ओम पुरीको अभिनय-यात्राः कलेजको नाट्य टोलीदेखि विश्वमञ्चसम्म


ओम पुरी
ओम पुरी

अग्लो कद, गोरो छाला, सफाचट मुहार, लामा कपाल र चिल्लो छालाका आधारमा मात्रै कलाकारको मापदण्ड हुन्थ्यो भने सायद ओम पुरीलाई हामी चिन्ने नै थिएनौँ। किनकी ओम पुरी हेर्दा ‘हिरो’ देखिँदैन थिए।

विफरका कारण ६ जना सन्तान गुमाइसकेका उनका अभिभावकले ओमलाई पनि झन्डै–झन्डै जोगाएका थिए। मोटो नाक, खत बसेको अनुहार भएका ओमलाई समेत सानोमा अभिनयमा लाग्छु भन्ने थिएन।

सन् १९५० अक्टुबर १८ मा पञ्जाबको अम्बालामा जन्मेका ओम पुरी सानोमा बुबाजस्तै सैनिक पेसा रोज्न चाहन्थे। उनका बुबा ब्रिटिस इन्डियन आर्मीमा थिए जसले दोस्रो विश्वयुद्धपछि रेलवेमा काम गरे। बुबाकै प्रभावका कारण ओममा रेलवे चालकको पेसामा लाग्न चाहन्थे।

उनको भविष्य रङ्गमञ्च र सिनेमा रहेछ। स्कुल पढ्दा दुई चार नाटकमा खेलेको अनुभव थियो। त्यो अनुभवले उनलाई कलेजको नाटक समूहसँग पनि नजिक बनायो। एक पटक कलेजभित्रै भएको युथ फेस्टिभलमा हरपाल तिवाना जज थिए।

उनले ओमको अभिनय क्षमता देखेर आफ्नो नाटक समूह पञ्जाब नाट्य कला मञ्चमा आबद्ध हुने प्रस्ताव गरे। त्यो अर्ध व्यवसायिक नाटक कम्पनी थियो। आय आर्जनका लागि दिनभर कलेजकै ल्याबमा काम गर्ने ओमले उनको प्रस्ताव सुरुमा अस्वीकार गरे। ल्याबबाट मासिक १ सय २५ कमाउने ओमलाई तिवानाले १५० दिने भएपछि बल्ल उनी ढुक्क भए। नाटक पनि खेल्ने, कमाइ पनि हुने भएपछि ओम निर्धक्क भई नाटकमा होमिए। उनले आफ्नै नाटक समूह ‘मजमा’ पनि बनाएका थिए।

अभिनयमा निखार ल्याउन उनले यसै विषयमा अध्ययन गर्ने सोच बनाएपछि उनी फिल्म एन्ड टेलिभिजन इन्स्टिच्युट अफ इन्डिया, पुनेका (एफटिटिआई) विद्यार्थी बने। त्यहाँ ग्राजुएसन सकाएसपछि उनी दिल्लीको नेसनल स्कुल अफ ड्रामा(एनएसडी)को विद्यार्थी बने। यी दुबै संस्था भारतकै उत्कृष्ट कलाकारहरु उत्पादन गर्ने संस्था हुन्। ओमले कलाकार नसरुद्दिन शाहलाई दिल्लीमै भेटेका हुन्। उनीहरुले पछि धेरै नाटक र उत्कृष्ट फिल्ममा काम गरे।

राष्ट्रिय र अन्तर्राष्ट्रिय गरी करिब २ सयभन्दा बढी फिल्ममा अभिनय गरेका उनको पहिलो फिल्म थियो, घासीराम कोतवाल। सन् १९७६ मा बनेको यो मराठी नाटकमा आधारित फिल्म थियो। त्यसपछि उनका गोधूलि, भूमिका, भूख, सायदजस्ता फिल्महरु सार्वजनिक भए।

सफलताका लागि उनले १९८० सम्म कुर्नुपर्यो। यसै वर्ष सार्वजनिक ‘आक्रोश’ उनको पहिलो सफल फिल्म बन्यो। यसमा निभाएको भूमिकाका लागि उनले उत्कृष्ट सहायक अभिनेताको फिल्म फेयर पाएपछि उनलाई भकाभक फिल्मका प्रस्ताव आउन थाले।

