मोनिका फ्याक्टर



चुनावी परिणामको सरगर्मीले संसार नतात्ने कुरै भएन। संसार बोलिरहेको छ। तर, मोनिका लेवेन्स्की शान्त छिन्। सन् १९९८ को विल र मोनिका प्रकरण भनिरहनुपर्ने कुरै होइन। सम्झाइरहनु पर्ने कुरै होइन। राष्ट्रपतिको कुर्ची हल्लिने गरी आएको त्यो सुनामीलाई रोक्ने एक मात्र पात्र हिलारी क्लिन्टन थिइन्। श्रीमतीको अनुकप्पाले सतहमा विल क्लिन्टन त चोखिए। तर मोनिका? अनि त्यसको बाछिटा नि?

हिलारीलाई धोका दिने क्लिन्टन हुन्। मोनिका त निमित्त मात्र हुन्।

––
एउटा जवान केटीको एक सर्वशक्तिमानसँग ‘नाजायज सम्बन्ध’! संसारको जतिसुकै विकसित देश होस्, त्यसको दोषको फलामे भारी महिलाको काँधले नै धेरै बोक्नु पर्छ। मोनिका अछूतो रहिनन्। क्षणभरमै ‘बदचलन औरत’ भएकी उनी गुमनाम भइन्। सँगै उनको करियर, पीडा र भावना।

एकातिर श्रीमान्को धोका, अर्कोतिर उनले देखाएको उदारता। हिलारीको पोल्टामा सहानुभुति पर्नु स्वभाविक थियो।

विल बिहान आफ्नो परिवारलाई हात हल्लाएर अफिस आँउथे र मोनिकासँग रमाउँथे। विलको यथार्थको हेक्का राख्न मोनिका चुक्थिन्। तुलनात्मक रुपमा धेरै दोषी विल नै हुन्। तैपनि उनी सगर्व सार्वजनिक व्यतित्व बनेर अमेरिकी समाजमा छाइरहे। मोनिका पुरै हराइन्।

२०१५ मा मोनिकाले मुख खोलिन्। सिक्काको अर्को पाटो उजागर भयो। ‘प्राइस अफ सेम’ नामको भिडियोले अमेरिकाको एक तप्कालाई राम्रैसँग प्रभावित गर्यो। मोनिकाले सहेको मानसिक विचलन र त्यसबाट बाहिर आउन उनले गरेको प्रयत्न चर्चाको विषय बन्यो। उनी प्रेरणादायी व्यक्तित्वको रुपमा विभिन्न समारोहमा प्रस्तुत हुँदै गइन्।

अमेरिकी राजनीतिले न त उनको पीडाको हेक्का राख्यो, न पीडाले निकालेको बिजुली शक्तिको। २२ वर्षे केटीले जीवनमा गरेको एक गल्तिवापत् यति धेरै अपमान र सजाय भोगिन् कि त्यसको अनुमान गर्न पनि सकिँदैन। ‘प्राइस अफ सेम’ नामक भिडियोमा उनीप्रतिको एकोहोरो आक्रमणबारे बोल्दै मोनिकाले भनेकी छन्, ‘संसारले यो केटी भित्र दुख्ने मुटु छ भन्ने नै बिर्सियो।’ सन् १९९८ मा मोनिकाले क्षणभरमै आफ्नो जीवनको सम्मानसँगै धेरै थोक गुमाइन । उनले भिडियोमा भनेकी छन्, ‘झन्डै मैले मेरो जीवन नै गुमाएँ।’

महिला भएकै कारण उनको गल्ति महिलाहरुकै लागि पनि लगभग अक्षम्य भयो। यसको मूल्य उनले नराम्रोसँग तिरिन्, लामो समयसम्म एक्लै पीडामा कुँजिएर। आजसम्म पनि हिलारीको समर्र्थनमा दिलोज्यान दिने महिलाहरु पनि विल क्लिन्टन र मोनिका सवालमा विलको दोष बढी देख्न चाहन्नन्।

पितृसत्ताको विरोध नारामा गरे पनि सारमा महिलाले गल्ति गर्न हुन्न, गरे माफी हुन्न भन्ने सोचमा महिला पक्षधरमा पनि परिवर्तन आएको देखिन्न। यो सोचले परोक्षरुपमा विल क्लिन्टन प्रवृत्तिलाई नै सघाइरहेको छ। महिला र पुरुषको यौनिकताको सवालमा व्याप्त फरक मापदण्डलाई नै मलजल गरिरहेको छ।

