कुन अवधारणामा त्रिदेशीय समझदारी?

राणाकाल, पञ्चायत र ज्ञानेन्द्र–कालमा पनि चर्चा भयो तर काम भएन



भारत–चीन र मध्य एसियासँग जोड्न नेपाल एउटा मार्ग हुन सक्छ र त्यसको आर्थिक नाफा नेपालले पाउन सक्छ।

नेपाल, भारत र चीनबीचको त्रिदेशीय समझदारी धेरै पहिलेदेखि उठ्दै आएको विषय हो। यो न कसैले विवाद गर्नुपर्ने विषय हो, न एकदमै नयाँ अवधारणा। अहिले चीनले ‘वान बेल्ट वान रोड’ को नयाँ परियोजना अघि सारेपछि मात्रै नेपालमा यस विषयमा चर्चा भएको होइन। कतिपयले भन्ने गरेजस्तो यो विषय उठाएर प्रधानमन्त्रीले नयाँ केही गरेको भन्न मिल्दैन। प्रधानमन्त्रीको तहबाट कुनै पनि विषयमा प्रस्ताव अघि सार्दा त्यसको प्रष्ट अवधारणा प्रस्तुत गर्नुपर्छ। प्रष्ट भिजनबिना त्रिदेशीय समझदारी भनेर हल्ला गर्नुको औचित्य हुँदैन।

त्रिदेशीय समझदारीको चर्चा राजा ज्ञानेन्द्रको समयमा पनि भएको थियो। शासनसत्ता आफ्नो हातमा लिएका बेलामा ज्ञानेन्द्रले नेपाललाई भारत र चीनबीच ट्रान्जिट मुलुक बनाउनुपर्ने बताएका थिए। पञ्चायतमा पनि यो विषयमा चर्को कुरा उठेको हो। त्यसकारण यो नौलो विषय होइन। यसलाई नयाँ बनाउने हो भने ‘कन्सेप्टलाइज’ गर्न आवश्यक छ। परापूर्वकालमा नेपाल, भारत र चीनबीच त्रिदेशीय समझदारी अर्थात् तीन देशबीच व्यापारको विषय उठेकै हो। परापूर्वकालमै चीन र भारतबीच व्यापारका हिसाबले नेपाल ट्रान्जिट मुलक थियो।

भारतसँग चीनको व्यापारका लागि केरुङ र कुतीसम्म पुग्ने बाटो नेपाल भएर जाने अवधारणा प्राचीनकालमै आएको थियो। भरियाहरूले यही मार्गबाट व्यापार गर्थे। त्यतिबेला यो बाटो हुँदै मध्य एसियासम्म व्यापारका लागि जान भारत (तत्कालीन ब्रिटिस इन्डिया) ले राणा सरकारसँग प्रस्ताव गरेको थियो। ब्रिटिस इन्डिया नेपाल भएर तिब्बत हुँदै चीन जान चाहन्थ्यो र चीनबाट मध्य एसियामा यो रुटबाट व्यापार गर्न चाहन्थ्यो। ब्रिटिस साम्राज्यले भारतजस्तो देशलाई उपनिवेश बनाएको थियो। कतै नेपाललाई पनि उपनिवेश बनाउँछ कि भन्ने शङ्काका कारण राणहरूले यो रुट प्रयोग गर्न सहमति दिएनन्।

नेपाल जुन भौगोलिक अवस्थितिमा छ, त्यसका कारण यो त्रिदेशीय समझदारीको चर्चा परापूर्वकालदेखि चल्दै आएको देखिन्छ। अहिले फेरि यसको चर्चा हुन थालेको छ। तर कुन अवधारणामा टेकेर त्रिदेशीय समझदारी गर्ने भन्ने आधार कसैले अघि सारेको छैन। हामी अहिले हचुवाका भरमा हल्ला मात्रै गरिरहेका छौं। भारत–चीन र मध्य एसियासँग जोड्न नेपाल एउटा मार्ग हुन सक्छ र त्यसको आर्थिक नाफा नेपालले पाउन सक्छ। चीन आर्थिक विकासका दृष्टिले उदीयमान राष्ट्र हो, भारत पनि त्यस्तै छ। यी दुवै देशको विकासबाट हामीले फाइदा लिन सक्छौं भन्ने कुरा स्वाभाविक छ तर त्रिदेशीय समझदारी हामीले कुन अवधारणामा गर्ने भन्ने कुरा मुख्य हो। हामीसँग नयाँ अवधारणा छ भने मात्रै यो कुरा नौलो र लाभदायी हुन सक्छ।