प्रसिद्ध भारतीय अभिनेता ओम पुरी

प्रसिद्ध भारतीय अभिनेता ओम पुरी

त्यसको तीन वर्षपछि आएको अर्धसत्य (१९८३) मा युवा, जुझारु र विद्रोही इन्सपेक्टरको भूमिकाबाट पुनः चर्चा पाए। सो फिल्मका लागि उनले राष्ट्रिय पुरस्कारसमेत जितेका थिए।
ओमको कला क्षेत्रमा आगमनताका भारतको कला क्षेत्रमा समानान्तर आन्दोलन (न्यू वेभ मुभमेन्ट)का लहर चल्दै थियो। रङमञ्च र सिनेमाका पुराना परम्परागत मूल्य र सीमा भत्काउन चाहने कलाकारको प्रभाव बढेको थियो। सौन्दर्यका मानक फेरिँदो थियो। ग्रामीण गरिबीको चित्र, कर्मचारीतन्त्रको कमजोरी, बेरोजगारी र युवापुस्ताको विद्रोह र निराशालाई फरक ढङ्गले उठाउन थालिएको थियो।

श्याम बेनेगल, गोविन्द निहलानी, गुलजार, ऋतिक घटक जस्ता निर्देशक एकातिर थिए भने ओम पुरी, सबाना आजमी, स्मिता पाटेल, नसरुद्दिन शाह जस्ता कलाकारहरु अभिनयतर्फ अगाडि आए।

असीको दशकको अन्ततिरदेखि उनी व्यसायिक फिल्मतिर पनि सक्रिय भए। नब्बेको दशक आइपुग्दा उनी टेलिभिजनमा पनि सक्रिय भए। उनको कक्काजी कहिन को उनको हास्य भूमिका निकै लोकप्रिय भयो।

स्पर्श, कलयुग, अल्बर्ट पिंटोको गुस्सा क्यों आता है, गान्धी, मिर्च मसाला, मंडी, द्रोहकाल, माचिस, कर्मयोद्धा, विजेता, जाने भि दो यारो, तमश, आस्था, चाची ४२० आदि उनका प्रमुख फिल्म हुन्।

उनले ४ दशकको यात्रामा सहायक र मुख्य, सकारात्मक र नकारात्मक, हास्यप्रधान र गम्भीर सबै खालका किरदार निभाएका छन्। हास्यप्रधान टेलिसिरियलदेखि समाज बदल्न सपना देख्ने विद्रोही आम मान्छेको चरित्र समेत निभाएका छन्।

नसिरुद्दीन शाह उनका नजिकका मित्र थिए, जसले ओमलाई पढाइदेखि आर्थिक रुपमा समेत सहयोग गरे। उनै नसिरुद्दीन र स्मिता पाटिल जस्ता प्रतिभाशाली कलाकारसँग उनले भवनी भवई, अर्धसत्य, धारावी, मिर्च मसालाजस्ता यादगार फिल्महरु काम गरेका छन्।

अभिनय र कलाको वास्तविक पाठशाला मान्छेको जीवन नै हो भन्ने ओम अभिनयमा प्राण भर्न विशेष मिहिनेत गर्थे। अर्धसत्यको भूमिकाका लागि लागि प्रहरी चौकी धाएर अवलोकन गर्थे। त्यस्तै, उनले ‘सिटी अफ ज्वोय’का लागि स्टुडियोमा नभएर सडकमै रिक्सा चलाउने अभ्यास गरेका थिए।

उनको दमदार आवाज, बौद्धिक व्यक्तित्व र पात्रमै छिर्ने जीवन्त अभिनयका कारण उनले हलिउड र युरोपका नाम चलेका निर्देशक र कलाकारका साथमा दुई दर्जनभन्दा बढी काम गरे। पञ्जाबी परिवारबाट आएका ओम अंग्रेजीमा कमजोर भएकै कारण कुनै बेला कलेजको पढाइबाट भाग्न खोजेका थिए। पछि उनैले एक से एक दमदार अंग्रेजी फिल्म खेलेर अन्तर्राष्ट्रिय स्तरमै ख्याती कमाए।

इस्ट इज इस्ट, माइ सन द फैनेटिक, सिटी अफ ज्वोय, वोल्फ, द घोस्ट एन्ड डार्कनेस, चार्ली विल्सन वार उनका प्रमुख विदेशी फिल्म हुन्। चार्ली विल्सन वारमा उनले पाकिस्तानका राष्ट्रपति जिया उल हकको भूमिका निभाएका थिए।

भौतिक दुनियामा नरहे पनि कलात्मक र व्यवसायिक दुबै खाले सिनेमामा उत्तिकै दमदार अभिनय गरेका कलाकार ओम पुरी पर्दाभित्र विभिन्न पात्रका रुपमा बाँचिरहनेछन्।

प्रकाशित २२ पुस २०७३, शुक्रबार | 2017-01-06 16:22:29

प्रतिकृया दिनुहोस

  • मर्दीको मनमौजी

    बादल डाँडादेखि हाइ क्याम्पसम्मको बाटो मेरो लागि यात्राकै सबैभन्दा रोमाञ्चक बन्यो। मनै सिरिंग हुने भिरालोमा हिँड्दा लागिरहेको थियो, बाटोले...

