छैन। भारतीय अधिकारीहरु, सञ्चारमाध्यम र प्राज्ञिक वृत्तले दुई देशको सुरक्षा सहकार्यलाई बढाइचढाइ गर्नु हुँदैन। ऐतिहासिक रुपमा आर्थिक, साँस्कृतिक, सुरक्षा र राजनीतिको क्षेत्रमा भारत र नेपालबीच उच्च स्तरको अन्तरनिर्भरता रहेको छ। नेपालमाथि भारतको चरम प्रभावलाई बेवास्ता गर्न सकिन्न।

तथापि भारतले नेपाललाई सँधैभरी आफ्नो आँगन सम्झिनु र चीन–नेपाल सहकार्यमा दबाव दिइरहनु न त यथार्थवादी कदम हुनसक्छ न सँधै त्यसो गरिरहनु सम्भव नै छ। प्रथमतः दक्षिण एसियाको क्षेत्रीय परिस्थिति विकास र क्षेत्रीय एकतासँगै परिवर्तन भइसकेको छ। दक्षिणपूर्वी एसियाली एकता बिस्तारै सुदृढ हुँदै गर्दा दक्षिण एसियाको एकता भने पछाडि परिरहेको छ। दक्षिण एसियामा एकताको माग उच्च छ तर भारत एक्लै एकतालाई प्रवद्र्धन गर्न सक्षम छैन। यो सन्दर्भमा यो क्षेत्रभन्दा बाहिरका राष्ट्रले एकतामा सहयोग गर्ने कुरा अपरिहार्य छ।

यो क्षेत्रका धेरैजसो राष्ट्रहरु विकासशील छन्। आर्थिक विकास र जीवनस्तरमा सुधार ल्याउनु तिनीहरुको मुख्य प्राथमिकता हो। चीनको ‘वान बेल्ट वान रोड’ पहल र उसको आर्थिक विकासले चीनसँगको उनीहरुको सहकार्यलाई प्रोत्साहन दिई यी देशका माग पूरा गर्न सक्छ। त्यसैगरी बहुपक्षीय सहकार्य दक्षिण एसियाकै प्रवृत्ति हो। यस क्षेत्रले ब्रिक्स र सार्कजस्ता सहकार्य संयन्त्र देखिसकेको छ। भविष्यमा दक्षिण एसियाले अझ धेरै सहकार्य संयन्त्रलाई स्वागत गर्नेछ। भारतले पनि यो प्रवृत्तिलाई बुझेर त्यस अनुकूल बन्नुपर्छ।

यदि चीन–नेपाल संयुक्त सैन्य अभ्यास भयो भने त्यसले द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ बनाउने छ। सुरक्षा सहकार्यले आपसी राजनीतिक विश्वासलाई बलियो बनाउन र द्विपक्षीय सहकार्यलाई प्रवद्र्धन गर्न सक्छ। भविष्यमा नेपाल र चीनले सामान्यीकृत र संस्थागत सुरक्षा ढाँचा स्थापित गर्न सक्छन्। त्यसबेलासम्म चीन–नेपाल सम्बन्धले वरिपरिका राष्ट्रहरुका लागि समेत राम्रो उदाहरण कायम गर्न सक्छ। त्यसले दक्षिण एसियाका अन्य राष्ट्रहरुसँग पनि चीनको सहकार्यलाई बढाउँछ।

चीन–नेपाल सहकार्यले एकताको प्रवृत्ति र द्विपक्षीय स्वार्थको कुरालाई पुष्टि गर्छ। भारतका केही मानिस यो सैन्य अभ्यासलाई लिएर निकै संवेदनशील छन् तर द्विपक्षीय सहकार्यले भविष्यमा सुरक्षाको मामिलामा हुने साझेदारीको ढोका खोल्न सक्छ। सुरक्षा सहकार्यको ढोका खोलिसकेपछि द्विपक्षीय सहयोगको मार्ग अझ चौडा हुनेछ। यस्ता सहकार्यको लक्ष्य आफू होइन भन्ने कुरा जब भारतले महसुस गर्छ, आतंकवादजस्ता समस्या समाधानमा सहयोग गर्दै ऊ द्विपक्षीय र त्रिपक्षीय सहकार्यमा अझ बढी सक्रिय हुनेछ।

भारत–नेपाल सम्बन्ध शीतयुद्धको सोचमा सीमित नभई व्यवहारिक दिशातर्फ उन्मुख हुनुपर्छ। यसबीचमा क्षेत्रीय शक्तिका रुपमा भारत दक्षिण एसियाली र त्यसबाहिरका मुलुकहरुसँग सुरक्षा र आर्थिक सहकार्य गर्न अझ खुला हुनुपर्छ। यो भारतको स्वार्थसँग जुध्दैन बरु दक्षिण एसियाको शान्ति र स्थायित्वका लागि यसले सहयोग गर्नेछ।