मोनिकाको १७ वर्षसम्मको मानसिक संघर्षको पाटो खुल्दै जानु र हिलारी राष्ट्रपतिको चुनावमा उमेदवार बन्नु एउटै तराजुका दुई पल्ला बनेको देखियो। समय र संयोग ! मोनिकाबारे मजाक सुनेर र उनका बारेमा र्‍याप गीत सुनेर हुर्किएको पुस्ताले उनको जीवनले चुकाएको मूल्यबारे थाहा पायो। मोनिका विल कान्ड ताजा पार्यो, तर फरक ढंगले। आजको समयसम्म आइपुग्दा एकोहोरो महिला नारालाई पनि वस्तुगत ढंगले नियाल्ने पुस्ताले मोनिकालाई राम्ररी सुन्यो। महिलाको पक्षमा लगाइएका नारा नै पितृसत्ताको पक्षपोषक पनि भइरहेका हुन सक्छन्। यो विचार गर्न सक्ने तार्किक नयाँ पुस्ता तयार भइसकेको छ।

१९९८ र २०१६ सम्म, समय र मान्छेको सोच एकै ठाँउमा बस्ने कुरै भएन। मोनिकालाई सुन्नै नचाहने तर विललाई माफ गर्न सक्ने समाजमा अर्को तप्का तयार थियो। जो लोवेन्स्कीलाई सुन्न र बुझ्न चाहन्थ्यो।

मोनिका पीडालाई नजरअन्दाज गर्दै हिलारीसँग ‘मर्यादा पुरुषोत्तम राम’ छवि देखाइरहेका विल क्लिन्टनलाई देख्दा कयौं अमेरिकीहरुको खुम्चिएको नाक धेरैको हेक्काको विषय बनेन। निर्दोष र स्वयम् पीडित हिलारीको गुड विलको लागि पनि सुषुप्त रुपमा यो कुरा बाधक भएको हुनुपर्छ।

मोनिका विल कान्डदेखि राष्ट्रपतिको उमेदवार हुने बेलासम्म आइपुग्दा हिलारी वफादार श्रीमती मात्र थिइनन्, प्रभाशाली उमेदवार पनि थिइन्। महिला र बालबालिकाको सवालमा धेरै संवेदनशील मानिएकी। मोनिकाको पीडा र शक्ति दुबैसँग जानकार हिलारी यो सवालमा मुख नखोल्न विवश थिइन्। यसको प्रत्यक्ष, परोक्ष फाइदा ट्रम्पलाई पर्न सक्ने उनको अनुमान गलत पनि होइन।

हिलारीलाई विल क्ल्न्टिनकी श्रीमतीको रुपमा होइन भावी राष्ट्रपति र नेताको रुपमा नियालिरहेको अमेरिकी जनताका लागि मोनिका हिलारी सम्बन्ध चाखिलो थियो। व्यङ्ग्य गर्ने र दुबै महिलाप्रति सहानुभूतिको भाव राख्ने तप्काले यो कुरा नियालिरहेको थियो। चुनावी अभियानका बेला मोनिका सवालमा हिलारी चुप रहिन्। अमेरिकी चुनावी सवालमा मोनिका चुप रहिन्। मोनिका सवाललाई छुँदा पनि नछुँदा पनि हिलारीको पोल्टामा घाटा नै पर्यो। उनी लिडर भएर मोनिकाको पीडाको सम्बोधन गरुन् र उनको प्रभावको पनि प्रयोग गरुन् भन्ने सूक्ष्म चाहना लोवेन्स्किी समर्र्थकहरुमा भएको हुन सक्छ।

१९९८ मा सहानुभूतिको एकल हकदार बनेकी हिलारी २०१६ सम्म आइपुग्दा त्यो पनि बाँडिएको थियो। सिक्काको अर्को पाटो उजागर भएपछि मोनिकाको पोल्टामा सहानुभूति र समर्थन दुबै वर्षिदै गएको थियो। दशकौँसम्म मोनिकाले सहेको सार्वजिक अपमान र असह्य जीवनको बारेमा सत्य उजागर भएपछि सहानुभूति बाँडिनु स्वभाविक भयो।

वर्तमानमा बढ्दो मोनिका प्रभाव उनका ट्विटर फलोअर्स हेरेर पनि थाहा हुन्छ।उनको ठाँउमा अरु कोही पनि निमित्त बनेर आउन सक्थ्यो। सम्बन्धको एकोहोरो व्याख्यासँग बद्लिदो चेत हिलारीले हेक्का राखेको भए! महिला वा श्रीमतीको दायरा फराकिलो पारेर नेताको रुपमा मोनिकालाई पनि सम्बोधन गरेको भए! यो एउटा अनुमान मात्र हो।

राजनीतिक पार्टी, तीनका योजना र नीतिमा मात्र होइन परम्परागत सोचमा पनि अहिलेको अमेरिकी समाजले क्रमभङ्गता खोजेको हुन सक्छ। हिलारीले हार्नुमा लामा लामा राजनीतिक आर्थिक व्याख्याहरुको लाइनमा मोनिका फ्याक्टर पनि लुकेको हुन सक्छ।