तीन देशलाई जोड्ने हो भने त्यसको अवधारणा सरकारसँग हुनैपर्छ। विगतमा राजाको शासनकालमा जस्तै हल्ला गरेर मात्र काम हुँदैन। पञ्चायतकालमा वा राजा ज्ञानेन्द्रको कार्यकालमा भनिएजस्तो नेपाल ‘ट्रान्जिट’ अर्थतन्त्र मात्र सम्हालेर बस्ने हो वा चीनले भन्दै आएजस्तो अर्थतन्त्रको ‘लिङ्क’ गर्ने हो? अथवा त्यो भन्दा पनि नयाँ कुरा पो हो कि? अहिले त्रिदेशीय समझदारी भनेर हल्ला गर्नेहरूले त्यस्तो कुनै अवधारणा अघि सारेका छैनन्।

त्रिदेशीय समझदारीको मुख्य कुरा ट्रान्सपोर्ट लिङ्क हो। ट्रान्सपोर्ट कनेक्टिभिटी भएपछि मात्रै आर्थिक विकास द्रूत गतिमा गर्न सकिन्छ। अरु सम्भावना र फाइदा त्यसपछि मात्रै जोडिन्छन्। फ्रि इकोनमिक जोन (खुला आर्थिक क्षेत्र) को विकास गर्ने हो भने पनि ट्रान्सपोर्ट कनेक्टिभिटी चाहिन्छ। प्रविधिको विकास, पुँजी निर्माण, लगानी वृद्धि गर्न पनि पहिले ट्रान्सपोर्ट कनेक्टिभिटी चाहिन्छ। यो पहिलो कुरामा धेरैको ध्यान पुगेको देखिन्न।

त्रिदेशीय समझदारीका विभिन्न मोडल हुन सक्छन्। चीन, नेपाल र भारतबीच रोड लिङ्क, रेल लिङ्क र एयर लिङ्क गर्नका लागि सबैभन्दा पहिलो समझदारी आवश्यक छ। व्यापार र लगानीको सम्बन्ध जोड्न पनि सुरुमा ट्रान्सपोट कनेक्टीभिटी चाहिन्छ। रेल मार्ग, हवाइ मार्ग तथा सडक मार्गबीच सम्पर्क स्थापित भएर व्यापार अगाडि बढ्ने भएपछि मात्रै अरु विषय आउने हुन्। तसर्थ मुल कुरा भनेको आर्थिक गतिविधि र लगानी वृद्धि कसरी गर्ने भन्ने हो। यसले मात्र आयका अवसर, रोजगारीका अवसर र विकासका अवसरहरू बढ्न सक्छन्। तर सबैभन्दा पहिले नेपालको अवधारणा प्रष्ट रूपमा आउनु आवश्यक छ, जुन अहिलेसम्म आएको छैन।

प्रकाशित २८ कार्तिक २०७३, आइतबार | 2016-11-13 18:45:53
author photo

डा. रामशरण महत पूर्वअर्थमन्त्री तथा नेपाली काँग्रेसका केन्द्रिय सदस्य हुन्

@ramsmahat


प्रतिकृया दिनुहोस

  • गोर्खाल्याण्ड माग्दै दार्जिलिङका प्रदर्शनकारी

    गोर्खाल्याण्ड चाहिने चार कारण

    तीनतर्फ अन्तर्राष्ट्रिय सीमा (पूर्वमा भुटान, पश्चिममा नेपाल, दक्षिणमा बंगलादेश र उत्तरमा केही पर चीन) रहेको यो संवेदनशील भूगोललाई नाजुक अवस्थामा...