(सु लिपिङ चाइनिज एकेडेमी अफ सोसल साइन्स अन्तर्गत नेशनल इन्स्टिच्यूट अफ इन्टरनेनल स्ट्राटेजीका दक्षिण पूर्व तथ दक्षिण एसिया मामिला विज्ञ हुन्। चीनको ग्लोवल टाइम्स अँग्रेजी दैनिकमा सोमबार प्रकाशित यो लेख अनलाइन संस्करणबाट भावानुवाद गरिएको हो))

प्रकाशित १२ पुस २०७३, मंगलबार | 2016-12-27 12:28:23

प्रतिकृया दिनुहोस

  • गोर्खाल्याण्ड माग्दै दार्जिलिङका प्रदर्शनकारी

    गोर्खाल्याण्ड चाहिने चार कारण

    तीनतर्फ अन्तर्राष्ट्रिय सीमा (पूर्वमा भुटान, पश्चिममा नेपाल, दक्षिणमा बंगलादेश र उत्तरमा केही पर चीन) रहेको यो संवेदनशील भूगोललाई नाजुक अवस्थामा...

  • हजार वर्षदेखि लडिरहेको छ मधेस

    नान्यदेवको पालादेखि पृथ्वीनारायण शाहको उदय हुनुपूर्वसम्म तिरहुत र नेपाल उपत्यकाबीच संघर्ष चलिरह्यो। यो संघर्षको बीचमा पश्चिमको खस राज्यले नेपाल...

  • सोसल साइन्स वहाका अनुसन्धान पुस्तक सार्वजनिक गरिँदै

    नेपाल-अध्ययनमा 'अन्तर्राष्ट्रिय स्तर' भनेको के हो?

    नेपालमा बेलाबेलामा हुने बहसहरूमा अक्सफोर्डमा यस्तो–यस्तो हुन्छ, हामीले नेपालमा यस्तो गर्न सकेका छैनौं भन्ने खालका बहस सुन्न पाइन्छ। अथवा अक्सफोर्ड,...

  • खेतीमा व्यस्त मधेसी किसान

    तथ्याङ्कमा यस्तो छ तराई–मधेस

    तराईका जिल्लाबाट प्राकृतिक साधन र स्रोतबाट रोयल्टी अन्य जिल्लाभन्दा अपेक्षाकृत कम रहेको छ। जल–सम्पदा जसलाई ‘सेतो सुन’ भनिन्छ। त्यसको स्रोत हिमाली र...

  • स्थानीय निर्वाचन २०७४

    चुनावी घोषणापत्रमा प्रमुख दलका रङ्गीन सपना

    स्थानीय विकासका नाममा रेल कुदाउने सपना बाँड्नु कति उचित हुन्छ? कर्णालीको सिमिकोट गाउँपालिकाले कहाँदेखि कहाँसम्म रेल मार्ग बनाउने? काठमाण्डूमा चालु...

  • प्रदीप गिरी

    सात सालमा कांग्रेसले किन हतियार उठायो?

    चीन स्वाधीन भएको दुई चार महिनामै तिब्बतमा लालसेना आइपुग्यो। लालसेना तिब्बत पुगेको मितिको अघिल्लो दिनसम्म नेपाली कांग्रेसको गतिविधि र लालसेना त्यहाँ...

विचार

सुखद शुक्रबार

ब्लग

प्रविधि

रोचक

NepalKhabar Tweets

विशेष

  • एउटा नेताको इखले जन्माएको चिनियाँ हाइस्पीड रेलको किस्सा

    रेलको सबैभन्दा विलासी डिब्बाको सिट भाडा १७४८ पर्छ जुन विमानको भन्दा करीब ५०० आरएमबीले बढी हो। साडे ५ सय आरएमबीमा सोही स्पीड रेलको साधारण टिकट किन्न...

  • पूर्वसभासद फुदुङ कुटपिटः यस्तो रहेछ खास कारण

    सुनसरीको इटहरी उपमहानगरपालिकाको ४ नम्बर वडामा पूर्वजर्नेल तथा माओवादी केन्द्रका पूर्वसांसद् कुमार फुदुङ कुटिएका छन्। आफ्नै रिसोर्टमा महिला मृत...

  • प्रदेश नम्बर ५ को राजधानी दाङ कि बुटवल? मतदाता झुक्याए नेताले

    एमाले नेता विष्णु पौडेलले त पटक पटक ‘एमालेले बुटवललाई राजधानी बनाउने निर्णय गरिसक्यो, ढुक्क हुनुहोस्’ भनिरहेका छन्। तर सोही पार्टीका अर्का नेता...

  •  गोरखाको प्रोकभ्यालीमा गरिएको गहुँ खेती। यहाँ बर्षदिनमा एक खेतीमात्रै उत्पादन हुन्छ।

    उत्तरी गोरखाका यी भोकमरी-स्थान जहाँ राज्यको लगानी शून्य छ

    उत्पादन भएको अन्नले दुई-तीन महिना मात्रै खान पुग्ने, थप उत्पादन बृद्धि गर्न खेतीयोग्य जमिन पनि नभएको र सदरमुकामलगायत क्षेत्रबाट खाद्यान्न ढुवानी...