  • चिनियाँ ग्रिन‍कार्ड देखाउँदै प्रधानमन्त्री लि खछियाङ

    नेपालीका लागि गाह्रो छ, चिनियाँ ग्रिनकार्ड

    झण्डै ३० वर्षदेखि तिब्बतमा हस्तकला व्यवसाय गर्दै आएका रत्नकुमार तुलाधर होउन् वा ६० वर्षदेखि बसोबास गर्दै आएका किन्चोक दर्जी होउन्, झण्डै ११८ जना...

  • साहित्यकार अभि सुवेदी

    ‘नारायणगोपालका रद्दी गीत सुनेर पनि म आनन्द लिन्छु’

    अभि सुवेदी त्रिविका सेवानिवृत्त प्राध्यापक, साहित्यकार, समालोचक तथा सङ्गीत–चिन्तक समेत हुन्। उनले नेपाली रङ्गक्षेत्र र सङ्गीतबारे पनि थुप्रै लेखहरु...

  • कवि कुन्ता शर्मा

    पोथी बास्नु हुँदैन

    मार्च २१ लाई संसारभरि विश्व कविता दिवसका रुपमा मनाउने गरिएको छ। विश्व कविता दिवसकै अवसरमा नेपालमा पनि विभिन्न कार्यक्रमहरु गरियो। मार्च महिना महिला...

  • मायामा कुपोषण

    मेरो परम मित्र विरहीको पनि उही ताल। मायामा छक्का हान्न एक रन मात्र बाँकी छ। यसपालीको रनले त मायाको म्याच नै जित्छु भन्ने उसलाई लाइराछ। दुइवटा त...

  • तौल घटाउने तीन सजिलो तरिका

    तौल घटाउन नसकेर धेरै मानिस चिन्तित देखिन्छन्। स्वस्थ रहनका लागि उचित तौल मुख्य शर्त हो। तर धेरैलाई तौल घटाउन के गर्ने भन्ने थाहा हुँदैन। तौल घटाउने...

 

 

विचार

सुखद शुक्रबार

ब्लग

प्रविधि

रोचक

NepalKhabar Tweets

विशेष

  • काँग्रेसमा केन्द्रीय कार्यसम्पादन समिति गठन

    नेपाली काँग्रेसले महाधिवेशन भएको एक वर्षपछि ‘केन्द्रीय कार्यसम्पादन समिति’ गठन गरेको छ। आइतबार पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु भएको...

  • चीनसँगको कनेक्टिभिटी नेपालको पहिलो प्राथमिकताः प्रधानमन्त्री दाहाल

    नेपाल भएर दक्षिण एशियासँग जोडिंदा चीनलाई बढी लाभ हुने बताउँदै दाहालले यो क्षेत्रको विकासको लागि सबैभन्दा सुनौलो अवसर भएको टिप्पणी गरे।...

  • साडी, स्वीटर र ब्लाउजमा बुट्टा भर्ने तथा कढाइ गर्ने सीप सिकिरहेका एकल जीवन बिताउँदै आएका रोल्पाका महिला

    सीप सिकेर जीवन बदल्ने प्रयास गर्दैछन् रोल्पाका यी एकल महिला

    उमेर नपुग्दै विवाह गर्ने चलन रोल्पामा अझै घटेको छैन। सानै उमेरमा विवाह गर्ने अनि उमेर छिपिँदै गएपछि पारिवारिक समस्या देखाएर सम्बन्ध विच्छेद...

  • परासर आश्रमतनहुँको सेती र मादी नदीको किनारमा अवस्थित परासर आश्रम

    पर्यटकीय स्थलमा बदलिँदै छ व्यास क्षेत्र

    पर्याप्त सम्भावना रहेर पनि प्रचारप्रसार एवम् पूर्वाधार विकासका दृष्टिले ओझेलमा परेको यस क्षेत्रलाई व्यास क्षेत्र विकास कोष तनहुँको सकृयतामा करिब २७...