  • हजार वर्षदेखि लडिरहेको छ मधेस

    नान्यदेवको पालादेखि पृथ्वीनारायण शाहको उदय हुनुपूर्वसम्म तिरहुत र नेपाल उपत्यकाबीच संघर्ष चलिरह्यो। यो संघर्षको बीचमा पश्चिमको खस राज्यले नेपाल...

  • सोसल साइन्स वहाका अनुसन्धान पुस्तक सार्वजनिक गरिँदै

    नेपाल-अध्ययनमा 'अन्तर्राष्ट्रिय स्तर' भनेको के हो?

    नेपालमा बेलाबेलामा हुने बहसहरूमा अक्सफोर्डमा यस्तो–यस्तो हुन्छ, हामीले नेपालमा यस्तो गर्न सकेका छैनौं भन्ने खालका बहस सुन्न पाइन्छ। अथवा अक्सफोर्ड,...

  • खेतीमा व्यस्त मधेसी किसान

    तथ्याङ्कमा यस्तो छ तराई–मधेस

    तराईका जिल्लाबाट प्राकृतिक साधन र स्रोतबाट रोयल्टी अन्य जिल्लाभन्दा अपेक्षाकृत कम रहेको छ। जल–सम्पदा जसलाई ‘सेतो सुन’ भनिन्छ। त्यसको स्रोत हिमाली र...

  • स्थानीय निर्वाचन २०७४

    चुनावी घोषणापत्रमा प्रमुख दलका रङ्गीन सपना

    स्थानीय विकासका नाममा रेल कुदाउने सपना बाँड्नु कति उचित हुन्छ? कर्णालीको सिमिकोट गाउँपालिकाले कहाँदेखि कहाँसम्म रेल मार्ग बनाउने? काठमाण्डूमा चालु...

  • प्रदीप गिरी

    सात सालमा कांग्रेसले किन हतियार उठायो?

    चीन स्वाधीन भएको दुई चार महिनामै तिब्बतमा लालसेना आइपुग्यो। लालसेना तिब्बत पुगेको मितिको अघिल्लो दिनसम्म नेपाली कांग्रेसको गतिविधि र लालसेना त्यहाँ...

विचार

सुखद शुक्रबार

ब्लग

प्रविधि

रोचक

NepalKhabar Tweets

विशेष

  • दार्जिलिङमा गोर्खाल्याण्ड माग गर्दै प्रदर्शनकारी

    के हुँदैछ दार्जिलिङमा?

    मात्र ३१५० वर्गकिमी क्षेत्रफल र २० लाखभन्दा कम जनसंख्या भएको दार्जिलिङ उपमहाद्वीपमा एक थोप्लो मात्रै हो। तर यसको रणनीतिक महत्व भौगोलिक अवस्थितिमा...

  • क्रान्तिका तीन उद्गम–थलोमा चुनावी दौड

    हरेक इतिहाससँग तिथिमिति हुन्छन् तर तिथिमिति मात्रै हुँदैनन्। त्यसमा पात्र र भू–क्षेत्रले बनाएको बिम्ब पनि हुन्छ। राजनीतिक दलहरूको इतिहाससँग पनि...

  • खेलराज पाण्डे

    बुटवलको चुनावी खेलमा खेलराजले गोल हान्लान्?

    आसपासका अरू नगरमा पार्टीका जिल्ला सचिव, पूर्वजिल्ला उपसभापति र क्षेत्रीय सभापति मेयरका उम्मेदवार छन्। उनीहरूभन्दा पदीय हिसाबले जुनियर खेलराज पाण्डे...

  • फाइल

    दबाबमा कांग्रेसका शीर्ष नेता, को कहाँ छन् सक्रिय?

    कांग्रेसकी कोषाध्यक्ष सीतादेवी यादव भने काठमाडौंमै आराम गरिरहेकी छिन्। अस्वस्थ रहेकी यादव असार १४ मा हुन लागेको दोस्रो चरणको स्थानीय तह निर्वाचनका...