हिलारीको जीतले संसारभरका महिलामा बढ्ने तेज र आत्मविश्वासको आँकलन गर्न सकिन्छ। संकीर्ण र असहिष्णु ट्रम्पलाई स्विकार्नु पर्ने अर्को तीतो यथार्थ। महिला भएकैले उनले जित्नु पथ्र्यो यो होइन। उनी सक्षम उमेदवार हुन् र बहुलवादको पक्षधर। पितृसत्तात्मक प्रभुत्वलाई धक्का दिने हिलारीको जीत मोनिकालगायत सबै महिलाको जीत हुने थियो।

तर जीतमात्र उपलब्धी होइन। हिलारीले आत्मविश्वास र संसारभर परिवर्तनको जुन तरङ्ग सञ्चार गरिन्, त्यो चाहिँ महत्वपूर्ण हो।

प्रकाशित २५ कार्तिक २०७३, बिहिबार | 2016-11-10 14:17:11

प्रतिकृया दिनुहोस

  • पेन्टिङः लियोनिद आफ्टरमुभ

    सपिङ सेलिब्रेसन

    हालसालैको घटना हो। एउटा सपिङ सेन्टरको बाटो भएर पैदल हिँड्दै थिएँ। भर्खरै खरिद गरेका थुप्रै सामान सम्हाल्न खोज्दै एउटा जोडी सडकपेटीतिर आउँदै गरेको...

  • अर्थ मन्त्रालय

    सरकार बनाउँछन् पार्टीले तर बजेट कर्मचारीले

    नेपालमा धेरैपटक राजनीतिक परिवर्तन भइसक्यो। पञ्चायत ढल्यो, राजतन्त्रै ढल्यो, बहुदलीय व्यवस्था पनि बदलियो। तर हाम्रो आर्थिक नीति र आर्थिक कार्यक्रम...

  • चिनियाँ बुलेट ट्रेन

    चिनियाँ रेलागमनको भूराजनीतिक अर्थ

    यो चीनतिर हेरेर मात्रै कल्पनामा रमाउने विषय पनि होइन, त्यसका लागि नेपालले आफ्नोतिर अर्थात् केरुङ–काठमाडौं—पोखरा–लुम्बिनीसम्म रेल जोड्ने आन्तरिक...

  • भारतमा भएको प्रति-आतंकवादसम्बन्धि सम्मेलनमा सहभागी हुँदै नयाँ शक्ति नेपालका संयोजक तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई

    जनयुद्ध लम्बिएको भए भारत-चीन पनि सङ्घर्षमा तानिन्थे

    उचित समयमै माओवादी जनयुद्धको बुलेटबाट व्यालेटमा रूपान्तरणको अर्को महत्वपूर्ण पक्ष नेपालको भारत र चीन जस्ता दुई भीमकाय छिमेकीको बीचमा रहेको...

  • नेपाल राष्ट्र बैंक

    फेरिएको राजनीति, नफेरिएको वित्तीय नीति

    अहिले संविधानले हामीलाई के के भनिरहेको छ? समाजवाद उन्मुख अर्थतन्त्र निर्माण गर्ने भनेको छ, मौलिक अधिकारहरूमा खाद्यान्नमाथिको अधिकारदेखि रोजगारीको...

  • ओबिओआरको प्रस्तावित सडक तथा समुन्द्री मार्ग सञ्जाल नक्शा

    ओबीओआरः जसले शक्ति सार्दैछ एशियातिर

    पश्चिमा जगतले अब आफ्नो परम्परागत हैकम र औपनिवेशिक मानसिकताबाट हटी एउटा सहअस्तित्वको भावना बोकी पूर्वीय सभ्यता र संस्कृतिसँग हातेमालो नगरी सुखै छैन।...

 

सुखद शुक्रबार

ब्लग

प्रविधि

रोचक

NepalKhabar Tweets

विशेष

  • बाहिरी चक्रपथको स्केच नमूना

    बाहिरी चक्रपथको चक्कर

    बाहिरी चक्रपथको विस्तृत आयोजना प्रतिवेदन (डिपीआर) यो महिनाभर मन्त्रिपरिषदमा लगिने भइएको छ। यसका लागि शहरी विकास मन्त्रालयले गृहकार्य गरिरहेको छ।...

  • दुई चरणमा निर्वाचन गर्ने सहमति, मोर्चाले आन्दोलन फिर्ता लिने

    सत्तारुढ दल र आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबीच शुक्रबारदेखि भइरहेको वार्ता अन्ततः सहमतिमा गएर टुंगिएको छ। शनिबार प्रधानमन्त्री...

  • लगानी बोर्डको कार्यालय

    ३० नयाँ परियोजनाको सम्भाव्यता अध्ययन सुरु

    लगानी बोर्डले ३० वटा नयाँ परियोनाको अध्ययन सुरु गरेको छ। पूर्वाधार, उद्योग, कृषिक्षेत्र, सूचना प्रविधिलगायत ३० वटा परियोजनाको अध्ययन सुरु गरेको...